Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

एकतामा भाँजो नहाल्न वैद्यमाथि बादलको चेतावनी

\"mohan-baidhya-and-badal\"काठमाडौ । नेकपा क्रान्तिकारी माओवादीका नेताकार्यकर्ताले पार्टी एकताको लागि अवरोध नपुर्‍याउन अध्यक्ष मोहन बैद्यलाई दबाब दिएका छन्  । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–पार्टी एकतामा अवरोध पुग्ने प्रकृतिको दस्तावेज नलेख्न पनि उनीहरुले अध्यक्ष वैद्यसँग आग्रह गरेका छन् । वैद्यले लेखेको दस्तावेजले पार्टी एकतालाई सहयोग नगर्ने भन्दै महासचिव रामबहादुर थापाले तर्क गरेपछि वैद्यको दस्तावेज छलफलकान लागि आगाडि बढ्न नसकेको एक नेताले बताए । ती नेताका अनुसार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संघर्षको जुनसुकै रुप अवलम्बन गरी जनवादी क्रान्तिलाई पूर्णता दिंदै समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न सकिने लिखित जवाफलाई सकारात्मक मानेका वैद्यले त्यसको व्याख्या गर्ने क्रममा पार्टी एकतामा अवरोध पुर्याएको ठहर थापाले गरेका हुन् । माओवादी घटक दलहरुबीचको एकतामा अवरोध पुग्ने किसिमकका कुनै पनि गतिविधि गर्न नहुने पक्षमा उभिएका महासचिव थापाले वैद्यलाई एकता पक्षमा उभिएर दस्तावेज तयार पार्न सुझाव दिएका छन् । पार्टी एकताकै विषयमा छलफल गर्न चैत्र १२ गते केन्द्रीय समितिको बैठक बोलाएको केन्द्रीय सदस्य रामदीप आर्चायले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टी एकताका विषयमा तलदेखि माथिसम्मको मनोविज्ञानबारे छलफल हुने छ  । उनले भने, अब बस्ने केन्द्रीय समिति बैठकले पार्टी एकताको निर्णय गर्ने छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE