Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

कांग्रेस प्रतिनिधि फकाउने देउवा र पौडेलको सूत्र यस्तो छ

\"Deuba-Paudel\"काठमाडौं । महाधिवेशन नजिकिादै गए पनि संस्थापन पक्षबाट सभापतिमा उम्मेदवारको टुंगो लागेको छैन । यद्यपि, कार्यबाहक सभापति रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–वरिष्ठ नेता शेरबहादुर देउवा अर्का उम्मेदवार पक्का हुन् । महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि सभापतिका आकांक्षी हुन्, तर निर्णयमा पुगेका छैनन् । सामाजिक सञ्जालदेखि भेटघाटसम्म नेताहरू विभिन्न शैलीको प्रचारमा लागेका छन् । नीतिभन्दा नेतामुखी प्रचार देखिएको छ । सामाजिक सञ्जालदेखि भेटघाटसम्म नेताहरू सक्रिय छन् । प्रत्येक निर्वाचन क्षेत्रबाट १२ महाधिवेशन प्रतिनिधि हुन्छन् । सबै क्षेत्रबाट दुई हजार आठ सय ८० छानिन्छन् । प्रतिनिधिहरूलाई नेताहरूले एसएमएसमार्फत सघाउन आग्रह गरिरहेका छन् । प्रतिनिधिलाई पौडेलको एसएमएस महाधिवेशन प्रतिनिधि निर्वाचित भएका नेता तथा कार्यकर्तालाई पौडेलले सभापतिमा सहयोग गर्न आग्रह गर्दै एसएमएस अभियान थालेका छन् । बधाई दिँदै सभापतिमा सहयोगको अपेक्षासहितको सन्देश मंगलबारबाट प्रतिनिधिलाई पठाउन थालेका छन् । पौडेलका एसएमएसमा भनिएको छ, ‘संविधान कार्यान्वयनको नेतृत्व गर्दै लोकतान्त्रिक समाजवादलाई साकार पार्न तपाईंको विजयले म उत्साहित छु । हार्दिक बधाई तथा शुभकामना ।’ फेसबुकमा समाचार ‘सेयर’ आफ्ना र अधिवेशनका समाचार पनि पौडेलले आफ्नो फेसबुकमा सेयर गर्ने गरेका छन् । महाधिवेशन प्रतिनिधि, जिल्ला सभापतिको विवरणसहितका अनलाइनका समाचार पनि पौडेलले सेयर गर्दै आएका छन् । कोइरालानिवास सम्पर्क कार्यालय केही समयअघिसम्म बानेश्वरस्थित एक गैरसरकारी संस्थाको कार्यालयलाई सम्पर्क स्थलका रूपमा प्रयोग गरेका पौडेलले अनामनगर क्षेत्रलाई पनि सम्पर्क स्थान बनाएका छन् । तर, उनीनिकट नेता मधु आचार्यले आन्तरिक प्रतिस्पर्धा भएकाले ९ फागुनसम्म कोइरालानिवास महाराजगन्ज र त्यसपछि केन्द्रीय कार्यालय सानेपालाई भेटघाटको केन्द्र बनाउने बताए । बोहोराटारस्थित आफ्नै निवासमा पनि प्रतिनिधिहरूसँग भेटघाट गर्दै आएका छन् । पौडेलले उठाए दुई लाख १६ हजार सभापतिको उम्मेदवारी दिने बताएका कार्यबाहक सभापति रामचन्द्र पौडेलले प्रचारका लागि भन्दै पुस मसान्तदेखि चन्दा संकलन गरेका छन् । ‘गो फन्ड मी’ साइटमार्फत पौडेलले २० हजार पाउन्ड ९३० लाख ८६ हजार दुई सय रुपैयाँ० चन्दा मागेका छन् । उनले साइटमा भनेका छन्, ‘तपाईंको सानो सहयोगले रामचन्द्र पौडेललाई सभापति बनाउन सक्छ ।’ यसरी अनलाइनमार्फत मागिएको चन्दामा अहिलेसम्म पौडेलले एक हजार तीन सय ६८ पाउन्ड स्टर्लिङ अर्थात् दुई लाख १६ हजार एक सय ४४ रुपैयाँ संकलन गरेका छन् । उनलाई अहिलेसम्म २५ जनाले १५ देखि २५० पाउन्ड स्टर्लिङसम्म आर्थिक सहयोग गरेका छन् । पारदर्शिताका लागि अनलाइनबाट चन्दा उठाएको पौडेलले बताएका छन् । उम्मेदवारी घोषणापछि प्रचार तिब्र पौडेलनिकट नेता मधु आचार्यले औपचारिक रूपमा सभापतिको उम्मेदवारी घोषणापछि प्रचार तीव्र बनाइने बताए । ‘पोस्टरिङ, वालपेन्टिङजस्ता सहर–बजारको सुन्दरता बिगार्ने गरी होइन, आधुनिक प्रविधिमार्फत गरिने प्रचारमा जोड दिन्छौँ,’ आचार्यले नयाँ पत्रिकासित भने, ‘कसैले पनि उम्मेदवारीको दाबी गरेर मात्र आउनुभएन, विचार, दृष्टिकोण, कार्यक्रम लिएर आउनुपर्छ । सबै सम्भावना भएर पनि कांग्रेस कस्तुरीको हालतमा पुगेको छ । त्यसैले पार्टीलाई नेतामुखी होइन, नीतिमुखी बनाउन लाग्नुपर्छ ।’ प्रतिनिधिलाई एसएमएस सभापतिका लागि प्रचारमा रहेका वरिष्ठ नेता शेरबहादुर देउवाले निर्वाचित महाधिवेशन प्रतिनिधिलाई बधाई दिने गरेका छन् । देउवाको एसएमएसमा भनिएको छ, ‘महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएकोमा बधाई तथा शुभकामना, म तपाईंको सम्पर्कमा रहिरहनेछु ।’ आइतबार ताप्लेजुङबाट थालिएको देउवाको एसएमएस अभियान एक हजार आठ सय प्रतिनिधिसम्म पुगेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । महाधिवेशनका लागि सबै निर्वाचन क्षेत्रबाट गरी दुई हजार आठ सय ८० प्रतिनिधि छनोट हुनेछन् । देउवानिकट केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले एसएमएस अभियान शुभकामना दिनका लागि मात्र भएको दाबी गरे । ‘प्रतिनिधिमा निर्वाचित भएर आउनेलाई शुभकामना पठाइएको हो । अरू नेताहरूले पनि पठाइरहनुभएको छ,’ महतले भने, ‘प्रतिनिधिको विवरण साथीहरूले जिल्लाजिल्लाबाट पठाइरहनुभएको छ । देशभरको नेटवर्कमार्फत हामी आन्तरिक छलफलमा छौँ ।’ देउवाले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेपछि पार्टी विधिमा चलाउने र कसैले असुरक्षित महसुस गर्न नपर्ने सन्देश कार्यकर्तासम्म पुर्‍याइने उनको भनाइ छ । फेसबुकमा सक्रिय सामाजिक सञ्जालमा रमाउन धेरै नरुचाउने देउवा महाधिवेशनलाई लक्षित गरी फेसबुकमा सक्रिय छन् । पछिल्लो समय उनको नाममा खोलिएको फेसबुक पेज मन पराउनेको संख्या बढेको छ । आफ्ना विषयमा आएका समाचार उनले पेजमा सेयर गर्दै आएका छन् । फेसबुकबाटै देउवाले गाउँ, नगर, वडा, क्षेत्रबाट निर्वाचित प्रतिनिधिलाई बधाई र शुभकामनासमेत दिएका छन् । उनले आफ्नो पेजमा भनेका छन्, ‘अब सबै जिम्मेवारी मैले निर्वाह गर्छु, यो मेरो जिम्मेवारी र कर्तव्य पनि हो, अब पार्टी एकढिक्का बनाउने जिम्मा मेरो हो, कसैलाई काखा र कसैलाई पाखा नगरेरै पार्टी अघि बढ्छ, त्यसैले मलाई अब सहयोग गर्नुस् ।’ बुधबारबाट देउवा नियमित सम्पर्क कार्यालयमा सभापतिका दाबेदार देउवाले पूर्वसांसद राजेन्द्र खरेलको बानेश्वरस्थित घरमा सम्पर्क कार्यालय खोलेका छन् । करिब चार महिनाअघि खोलिएको सम्पर्क कार्यालयमा बुधबारबाट देउवा दैनिक जाने गरेका छन् । ‘कार्यालय खोलेको तीन–चार महिना नै भइसक्यो । तर, अधिवेशनको व्यस्तताले उहाँ जान सक्नुभएको थिएन,’ देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘बुधबारबाट दैनिक जान थाल्नुभएको छ । दिउँसो २ बजेदेखि बेलुकी ६ बजेसम्म कार्यालयमै भेटघाटमा व्यस्त हुनुहुन्छ ।’ सम्पर्क कार्यालयबाटै प्रचारको रणनीति बनाएर नेताहरूलाई कामको जिम्मा दिने गरेका छन् । बुधबार पनि उनले आफूनिकटका केन्द्रीय सदस्य, सभासद्सहित नेताहरूको बैठक राखेर काम विभाजनबारे छलफल गरेका थिए । कार्यालयमा देउवापत्नी एवं सांसद आरजुले पनि महिला नेतृसँग छुट्टै छलफल गर्ने गरेकी छिन् । घोषित रूपमा चन्दा संकलन छैन देउवाले सार्वजनिक रूपमा चन्दाका लागि आग्रह गरेका छैनन् । ‘देउवाजीको चन्दा उठाउने अभियान छैन,’ देउवानिकट एक नेताले भने, ‘शुभेच्छुक तथा साथीहरूले सहयोग गर्ने कुरा छुट्टै हो । घोषणै गरेर चन्दा उठाउने पक्षमा हामी छैनौँ ।’ प्रकाशमान : पर्ख र हेरको रणनीतिमा महामन्त्री प्रकाशमान सिंहले औपचारिक निर्णय नगरे पनि सभापतिको उम्मेदवार बन्न कार्यकर्ता भेटघाट र प्रतिनिधिलाई सम्पर्क गरेर बधाई दिने काम गर्दै छन् । सबै जिल्लाको अधिवेशन सकिएपछि विचार मिल्ने नेतासँग छलफल गरेर थप रणनीति तय गर्ने मनस्थितिमा उनी छन् । उनले बिजुलीबजारमा सम्पर्क कार्यालय खोलेका छन्, त्यहीा कार्यकर्ता भेटघाट गर्छन् । ‘उम्मेदवारीको टुंगो लागिसकेको छैन, प्रचारमा हतार छैन,’ उनी निकट युपी लामिछाने भन्छन् । सिटौला : ९ फागुनपछि प्रचारमा लाग्ने अर्का महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् । गिरिजाप्रसाद र सुशील कोइरालाले पत्याएको एक मात्र संस्थापन पक्षको उम्मेदवार भएको उनको दाबी छ । सुशील कोइरालाको शोक सकिएपछि औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्ने उनको योजना छ । ‘उहाँ काममा विश्वास गर्नुहुन्छ,भेटघाट र सम्पर्कमा आउनेसँग छलफल गरिरहनुभएको छ, शोकपछि उम्मेदवारी घोषणा गर्नुहुन्छ,’ सचिवालयका किरण सिटौलाले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE