Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

दरबार हत्याकाण्डबारे आफन्तकै गम्भीर आरोप– विरेन्द्र मार्ने दिपेन्द्र नै हुन् भने उनैलाई किन राजा बनाइयो ?

\"nir-shah\"काठमाडाैं । कलाकार निर शाहका दाजु खड्गविक्रम शाह राजा विरेन्द्रका भिनाजु हुन् । उनै खड्गविक्रम पनि २०५८ सालको हत्याकाण्डामा मारिए । तर, निर शाह दरबार र त्यहाँ भएका हत्याकाण्डलाई स्वभाविक मान्दैनन् । उनले दरबारलाई सामान्य विषय जटिल बनाइदिने र षडयन्त्रको मूल थलोको रुपमा बुझेका छन् । उनै शाहकसँग अन्नपूर्ण पोष्टका लागि पत्रकार नरेश ज्ञवालीले गरेको कुराकानी यस्तो छ : दाजुको हत्या र मैले देखेको दरबार केशव भट्टराईको सिनेमाले ५१ औं दिन पार गरेको खुसीयालीमा आयोजित समारोहमा म चलचित्र विकास कम्पनीमा थिएँ। रात छिप्पिँदै थियो, हामी रमाइलो गरिरहेका थियौं। अचानक राति ९स् ३० बजे मलाई एउटा फोन आयो(वीरेन्द्र सैनिक अस्पतालबाट। फोन गर्नेले सबै कुरा स्पष्ट पार्न नपाउँदै म नराम्ररी झस्किएँ। त्यो राजदरबार हत्याकाण्ड भएको रात थियो। मेरा दाजु खड्गविक्रम शाह र भाउजु शारदाको पनि दरबारमा हत्या भएको थियो। म त्यहाँबाट तुरुन्त अस्पताल पुगेँ, तर मलाई त्यसको गुह्य कुरा खुट्याउन निकै समय लाग्यो। मलाईसमेत त्यस घटनाबारे जानकारी दिइएको थिएन। सबै घटना लुकाइएको थियो । मेरा दाजु राजा वीरेन्द्रका भिनाजु हुनुहुन्थ्यो, त्यसैले उक्त रात आयोजना गरिएको पार्टीमा उहाँ पनि सहभागी हुनुहुन्थ्यो । जेठ १९, राति ९ः१५ बजे १ मेरा दाजु खड्कविक्रम शाह हाम्रो अभिवाक हुनुहुन्थ्यो । पिताजीको देहान्तपछि उहाँले नै हाम्रो परिवारको नेतृत्व सम्हाल्नुभएको थियो । मेरा हरेक क्रियाकलाप उहाँले नजिकदेखि नियाल्दै आउनुभएको थियो । नेपालको इतिहासमै भएको ठुलो हत्याकाण्डमा मेरा दाजु र भाउजुको पनि हत्या भएको थियो । राजदरबार हत्याकाण्डले चर्चित त्यो रात मेरा लागि जीवनकै भयावह रात हो । तर, ममाथि त अर्को बिहान पनि व्रजपात हुन बाँकी नै थियो । त्यो घटना सुनेर आमाको पनि देहान्त भयो । जेठ २०, दिउसो ३:३० बजे मलाई आश्चर्य लाग्छ, दाजु(भाउजुको पोस्टमार्टम नै गरिएन, किन रु हत्या भएको जान्दाजान्दै पनि उहाँहरूको पोस्टमार्टम नगरिनुको खास कारण के थियो रु जबकि दाइ(भाउजुभन्दा पनि विशिष्ट व्यक्तिहरू मारिएका थिए। दाजु(भाउजुको मृत्युले थोरै पनि महत्व पाउन सकेन । हाम्रा लागि त्यो अकल्पनीय कुरा थियो। त्यो समय अर्को पनि अनौठो घटना भयो । जसले हत्या गरेको हो भनियो, उसैलाई राजा घोषणा गरियो किन रु यदि हत्याकाण्ड मच्चाउने दीपेन्द्र नै हुन् भने राजालाई मार्ने मानिस राजा हुन पाउँछ रु त्यस अकल्पनीय समयलाई अभिव्यक्त गर्ने शब्द मसँग छैन । यसबारे धेरै कुरा गर्न मन पनि लाग्दैन । तर, मानिसहरू यसैलाई कोट्याइरहन चाहन्छन्।।।। दरबार मेरो नजरमा असामान्य स्थितिको सिर्जना गर्ने एउटा मुल थलो थियो । सामान्य रूपमा अगाडि बढ्न सक्ने कुरालाई जटिल बनाइदिने दरबारको विशेषता र कमजोरी, दुवै हो। दरबारले नेपाली जनतालाई दिन सक्ने धेरै कुरा हुन सक्थे । दरबारले नेपाली जनता र राष्ट्रका पक्षमा जे गर्न सक्थ्यो, त्यो कहिल्यै गर्न सकेन। आफ्नो अन्त्य नहुन्जेलसम्म पनि। दरबारको अर्को ठुलो कमजोरी थियो। दरबार जहिले पनि संरक्षण दिन नहुने मानिसलाई संरक्षण दिन्थ्यो। राजा वीरेन्द्र विकासको पक्षमा हुनुहुन्थ्यो । त्यो उहाँको कार्यकालको सकारात्मक पक्ष हो। सही बाटोबाट उनी अगाडि बढ्न पाएको भए मुलुकले सकारात्मक मोड लिने थियो । तर, मुलुक र उनी सकारात्मक ढंगले अगाडि नबढुन् भनेर सक्रिय हुनेहरू पनि मैले दरबारमा देखेको छु। जनतासँग प्रत्यक्ष सम्बन्ध नहुनु दरबारको ठुलो दुर्भाग्य हो। पछि राजाका रूपमा ज्ञानेन्द्र उदाए, उहाँबाट त्रुटि नै त्रुटि भए। एउटा गल्तीलाई छोप्न धेरै गल्ती उनले दोहोर्‍याए। समयले नै मुल्यांकन गरिसकेको मानिसबारे मैले के मुल्यांकन गर्नुरु तर, किङ वीरेन्द्र वाज अ भेरी गुड हार्टेड म्यान। त्यसमा कुनै शंका छैन। म उहाँलाई असल हृदय भएको मानिसका रूपमा सधैं सम्झिरहन्छु । तर, राजनीतिज्ञको रूपमा भने उहाँ असफल मान्छे ह
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending