Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

प्लेन दुर्घटनामा बाँचेको परिवारको मन छुने बयान

\"plane–crash\"नेपालगन्ज । ‘श्रीमान्, म र छोरो थियौं । पहिला त प्लेन राम्रैसँग उडिरहेको थियो तर एक्कासि एकदमै हल्लियो । प्लेनमा रहेका हामी सबै यात्रु डरायौं । प्लेनभित्र कोही रुन थाले, कोही कराउन थाले तर हामी भने बाँच्छौं कि भनेर बाहिर हामफाल्न खोज्यौं । जमिनमा प्लेन ठोक्किनै लागेपछि हामीले त हामफालेछौं तर त्यसपछि केके भयो, केही थाहा छैन ।ु दुर्घटनाग्रस्त एयर काष्ठमण्डपको विमानबाट हामफालेर ज्यान बचाएकी जुम्ला चन्दनाथ ६ की २७ वर्षीया जगदम्बा गिरीले कोहलपुर मेडिकल कलेजको शय्याबाट भनिन्, ‘हामफाल्दा बाँचिएला कि भनेर हामफाल्यौं तर छोरो खै रुु तत्काल चिकित्सकले छोरा प्रनिललाई उनी सुतेकै शय्यामा ल्याइदिएपछि जगदम्बाले केहीबेर दूध चुसाइन् । उनका पति मेघराज पनि उपचारकै क्रममा रहेको चिकित्सकले बताएपछि जगदम्बाले लामो सास तानिन् । हामहाल्ने क्रममा जगदम्बाको खुट्टामा चोट लागेको छ भने छोरा प्रनिलको टाउकोमा चोट लागेको छ । परिवारका तीनैजनाको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताए । दुर्घटनामा परी बाँचेका नुवाकोट थानसिङ ३ का धु्रव भण्डारीले विमान उडेको १०–१५ मिनेटपछि भित्र चुइगम पड्काएजस्तो आवाज आएको बताए । उनले भने, ‘प्लेन १२स्२० मा उड्योजस्तो लाग्छ । मोबाइल अफ गरेकाले ठ्याक्कै समय थाहा पाइएन । पहिला त प्लेन राम्रैसँग उडिरहेको थियो । एक्कासि चुइगम पड्काएजस्तो आवाज आयो । पहिलोपटक पड्कँदा केही लागेको थिएन । फेरि पडयो । चारपटकसम्म लगातार पड्किएपछि हामी सबैको सातो गयो । जहाज घरि यता हल्लन्छ, घरि उता । पूरै फाइटर प्लेनजस्तै गर्‌यो । त्यति बेलासम्म पनि पाइलटले पर्खनुहोस्, केही हुन्न भन्दै थिए । हामी तपाईंहरूलाई केही हुन दिन्नौं भने । त्यसपछि प्लेन त के भयोभयो, हामीले थाहा नै पाएनौं ।ु भण्डारीले चालकको साहसकै कारण विमानका यात्रु बाँचेको बताए । उनका अनुसार विमान भुइँमा जोत्तिन लाग्दासम्म पनि पाइलट र कोपाइलट दुवैजनाले यात्रुलाई नआत्तिन आग्रह गर्दै बचाउने बताइरहेका थिए । भण्डारी सामान्य घाइते भएका छन् । अन्नपूर्ण पाेषटबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE