Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

सम्बन्ध सुध्रियो : ओली, नेपालले अझै आश्वस्त गर्नुपर्छ : मोदी

\"oli-modi\"काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो यात्राले भारतसँगको असमझदारी समाप्त गरेको दाबी गरिरहँदा त्यसको जरोमा रहेको संविधानप्रति भारतको असन्तुष्टि यथावत् नै रहेको संकेत ओलीको छेवैबाट भारतीय समकक्षी नरेन्द्र मोदीले दिएका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग शनिबार संयुक्त पत्रकारसम्मेलनमा ओलीले भारतसँग केही महिनायता चिसिएको सम्बन्ध हटेको दाबी गरे । त्यही असमझदारी हटाउनका लागि नै आफू भ्रमणमा आएको पनि उनले बताए। तर संयुक्त पत्रकारसम्मेलनमा मोदीले संविधानमा मिल्न बाँकी रहेका विषयमा सहमति र संवादका माध्यमबाट अघि बढ्न सुझाएर गत असोजमा जारी संविधानप्रति भारतको असन्तुष्टि कम नभएको पर्याप्त संकेत दिए। मोदीले नेपाललाई तत्कालै ८० मेगावाट बिजुली उपलब्ध गराइएको घोषणा पनि गरे । उनले आगामी दुई वर्षमा ६ सय मेगावाट बिजुली उपलब्ध गराउने बाचा गरे। ुभारत र नेपालका बीचमा ७ हजार मेगावाटका विद्युत् परियोजनामा अहिले सहकार्य छ । हामीले चालू रहेका परियोजना सम्पन्न गर्न सहकार्य गर्नुपर्छु, मोदीले भने। पत्रकारसम्मेलनमा ओलीले भने, ‘नेपालमा संविधान जारी भएपछि भारत भ्रमण गर्ने पहिलो प्रधानमन्त्री म नै हुँ । मेरो भ्रमणको मुख्य उद्देश्य केही महिनायता दुई देशबीच देखिएको असमझदारी अन्त्य गर्नु थियो जुन अब अन्त्य भएको छ।ु उनले मोदीले गत वर्ष नेपाल भ्रमण गरेका बखत देखिएको उत्साहपूर्ण सम्बन्ध त्यही तहमा फर्काउन भ्रमण फलदायी रहेको पनि बताए। ुमोदीले नेपाल जाँदा हाम्रा जनतामा पारेको छाप अझै ताजै छ । मेरो र जनताको दिमागमा ताजै छ’, उनले भने। भारतले दिएको न्यानो स्वागतप्रति ओलीले खुसी व्यक्त गरे। ुभारतीय प्रधानमन्त्री मोदी र उहाँको सरकारले देखाएको मैत्रीपूर्ण स्वागतका लागि म खुसी छु । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रपति भवनमा राखेर दिएको सम्मानप्रति पनि म खुसी छु । मेरा लागि यो ठूलो अवसर हो एउटा नजिकको मित्र देशको भ्रमण गर्नुु, ओलीले भने। भारतीय प्रधानमन्त्री मोदीसँग विभिन्न द्विपक्षीय विषयमा कुराकानी भएको जानकारी पनि ओलीले दिए।ुनेपालले ऐतिहासिक रूपमा संविधान निर्माणकार्य पूरा गरेको छ । संविधान जारी भएसँगै शान्तिप्रक्रिया पूर्ण भएको छ । यस प्रक्रियामा भारत सरकार, नेतृत्व र जनताबाट हामीले निरन्तर सहयोग पाइरह्यौं। राजनीतिक समस्याको समाधान सकेर हामी अहिले नयाँ आर्थिक विकास र समृद्धिको युगमा प्रवेश गरेका छौुं, ओलीले भने। भारतीय प्रधानमन्त्री मोदीले नेपालमा नयाँ संविधान जारी हुनुलाई एक महत्वपूर्ण उपलब्धि भने पनि नयाँ संविधानप्रति भारतको पुरानै धारणा दोहो¥याएका थिए । हिन्दीमा मन्तव्य दिँदै मोदीले भने, ुविश्वले केही वर्षयता नेपालले लोकतन्त्र र संघीयतामा प्रशंसनीय काम गरेको मानेको छ । दशकौंको संघर्षपछि संविधान जारी भएको छ। यो एक महत्वपूर्ण उपलब्धि हामीले मानेका छौं।ु तर संविधानको सफलता सहमति र संवादमा निर्भर हुने बताउँदै मोदीले भने, ुमलाई यो विश्वास छ, सहमतिका सिद्धान्तमा आधारित भएर राजनीतिक वार्तालापका माध्यमबाट नेपालको संविधानमा सबै एकजुट भएर कार्यान्वयनमा लाग्नेछन्। सबै बाँकी रहेका मुद्दाहरूको सन्तोषजनक निवारणबाट नै नेपालको शान्ति र स्थिरता सुनिश्चित हुन्छ भन्ने हामीलाई लागेको छ।ु प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणमा आएको भन्दै मोदीले ओलीको स्वागत गरे। उनले नेपालका ुगौरवशालीु जनताको भारतप्रतिको सद्भावको कदर पनि गरे । दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई सम्झिँदै उनले श्रद्धाञ्जली पनि दिए। गत वर्ष नेपाल भ्रमणमा गएका बेला जलविद्युत् र सुरक्षाका क्षेत्रमा सहकार्यका कुरा उठाएका मोदीले यसपटक पनि दोहोर्‍याए। ुभारत र नेपाल दुवै सम्प्रभुसत्ता सम्पन्न देश हुन्। हामी सांस्कृतिक तथा भौगोलिक रूपमा घनिष्ट मित्र हौं। हाम्रो सम्बन्ध अद्वितीय छु, उनले भनेु। मोदीले नेपाल र भारतबीच खुला सिमाना रहेकाले त्यसैले जनस्तरको सम्बन्ध परिभाषित गरेको बताए । उनले नेपालको शान्ति र स्थायित्व भारतको सुरक्षासँग जोडिएको पनि बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE