Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

एक बहादुर भारतीय प्रहरी अधिकृत जसले मोदीलाई भनिदिए, ‘तिमी अपराधी हौ’

\"modi_prahari\"काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बहुआयामिक नेतृत्व हुन् भन्नेमा अब शंका रहेन । हिन्दु धर्मका कट्टर पक्षपाति मोदीले नेपालमा नाकाबन्दी गर्नुभन्दा ठीक केही समय अघि उनी ६ महिने महाव्रत बसेका थिए । ६ महिना लामो व्रत्त बस्दा ठूलो मोक्ष प्राप्त हुने धार्मिक विश्वाससहित व्रतबसेपछि उनले अन्ततः नेपालमाथि नाकाबन्दी गरेर त्यो मोक्ष प्राप्त गरे । नेपालका धेरै नेताहरु मोदीको बहुआयामिक क्षमताप्रति अनविज्ञ भएपनि भारतका जनताले भने उनलाई राम्रैसँग चिन्दछन् । तेस्रो विश्व त्यसमा पनि दक्षिण एसियाको तरल राजनीतिको फाइदा उठाएर उनी भारतको प्रधानमन्त्री बने । तर २००२ मा गुजरातमा भएको नरसंहार भोगेका जनताले भने अझ ती दिन बिर्सेका छैनन्, बिर्सेका छैनन् महामहिम नरेन्द्र मोदीलाई । त्यही नरसंहारमा नरेन्द्र मोदी मुख्यमन्त्री हुँदा पुलिस अफिसर थिए संजीव भट्ट । सन् १९८८ मा इन्डियन पुलिस सर्भिसबाट नोकरी शुरु गरेका उनको १९९० मा गुजरातको जामनगर जिल्लामा नियुक्ति भएको थियो । जहाँ उनले दंगा भड्काएको आरोपमा १५० जनालाई गिरफ्तार गरे । जसमध्ये प्रभुदास नाम गरेका कैदीको किड्नीमा देखिएको समस्याको कारण कारण मृत्यु भयो । मृतकको भाईले संजीव भट्टविरुद्ध उजुरी जाहेर दिए । त्यसपछि उनलाई खुफिया ब्यूरोको पदबाट हटाएर साबरमती केन्द्रीय कारागारमा सुपरिटेन्डेटमा सरुवा गरियो । त्यहाँ पनि कैदीहरुसँग मिलनसार भएको, उनीहरुसँग मिलेको आरोप लगाई अन्तै सरुवा गरियो । २००२ को घटनालाई लिएर मार्च २००८ मा भारतको सुप्रीम कार्टले एउटा विशेष छानविन समिति (एसआईटी) गठन ग¥यो । त्यसको प्रमुखमा सीबीआईको पूर्व प्रमुख आर.के. राघवनलाई राखियो । यो समितिले २००२ को दंगासँग जोडिएको विभिन्न मामलाको छानविन ग¥यो । सन् २००९ मा अदालतले एसआईटीलाई नरेन्द्र मोदीसहित अरु ६२ जनामाथि छानविन गर्नु भनि निर्देशन दियो । यो समितिलाई संजीव भट्टले पनि बयान दिएका थिए । दंगा भड्किएको ९ वर्षपछि १४ अप्रिल २०११ म संजीव भट्टले सुप्रिम कोर्टमा एउटा मुद्दा दायर गरे । उनका अनुसार मोदीले २७ फरवरी २००२ को एउटा मिटिङमा बरिष्ठ पुलिस अधिकारीहरुलाई भनेका थिए ‘हिन्दुओं का गुस्सा निकल जाने दें’ । भट्टले एसआईटीमाथि नै घटनालाई लुकाउन खोजेको आरोप लगाए । उनले यस नरसंहार घटनाको छानविन गर्न स्वतन्त्र कमिटी बनाउनु पर्ने अथवा गुजरातभन्दा बाहिरको मानिसहरु संलग्न गराई स्वतन्त्र छानविन गर्नुपर्ने भनि सुप्रिम कोर्टमा माग राखे । त्यसको केही समयपश्चात ८ अगष्ट २०११ मा गुजरात सरकारले भट्टलाई ड्यूटीमा नआएको भनि निलम्बन गरिदियो । गुजरात सरकारले प्रभुदासको हत्यामा संलग्न भनि आफैंले बन्द गरेको मुुद्दा फेरि ब्यँुताएर भट्टलाई पक्राउ पुर्जी थमाए । ३० सेप्टेम्बर २०११ मा भट्टलाई गिरफ्तार गर्यो । त्यस घटनाको चौतर्फी विरोध भयो । जनता सडकमा उत्रिए । गुजरात अफिसर्स एसोसियशन लगायतका संस्थाहरुले ऐक्यवद्धता जनाए । चौतर्फी विरोधपछि १७ अक्टोबर २०११ मा अहमदावादको एउटा अदालत उनलाई जमानतमा रिहा गर्न बाध्य भयो । रिहाको विषयलाई लिएर मोदी सरकारले विरोध गर्यो । तमाम दवाव र धम्कीको बाबजुद उनले गुजरात नरसंहारको अभियुक्तहरुको नाम पर्दाफास गर्न संर्घर्ष गरिरहे । १७ अक्टोबर २०११ को इण्डियन एक्सप्रेसमा प्रकाशित समाचारका अनुसार उनले भनेका थिए ‘नरेन्द्र मोदी २००२ को गुजरात नरसंहारको एक अपराधी हो । उसलाई एक सामान्य अपराधी जस्तो व्यवहार गरिनुपर्छ ।’ अन्ततः संजीव भट्ट १३ अगष्ट २०१५ मा नोकरीबाट निकालिए । स्रोतः समकालीन ‘तीसरी दुनियाँ’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies