Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

देउवा र पौडेलको टिम यस्तो हुँदैछ

\"Deuba-Paudel\"काठमाडौं । महाधिवेशन नजिकिादै गर्दा कांग्रेस नेताहरू कसरी अगाडि बढ्ने भन्नेमा आन्तरिक छलफलमा जुटेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–सुशील कोइरालाको जुठो आइतबार सकिादै छ । सभापतिका दाबेदारहरू अन्य पदका आकांक्षीलाई मिलाएर आ–आफ्नो टिम बनाउन सक्रिय छन् । कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले सभापतिमा उम्मेदवारी दिने निश्चितजस्तै छ । संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले आइतबारसम्म शोक रहेकाले सोमबारबाट महाधिवेशनकेन्द्रित तयारी अघि  बढ्ने बताए । देउवा टिम मिलाउँदै वरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो टिम मिलाउन थालेका छन् । महाधिवेशन आउन १० दिन मात्र बाँकी रहेकाले कसलाई कुन पदमा ‘सेटल’ गर्ने भन्ने अभ्यासमा देउवा समूह जुटेको छ । ‘निर्वाचन प्रक्रिया अघि बढेको छ । टिमबारे अनौपचारिक छलफल भइरहेका छन् । अब १० फागुनदेखि औपचारिक छलफल आरम्भ हुन्छ,’ देउवानिकट केन्द्रीय सदस्य डा। प्रकाशशरण महतले भने, ‘सभापतिमा देउवाजीको औपचारिक उम्मेदवारी आउँछ, टिम मिलाउने प्रक्रियाले पनि अब गति लिन्छ ।’ पौडेलको यस्तो तयारी कार्यवाहक सभापति रामचन्द्र पौडेल पनि छलफलमा व्यस्त छन् । उम्मेदवारीका लागि तयारी र प्रक्रिया १० फागुनमा मात्रै सुरु गर्ने उनले बताउँदै आएका छन् । पौडेलले शशांक, शेखर र सुजाता कोइरालालाई समान धारणा बनाएर एकजना सर्वसम्मत हुन आग्रह गर्दै आएका छन् । तर, उनीहरूले आफूसहित डा. रामशरण महत, अर्जुननरसिंह केसी, गगन थापालाई पनि ‘एडजस्ट’ गरेर अघि बढ्नुपर्ने सुझाब दिएका छन् । आकांक्षीसाग सहयोग माग्दै पौडेल संस्थापनबाट कार्यवाहक सभापति पौडेल मात्र होइन, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि सभापतिका आकांक्षी छन् । सिंह छलफलमा छन् भने सिटौलाले उम्मेदवारी दिने बताउँदै आएका छन् । तर, पौडेलले यसपालि आफूलाई सहयोग गर्न सिंह र सिटौलालाई प्रस्ताव गरेका छन् । पौडेलले दुईमध्ये एकलाई संसदीय दलको नेता र एकलाई महमन्त्रीमा ‘एडजस्ट’ गर्न सकिने प्रस्ताव राखेका छन् । सभापतिमा उम्मेदवारी दिने भनेर दुवै महामन्त्रीले उपसभापतिमा बढुवा हुन ‘बार्गेनिङ’ गरेको बुझाइमा पौडेल रहेको उनीनिकट एक नेताको दाबी छ । नीतिको तयारीमा केन्द्रीय समिति कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार बस्दै छ । बैठकले आगामी २० फागुनदेखि हुने महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्ताव, नीति तथा कार्यक्रम र महाधिवेशन तयारीबारे छलफल गर्ने भएको छ । तराईका आठ जिल्लामा अधिवेशन हुन बाँकी तराईका आठ जिल्लामा नगरदेखि जिल्लासम्मको अधिवेशन हुन बाँकी छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा नेताहरूबीच विवाद भएपछि समयमा अधिवेशन हुन नसकेको हो । सप्तरी र सर्लाहीमा १० फागुनका लागि अधिवेशन तय भएको संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले बताए । बाँकी जिल्लामा १२ फागुनसम्म अधिवेशन हुने र महाधिवेशन प्रतिनिधि छानिएपछि २० फागुनको अधिवेशनलाई समस्या नहुने उनको भनाइ छ । ‘धनुषामा १० गते नगर र १२ गते क्षेत्रको अधिवेशन हुन्छ, क्षेत्रको भएपछि महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लाग्छ,’ ढुंगानाले भने ।यसअघि निर्वाचन समितिले १० फागुनसम्म जिल्ला तहसम्म अधिवेशन सक्न निर्देशन दिएको थियो । तर, आइतबारसम्म २० जिल्लामा अधिवेशन गर्न बाँकी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending