Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

फागुन १० गतेपछि संस्थापनबाट सभापतिका उम्मेदवार यी हुदैछन्

\"Sherकाठमाडौं । कांग्रेसको नेतृत्वका लागि बरिष्ठ नेता शेरवहादुर देउवा चुनावी मैदानमा भिडिरहेका बेला संस्थापन पक्षले भने सभापतिको उम्मदेवारी अघि सार्नसम्म सकेको छैन् । आजको कान्तिपुर दैनिकमा खबर छ–संस्थापन पक्षले नेतृत्वका आकांक्षीहरुबीच सहमति गराउन नसक्दा उम्मेदवार अघि सार्न नसकिएको हो । महाराजगन्जस्थित सशांक कोइराला निवासमा बुधबार बसेको बैठकमा समेत कार्यबाहक सभापति रामचन्द्र पौडेलको नाममा सर्वसम्मत गराउने प्रयास सफल हुन सकेन । महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौंलाले आ(आफ्नो दावी दोहोर्‍याएपछि संस्थापन पक्षमा उम्मेदवार तय गर्न ढिलाई भएको हो । तत्कालिन पार्टी सभापति सुशील कोइरालाको निधन भएको १३ औं दिनसम्म औपचारिक घोषणा नगर्ने भनिएपनि अनौपचारिक सहमति जुटाउन बारम्बारका प्रयास असफल भएपछि संस्थापन पक्षका नेता तथा कार्यकर्ताहरु माझ निराशा छाएको छ । उनीहले अनौपचारिक तवरमा भएपनि तत्काल सभापतिको उम्मेदवार अघि सार्न नेतृत्वलाई दबाव दिदै आएका छन् । स्रोतका अनुसार सिटौलाको तुलनामा सिंह सहमतिका लागि लचक देखिएका छन् । उनको दोस्रो विकल्प उपसभापतिमा देखिन्छ । स्रोतका अनुसार उपसभापति पाउने पक्का भएमा सिंहले आफ्नो दावी छाड्न सक्ने संकेत देखाएका छन् । ‘मिल्ने हो भने कसरी मिल्ने रु सवैको आकांक्षालाई कसरी समन्वय र सुरक्षित बनाउने ? सिंहको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,‘सहमतिका लागि सवैको आकांक्षालाई सम्वोधन हुने प्रस्ताव आउनुपर्‍यो ।’ पौडेलले आंकाक्षीहरुलाई कहाँ९कहाँ व्यवस्थापन गर्ने भन्नेबार कुनै प्रस्ताव ल्याउन सकेका छैनन् । पार्टीमा उपसभापति, दुई महामन्त्री, एकरएक सहमहामन्त्री र कोषाध्यक्ष पदाधिकारीको पद छ । उपसभापति र महामन्त्रीका आंकाक्षीहरु धेरै भएकाले पनि पौडेललाई सबैलाई समायोजन र व्यवस्थापन गर्न कठिनाई परिरहेको छ । सिंहले आफ्नो दावी कायमै रहेको बताए । ‘सहमति भईसकेको छैन’ उनले भने,‘हामी छलफलकै क्रममा छौं ।’ महाराजगन्जमा चार घण्टा भन्दा लामो भएको छलफलमा सिंहले आफूलाई सभापति र सशांकलाई महामन्त्रीकै रुपमा अघि बढाउँदा राम्रो सन्देश जाने भनाई भने दोहोर्‍याएका थिए । सिटौलाले भने आफ्नो स्थिती बलियो रहेको दावी गर्दै गिरिजाप्रसाद र सुशील कोइरालाको उत्तराधिकारीको रुपमा आफू अघि बढेको बताउँदै आएका छन् । गिरिजाप्रसाद र सुशील कोइरालाको विचारलाई प्रतिनिधित्व गर्ने र कार्यकर्ताहरुलाई संरक्षण दिने काम आफूले गर्दै आएको उनको तर्क छ । देशभरको स्थिति आफ्नो पक्षमा रहेको दावी समेत गरेका थिए । ‘अहिले सम्म सवैको आ(आफ्नो दावी कायमै छ’ उनले भने,‘१० गतेसम्म शोककै घडिमा हामीहरु छौ । त्यहाँसम्म जिल्ला(जिल्लाको निर्वाचनको परिणाम पनि आउँछ । कसको के स्थिती हुन्छ त्यसपछि आफूलाई आत्मसमिक्षा र मूल्याकंन गरेर अघि बढ्नुपर्छ ।’ सिटौला पुनस् महामन्त्री भने नहुने बताउँदै आएका छन् । उनको भित्री चाहना सभापतिको उम्मेदवारी छाडा संसदीय दलको नेताको उम्मेदवारमा आफूलाई सहमति गर्नुपर्ने भन्ने छ । कोइरालाको निधनसंगै संसदीय दलको नेता खाली छ । महाधिवेशनलगतै दलको नेताको पनि निर्वाचन गर्नुपर्ने हुन्छ । ‘दलको नेतामा उम्मेदवार बनाउने सहमति जुटेमा सिटौंला उम्मेदवार नहुनपनि सक्नुहुन्छ’ संस्थापन पक्षकै एक केन्द्रीय सदस्यले भने । तर, सिटौलालाई संसदीय दलको नेताको उम्मेदवार बनाउन स्यंम पौडेल तयार छैनन् । दलको नेतानै प्रधानमन्त्री बन्ने संभावना बलियो हुने भएकाले सिटौलालाई दलको नेता दिने पक्षमा पौडेल, महामन्त्री सिंह र केन्द्रीय सदस्य रामशण महतलगायत तयार छैनन् । महतले नेतृत्वका लागि दावी गरेपनि सहमतिका लागि महामन्त्रीमा प्रतिस्पर्धा गर्ने चाहना राखेका छन् । महतले समग्रमा सहमति जुटेमा आफू संझौता गर्न तयार रहेको बताएका थिए । सुशीलको १३ औं दिन फागुन ९ मा भएकाले १० गते अनौपचारिक भएपनि उम्मेदवारी अघि सार्ने कसरतमा संस्थापन पक्ष छ । संस्थापन पक्षभित्र उम्मेदवारीमा सकस चलीरहेका बेला देउवा पक्ष भने आफ्ना मतदाताहरुलाई संरक्षण गर्ने र संस्थापन पक्षका मतदाताहरुलाई आफूतर्फ आकर्षित गर्न रणनीतिमा अघि बढेको छ । देउवा पक्षमा रहेका कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रवहादुर कार्कीले जिल्लाको परिणाम जस्तो आएपनि क्षेत्रीय अधिवेशनबाट आउने महाधिवेशन प्रतिनिधिहरुमा आफूहरुको समूह बलियो रहेको बताए । ‘पार्टी एकिकरणका बेला गिरिजाप्रसादपछिको नेतृत्वमा शेरवहादुर देउवा रहेको र पार्टीमा पनि आँट र क्षमता भएको नेतृत्वको खोजी भईरहेका कारण यसपटक देउवाको अवस्था बलियो देखिन्छ’ कार्कीले भने । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला संस्थापन पक्षलाई एउटै मात्रै उम्मेदवार बनाउनु मात्रै चूनौति रहेको बताए । ‘एउटामात्रै उम्मेदवार बनाउन सक्यौं संस्थापन पक्षले नेतृत्व लिन सक्ने अवस्था विद्यमान छ’ उनले भने,‘तर एउटै उम्मेदवार दिन सकेनौ भने स्थिती खराव हुनसक्छ ।’ उनी फागुन १० लगतै सर्वसंम्मतीमा उम्मेदवार अघि सार्नुपर्ने बताए । आफ्नो बारेमा भने उनले अहिल्यै सार्वजनिक नगर्ने बताए । ‘मेरो बारेमा नेताहरुले के निर्णय गर्नुहुन्छ, त्यसपछि म निर्णय लिन्छु’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending