Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

देउवा समूहको टिम यस्तो छ

\"Sher-Bahadur-Deuba\"काठमाडौं । कांग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवा समूहले सभापतिसहित पदाधिकारीको टिम उम्मेदवारी सोमबार घोषणा गर्ने भएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ–संस्थापन पक्षले भने आइतबार बेलुकासम्म आफ्नो तर्फको टिमको टुंगो लगाउने बताएको छ। टुंगो लाग्न सके संस्थापन पक्ष पनि सोमबार नै टिम घोषणा गर्ने तयारीमा छ। आइतबारको केन्द्रीय समितिको बैठक सम्पन्न भएपछि देउवा नेतृत्वको टिम घोषणा हुन लागेको हो। देउवा पक्षका नेता विमलेन्द्र निधिले आईतबार केन्द्रीय समितिको बैठक रहेकाले सोमबार सभापतिसहित पदाधिकारीको टिम घोषणा गरिन लागेको बताए। देउवा समूहले महामन्त्रीमा अर्जुननरसिंह केसीलाई अघि बढाउने भएको छ।  कोषाध्यक्षमा चित्रलेखा यादव, पुष्पा भूषाल या लक्ष्मण घिमिरेमध्येबाट उम्मेदवार तय गरिन लागेको स्रोतले बतायो। मधेसी र महिला प्रतिनिधित्व हुने भएकाले यादवलाई कोषाध्यक्षमा राख्नुपर्ने जोड देउवा पक्षीय अधिकांश सदस्यको छ। केन्द्रीय सदस्य खुमबहादुर खडकाले भूषाललाई कोषाध्यक्षको उम्मेदवार बनाउन दबाव दिएका छन्। घिमिरेलाई कोषाध्यक्ष बनाउनु पर्ने पक्षमा कुलवहादुर गुरुङ र गोविन्दराज जोशीको समूह छ। जोशीलगायतका समूहले घिमिरेलाई कोषाध्यक्ष बनाएमा पार्टीभित्रको विभाजन मेट्न समेत सहज हुने बताउँदै आएको छ । संस्थापनभित्र सभापतिका आकांक्षीहरुबीच आइतबार सांझ निर्णायक छलफल गरेर अघि बढ्ने तय भएको महामन्त्री कृष्णप्रसाद सिटौलाले बताए। ‘रामचन्द्रजी लगायत सभापतिका आकांक्षीहरुबची आइतबार निर्णायक कुराकानी हुनेछ ।’ उनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending