Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

ल्हारक्यालको नागरिकता नै किर्ते

\"lyarkel\"काठमाडौं । विभिन्न अभियोग लागेका विवादास्पद छविका एमाओवादीका सांसद ल्हारक्याल लामा अन्ततः प्रहरी हिरासतमा पुगेका छन् । केही वर्षअगाडि झलनाथ खनालको मन्त्रिपरिषद्मा अर्थ राज्यमन्त्री भएका ल्हारक्याल नागरिकता किर्ते, ठगी, अवैध यार्सागुम्बादेखि हातहतियारको कारोबारमा समेत संलग्न रहेको पछिल्लो समय विकसित घटनाक्रमले देखाएको थियो । आजको आर्थिक दैनिकमा खबर छ– आपराधिक कार्यमा संलग्न हुँदाहुँदै पनि विभिन्न शक्तिकेन्द्रको आडमा कारबाहीबाट जोगिँदै आएका उनीमाथि पछिल्लो केही महिनादेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको थियो । अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगको अनुसन्धानको दायरामा तानिएका उनको नाममा नेपाल इन्भेष्टमेन्ट बैंकको प्रधान कार्यालय दरबारमार्गमा रहेको १÷सी ४११ नम्बरको लकर आइतबार खानतलासी गर्ने क्रममा लकरभित्र १४ थान गोली भेटिएपछि उनी प्रहरीको फन्दामा परेका हुन् । अनुसन्धानको लागि केही महिनादेखि आयोगको निर्देशनबमोजिम रोक्का गरिएको उक्त लकरमा रहेको सुनचाँदी तथा अन्य बहुमूल्य सम्पत्तिको छानबिनको लागि आइतबार बैंक पुगेको आयोगको टोलीले ल्हारक्यालको रोहबरमा लकर खोलेर चेकजाँच गर्दा १४ थान अवैध गोली भेटिएको थियो । लकरमा गोली भेटिएपछि अख्तियारबाट खटिएको प्रहरी टोलीले ल्हारक्याललाई नियन्त्रणमा लिएर बैंक नजिकै रहेको महानगरीय प्रहरी वृत्त दरबारमार्गलाई खबर ग¥यो । खबर पाएलगत्तै दरबारमार्ग प्रहरी वृत्तका डीएसपी कृष्णबहादुर पल्ली मगर नेतृत्वको प्रहरी टोली बैंकमा पुगेर बरामदी मुचुल्का तयार गरी १४ राउण्ड गोलीसहित सांसद् ल्हारक्याललाई जिम्मा लिएर आवश्यक कारबाहीको लागि तत्काल महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको थियो । दरबारमार्ग प्रहरीले टेकु पु¥याएलगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंले मुद्दा शाखा प्रमुख डीएसपी दिनेश आचार्य नेतृत्वमा ल्हारक्याललाई हातहतियार तथा खरखजना मुद्दामा थप अनुसन्धानको लागि म्याद थप गर्न आइतबारै बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस ग¥यो । म्याद थपको लागि पेस गरिएका सांसद् ल्हारक्याललाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले प्रहरीलाइ पाँच दिनको म्याद दिएका छन् । प्रारम्भिक अनुसन्धानको क्रममा लकरबाट बरामद भएको गोली चाइनिज पेस्तोलमा लाग्ने अनुमान प्रहरीका छ । १४ राउण्ड गोली भेटिएपछि ल्हारक्यालसँग पेस्तोल समेत हुनसक्ने आशंकामा काठमाडौं प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । सांसद् ल्हारक्यालको पक्राउ बारे काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले भने, ‘लकरबाट बरामद भएको गोलीले पेस्तोल पनि हुनसक्ने आशंकामा हामीले अनुसन्धानलाई तीव्रता दिएका छौँ, विस्तृत जानकारी अनुसन्धानपछि थाहा हुनेछ ।’ गोली बरामद भए पनि उक्त गोली लाग्ने पेस्तोल प्रहरीले फेला पार्न सकेको छेन । एसएसपी थापाका अनुसार काठमाडौं प्रहरीले सांसद् ल्हारक्यालको पक्राउ सम्बन्धमा सभामुख ओनसरी घर्तीमगरलाई आइतबार लिखित जानकारी गराइसकेको छ । पक्राउ परेसँगै उनी सांसद् पदबाट समेत निलम्बित भइसकेका छन् । ‘हामीले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर न्यायिक निकायको आदेशबमोजिम हिरासतमा राखेर अनुसन्धान सुरु गरेका छौँ’, एसएसपी थापाले भने । \"larkel\"उसो त पटक–पटक विवादमा आइरहने विवादास्पद छविका ल्हारक्याल र पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको अवैध यार्सागुम्बा कारोबार सम्बन्धमा आर्थिक दैनिकले केही महिनाअगाडि सप्रमाण समाचार प्रकाशित गरेको थियो । उक्त समाचारमा ल्हारक्याल र पूर्व–अर्थमन्त्री पाण्डेले यार्सागुम्बाको कारोबार गर्ने भन्दै एकीकृत माओवादीका केही कार्यकर्तासँग २० करोडको सम्झौता गरेर १५ लाख रुपैयाँको ‘बाउन्स’ चेक दिलाएको घटना सार्वजनिक भएको थियो । करिब तीन वर्षअगाडि पूर्व–अर्थमन्त्री पाण्डेले ल्हारक्याललाई साक्षी राखेर एमाओवादीको भ्रातृ संगठन वाईसीएलको मगरात राज्य समिति इञ्चार्ज समेत रहेका ‘मार्सल’ उपनामले चिनिने रुकुमका जितमान पुनको समूहसँग यार्सागुम्बा कारोबारको लागि २० करोडको सम्झौता गरेका थिए । उक्त सम्झौतामा पुनको समूहले रुकुमको माथिल्लो भेग, जुम्ला, डोल्पा, हुम्ला, मुगु, बझाङ र दार्चुलाबाट करिब एक क्विन्टल यार्सागुम्बा संकलन गरेर पूर्व–अर्थमन्त्री पाण्डेलाई उपलब्ध गराउने र उक्त यार्सागुम्बा चीनतर्फ पठाउने जिम्मा पूर्व–अर्थराज्यमन्त्री ल्हारक्याल लामाले गर्ने उल्लेख गर्दै पाण्डे र लामाको संयुक्त लगानीमा गर्ने र सुरुमा एक किलो नमूनाका रुपमा उपलब्ध गराउने तथा सम्पूर्ण सम्झौताको २० करोड रुपैयाँमध्ये पेस्कीस्वरुप दिनुपर्ने १५ लाख रुपैयाँ भुक्तानीको लागि सभासद् लामा अध्यक्ष रहेको सिद्धार्थ फाउन्डेसनको नाममा नेपाल इन्भेष्टमेन्ट बैंक प्रधान कार्यालयमा रहेको खाता नम्बर ००१०५०१०१५८५५८को बाउन्स चेक थमाइदिएका थिए, जुन बाउन्स चेकको प्रतिलिपि र लामा–पाण्डेबीच भएको टेलिफोन संवादको अडियो रेकर्ड समेत आर्थिक दैनिकसँग सुरक्षित छ । त्यसो त झलनाथ खनालको मन्त्रीमण्डलमा एमालेको तर्फबाट अर्थराज्यमन्त्री भएका ल्हारक्याल दोहोरो नागरिकता र राहदानी विवादमा तानिएपछि राजीनामा दिन बाध्य भएका थिए । नेपालको मन्त्री भए पनि भारतको नागरिक भनी भारतीय पासपोर्ट र तिब्बतको नागरिक भनी भारतबाटै तिब्बती शरणार्थी कार्ड लिएको फेला परेपछि उनले राज्यमन्त्रीबाट राजीनामा दिनुपरेको थियो । अर्थराज्यमन्त्रीबाट निकालिएपछि केही वर्ष तटस्थ बसेका उनी दोस्रो संविधानसभा निर्वाचनको केही दिनअघि मात्र एमाओवादी अध्यक्ष प्रचण्डको हातबाट टीका लगाएर एमाओवादीमा प्रवेश गरेका हुन् । करिब डेढ वर्षअगाडि एमाओवादीले विवादास्पद छविका उनलाई ‘सभासद्’ नियुक्ति गरेको थियो । सर्वोच्च अदालतले शम्भु पासवान हजारीको संविधानसभा सदस्य खारेज गरेपछि बनेको रिक्त स्थानमा एमाओवादीले ल्हारक्याललाई नियुक्त गरेको थियो । उनको असली नाम डा. खेन्पो छिमे छिरिङ भए पनि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट डा. ल्हारक्याल लामाको नामबाट नागरिकता लिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE