Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

कांग्रेसको रणसंग्राममा देउवा र पौडेलकाे दौड यस्तो छ

\"Deuba-Paudel\"काठमाडौं । कांग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवा र कार्यबाहक सभापति रामचन्द्र पौडेलले अनौपचारिक रुपमा विहिबार सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । कान्तिपुरमा खबर छ– देउवाले बुढानिलकण्ठस्थित आफ्नै निवासमा र पौडेलले अनामनगरस्थित सम्पर्क कार्यालयबाट उम्मेदवारी घोषणा गरेका हुन् । दुवै नेताले औपचारिक घोषणा भने पछि हुने बताए । देउवाले उम्मेदवारीसहित आफ्नो अभियान घोषणा गरेको जानकारी पाएपछि पौडेलले पनि पत्रकार भेटघाट आयोजना गरी त्यस्तै जानकारी गराएका थिए । देउवाको कार्यक्रम भन्दा ५ घण्टापछि आयोजित पत्रकार भेटघाटमा पौडेलले औपचारिक घोषणा पछि हुने भन्दै आफ्नो उम्मेदवारीको औचित्वबारे संचारकर्मीलाई जानकारी गराएका थिए । उम्मेदवारीका कारणबारे दुबैले दिएका तर्क र धारणा करिव समान छन् । दुवै नेताले संचारकर्मीलाई अनौपचारिक भेटघाट भन्दै बोलाएका थिए । तत्कालिन पार्टी सभापति सुशील कोइरालाको निधन भएको १३ औं दिनसम्म कुनैपनि औपचारिक कार्यक्रम नगर्ने पार्टी निर्णय अनुसार दुवै पक्षले भेटघाटलाई अनौपचारिक रुपमा लिन आग्रह गर्दै आफ्ना धारणा राखेका थिए । देउवाले पार्टी नेतृत्वमा सहमति कायम गर्न कार्यबाहक सभापति रामचन्द्र पौडेललाई प्रधानमन्त्रीमा सहयोग गर्ने प्रस्ताव गरेको बताए । ‘म पार्टी सभापति र रामचन्द्रजी प्रधानमन्त्रीमा बस्दा पार्टी एकताको सन्देश पनि जान्छ र पार्टी एकढिक्का पनि हुन्छ’ संचारकर्मीमाझ देउवाले भने, ‘सहमतिकै लागि रामचन्द्रजीलाई प्रधानमन्त्रीमा सहयोग गर्न म चाहन्छु ।’ ठिक उस्तै शैलीमा पौडेलले पनि आफ्नो क्रियाशीलता पार्टीमै आवश्यक रहेको बताए । उनले भने, ‘बरु देउवाजीले नै प्रधानमन्त्री या राष्ट्रपतिमा बसेर मलाई सहयोग गर्नुहोस्, त्यसरी पनि सहमति हुन सक्छ ।’ पौडेलले प्रधानमन्त्रीको लोभ लालचमा आफू नफस्ने बताए । पार्टीको १३ औं महाधिवेशन नजिकिदै गर्दा दुवै नेताले आ आफ्नो उम्मेदवारीको औचित्व पुष्टी गर्ने प्रयास थालेका छन्। देउवाले पार्टीलाई एक बनाउने र अहिलेका राष्ट्रिय मुद्दालाई सम्वोधन गर्ने प्राथमिकताकासाथ आफू सभापति हुन चाहेको धारणा राखेका थिए । ‘हिजो को कहॉ थियो भन्ने आधारमा होइन, योग्य, क्षमतावान सवै साथीहरुलाई म समेटेर अघि बढ्छु । कसैलाई काखा र पाखा गर्दिन’ पार्टी एक बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताउदै देउवाले भने,‘हिजोजस्तो पार्टीलाई अनिर्णयको बन्दी हुन म दिन्न, समयमा निर्णय गर्न नसक्दा सरकारबाट मनोनित हुने सांसद गुमाउन पुग्यौ, भूकम्पले पुर्‍याएको क्षतीको पुर्ननिर्माण गर्ने प्राधिकरणका सिईयो गुमाउन पुग्यौ ।’ पौडेलले पनि योग्य र क्षमतावानालाई ठाउँ दिएर पार्टीभित्र मौलाएको भागबण्डाको अन्त्य गर्ने आफ्नो मुख्य योजना रहेको बताए । विगतमा आफ्नो मध्यमार्गी भूमिकाका कारण दुवै पक्षका नेता तथा कार्यकर्ताका लागि आफू सहज हुने तर्क उनको थियो । ‘अहिलेको मुख्य आवश्यकता नै एकताको छ । पार्टीमा भएको भागबण्डा अन्त्य गरी एक बनाउन मेरो हस्तक्षेपकारी भूमिका हुनेछ’ पौडेलले भने । संविधान निर्माणको नेतृत्व कांग्रेसले गरेको र त्यसलाई कार्यन्वयन गर्ने दिशामा पनि कांग्रेसकै नेतृत्व आवश्यक रहेको ठम्याई देउवा र पौडेल दुवैको थियो । सरकार बाहिर रहेरपनि सविधान कार्यन्वयनको नेतृत्व दिन सक्ने सवल र सक्षम पार्टी बनाउने अठोट दुवै नेताले राखे । आवश्यक परेमा सरकारको नेतृत्व समेत लिन सकिने आशय उनीहरुको थियो । देउवाले मधेस, थारु, महिला, जनजाति, दलितलगायतको समस्या समाधानका लागि आफ्नो तत्परता र अग्रसरता रहने बताए । भने,‘राष्ट्रिय मुद्दाहरुलाई समाधान गर्दै देशलाई एक बनाउने काम म गर्न सक्छु ।’ सवै राजनीतिक दललाई मिलाएर अघि बढाउन आफ्नो कार्यशैली र लचकताले काम गर्ने बताउदै देउवाले सीमाकंनका बिषयलाई पनि मिलाएर लैजाने अठोट राखे । पौडेलले संविधानले ल्याएको परिवर्तनलाई कार्यन्वयन गर्नका लागि आफ्नो क्रियाशीलता अघि बढाउने बताए । औपचारिक घोषणा गर्दा आफ्नो उम्मेदवारीसंग आफूले लिने नीति, विचार र दृष्टिकोण सार्वजनिक गर्ने उनले बताए । महाधिवेशनको मुखमा आफूइतर पक्षबाट केही पूर्वाग्रही आरोपहरु आएको बताउ‘दै देउवाले त्यसको पनि खण्डन गरे । दरबारमा लगेर प्रजातन्त्र बुझायो भन्ने आरोपको खण्डन गर्दै देउवाले त्यतिबेला चुनाव सार्ने पक्षमा स्वयं तत्कालिन सभापति सुशील कोइराला र गोविन्दराज जोशीको पनि हस्ताक्षर भएको बताए । चुनावको मिति सारेकै कारण तत्कालिन राजा ज्ञानेन्द्रले ‘कु’गरी शासन सत्ता लिएको आरोप देउवा माथि लाग्दै आएको छ । ‘आरोपको पनि एउटा हद हुन्छ । हु‘दै नभएको आरोप अहिले मलाई किन लगाईदैछ रु देउवाले भने, ‘निर्वाचित सरकारले अपदस्थ भएको वीपी र मेरै पालामा हो । त्यसो भए वीपीलाई पनि प्रजातन्त्र राजालाई बुझयो भन्ने रु’ निर्वाचित सरकार अपदस्थ गरी राजाले सवैभन्दा बढी जेल आफैलाई हालेको प्रशङ उल्लेख गदै देउवाले सीमा नाघेर आफूमाथि पूर्वाग्रही नभईदिन आग्रह गरे । उनले पार्टीभित्रको विभाजनको प्रभावलाई मेटाएर एक बनाउन नै आफू अघि बढेको बताउदै मधेस, पाहड र हिमाललाई जोड्न सक्ने नेता भएर देखाउने अठोट लिए । ‘यो ऐतिहासिक पार्टीलाई एक नबनाई हुन्न । कांग्रेस एक भयो भने मात्रै मुलुकको एकता बलियो हुन्छ’ देउवाले थपे, ‘त्यसैका लागि मेरो उम्मेदवारी हो ।’ संस्थापन पक्षभित्र सभापतिको उम्मेदवारमा सर्वसम्मत भईनसकेका कारण पौडेल देउवाको तुलनामा खुलेर बोल्न सकेनन् । संस्थापन पक्षबाट महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौंला सभापतिका आकांक्षी छन् । उनीहरुलाई व्यवस्थापन गर्न पौडेललाई हम्मेहम्मे भइरहेको छ । देउवाको पत्रकार भेटघाटमा केन्द्रीय सदस्य विमलेन्द्र निधि र तत्कालिन सहमहामन्त्री ९प्रधानमन्त्री निर्वाचनमा कांग्रेसको उम्मेदवारीप्रति असहमति जनाउदै सहमहामन्त्रीबाट राजीनामा दिएका० पुर्णवहादुर खडा र सांसद रमेश लेखक सहभागि थिए । पौडेलको पत्रकार भेटघाटमा भने प्रभावशाली नेता कोही थिएनन् । सांसदहरु यज्ञवहादुर थापा, जीवन परियार, चन्द्रदेवी जोशीलगायत उपस्थित थिए । दुवै पक्षले अंकगणितमा पनि आ–आफ्नो समूह बलियो रहेको तर्क गरे । पौडेलले जिल्ला सभापतिमा चालिस भन्दा बढी जिल्लामा संस्थापन पक्ष आएको बताए । तर, देउवा पक्षले जिल्ला केन्द्रीय नेतृत्व चयनमा जिल्ला अधिवेशन नभएर क्षेत्रीय अधिवेशननै मुख्य इन्डिकेटर रहेको बताए । ‘नेतृत्व चयनका लागि जिल्लाको निर्वाचन इन्डिकेटर होइन, क्षेत्रीय अधिवेशननै मुख्य इन्डिकेडर हो’ देउवाको पत्रकार भेटघाटमा नेता निधिले भने, ‘देशभरमै महाधिवशेन प्रतिनिधि हाम्रो पक्षमा बढी छन् ।’ पौडेले जिल्ला सभापति र महाधिवेशन प्रतिनिधिहरुपनि संस्थापन पक्षमा बढी रहेको दावी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE