Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

देउवालाई प्रधानमन्त्री बनाउन ओली सरकारविरुद्ध अनौठो गठबन्धन

\"DEUBA\"काठमाडौं । कांग्रेसभित्र अनौठो  एकता र गठबन्धनमा सहभागी  पार्टीहरुबीच विवाद सुरु भएपछि सत्ताको खेल नयाँ ढंगले अगाडि बढ्ने देखिएको छ । आजको साँघु साप्ताहिककमा खबर छ–कांग्रेसमा कोइराला ब्रदर्शले संसदीय दलको नेता बनाउने मात्र होइन, प्रधानमन्त्री बनाउने वचन दिएको बुभिन्छ ।  महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइरालाले देउवालाई प्रधानमन्त्री बन्न सघाएर पार्टीको कमाण्ड अघोषित रुपमा हातमा लिने र सरकारमाथि पनि नियन्त्रण गर्ने रणनीति बनाएका छन् । उनीहरुको यो रणनीतिसँगै प्रधानमन्त्री बन्न आतुर  पार्टी सभापति शेरबहादुर देवाको स्थिति सुदृढ भएको छ । यतिले मात्र देउवा प्रधानमन्त्री बन्नेवाला छैनन, उनलाई छिमेकी मित्रराष्ट्र भारतको दह्रो आशिर्वाद भएको जगजाहेर छ । दक्षिणको आशिर्वाद पनि देउवालाई प्रधानमन्त्री बनाउन पर्याप्त हुने छैन । यसका लागि चाहिन्छ सत्ता गठबन्धनभित्र झगडा । र, देउवाका लागि खुशीको खबर छ गठबन्धनभित्र झगडा सुरु भएको छ । भारत जानु अघि र चीनबाट फर्कनासाथ केपी ओलीलाई राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले धम्की दिंदै भने, ‘मेरो चिठीको निर्णय के भयो ?काम गर्नुहुन्छ की हुन्न ?सरकारबाट फिर्ता हुनुपर्यो ?’ चदले दिएको चिठी  मन्त्री नियुक्त गर्ने विषयको हो । पार्टी अध्यक्ष बनेका चन्दले आफ्ना छोरा सांसद जयन्त चन्दलाई मन्त्री बनाउन ओलीलाई औपचारिक चिठी पटकपटक लेखेका थिए । उनले त्यस्तो चिठी दुईतीनवटा पठाइसकिएको बुझिन्छ । चन्दका चिठी ओलीले रद्दीको टोकरीमा हालिदिने गरेको आरोप चन्दको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE