Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

केपी ओली भारतीय विदेशमन्त्री सुष्मा स्वराजका भाइ

\"kp-oli-birth-day-336x330\"काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार ताज मानसिंह होटेलमा आफ्नो ६५औँ जन्मदिवस र विवाहको २८औँ वर्षगाँठ मनाएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–ओलीको जन्मदिन र राधिका शाक्यसँग भएको विवाह वर्षगाँठ एकै दिन जुरेको हो । नेपाली सरकारी प्रतिनिधिमण्डलसँग बसेर ओलीले जन्मदिवस मनाएका हुन् । जन्मदिनका अवसरमा ओलीले केक काटेका थिए भने सहभागीलाई दिवाभोज दिइएको थियो । सबैले ओली र पत्नी शाक्यलाई शुभकामना दिएका थिए । ओलीलाई नेपाली प्रतिनिधिमण्डलका तर्फबाट उपप्रधानमन्त्री कमल थापाले कलम उपहार दिएर शुभकामना दिएका थिए । मभन्दा आठ दिन भाइलाई शुभकामना : स्वराज भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सोमबार बिहान भारतीय विश्व सम्बन्ध परिषद्को कार्यक्रममा सम्बोधनको सुरुमै प्रधानमन्त्री केपी ओलीलाई भाइ भनेर शुभकामना दिइन् । परिषद्को उपाध्यक्ष रहेकी स्वराजले मन्तव्यको सुरुमा भनिन्, ‘मैले ओलीजीको बायोडाटा हेरेँ, ओलीजीको जन्मदिन १९५२ फेब्रुअरी २२ रहेछ, मेरो जन्म १४ फेब्रुअरी १९५२ हो । म आठ दिनले दिदी भएको हैसियतले ओलीभाइलाई शुभकामना दिन्छु । भारत–नेपाल मैत्री सम्बन्ध थप सुदृढ होस् भन्ने पनि शुभकामना दिन्छु ।’ मुखर्जीको फोन, मोदीको बुकी प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बुकी फूल पठाएर जन्मदिनको शुभकामना दिएका छन् । सोमबार बिहान मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र आयुष राज्यमन्त्री श्रीपादले ताजमान सिंह होटेलमै पुगेर ओलीलाई शुभकामना दिएका थिए । डोभालले मोदीका तर्फबाट हार्दिक शुभकामना सुनाए । ओलीले पनि मोदीजीलाई धन्यवाद सुनाइदिनु भनेका थिए । ओलीलाई बिहानै राष्ट्रपति प्रणव मुखर्जीले फोनबाट शुभकामना दिएका थिए । प्रधानमन्त्री ओली आज गुजरात हुँदै मुम्बई जाने प्रधानमन्त्री केपी ओलीको दिल्ली बसाइ र राजनीतिक भेटवार्ता सकिएको छ । भारत सरकारले उपलब्ध गराउने विशेष विमानबाट प्रतिनिधिमण्डलसहित ओली मंगलबार गुजरातको भुज हुँदै साँझ मुम्बई पुग्नेछन् । उनी बुधबार साँझ काठमाडौं फर्किनेछन् । गुजरातको भुज भूकम्पपछि पुनर्निर्माण गरिएको ठाउँ हो । ओलीले ८ फागुनमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक र त्यही दिन राष्ट्रपति प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारीलगायतसँग भेटवार्ता गरेका थिए । राहुल गान्धी, यचुरी र यादवसाग भेट ओलीसँग सोमबार साँझ भारतीय राष्ट्रिय कंग्रेसका उपाध्यक्ष राहुल गान्धीले राष्ट्रपति भवनमा ‘वान टु वान’ भेट गरे । ओलीसँग भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी र जनता दल युनाइटेडका अध्यक्ष शरद यादवले पनि भेटेका छन् । ‘यी सबै भेटवार्ता वान टु वान थिए, के–के कुराकानी भयो, थाहा छैन,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending