Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

इतिहासको सबैभन्दा ठूलो मिडिया अनुसन्धान, कर छलीमा चिनियाँ र रुसी राष्ट्रपति, ट्याक्स हेभनमा नेपालका सात लगानीकर्ता

\"Panama-papers\"काठमाडौं । व्यापारी मात्र होइन, विश्वका शक्तिशाली नेताहरूले समेत कर छली गर्न र अवैध सम्पत्ति लुकाउन ट्याक्स हेभन (करमुक्त क्षेत्र) मा कम्पनी खोल्ने गरेको खुलासा भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–मध्य अमेरिकी देश पानामामा दर्ता भएको विश्वकै ठूलोमध्येको एक ल फर्म मोस्याक फोन्सेकाबाट चुहिएका अति गोप्य दस्ताबेजबाट यो तथ्य खुलेको हो । यो ल फर्मबाट सेवा लिएका विश्वका दुई लाख कम्पनीसँग सम्बन्धित कागजपत्र सार्वजनिक भएका छन् । यसरी ट्याक्स हेभनमा पैसा लग्नेमा १२ देशका वर्तमान तथा भूतपूर्व राष्ट्रप्रमुखको नाम पनि सार्वजनिक भएको छ । त्यस्तै, राष्ट्रप्रमुख तथा चर्चित नेतासाग सम्बन्धित १४३ जना व्यक्तिले ट्याक्स हेभनमा लगानी गरेको कागजात नै सार्वजनिक भएका छन् । खोज पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (आइसिआइजे)ले ७६ देशका १०९ समाचार संस्थासँग मिलेर गरेको अनुसन्धानबाट यस्तो तथ्य बाहिर आएको हो । के हो ट्याक्स हेभन ? संसारमा विदेशी नागरिक वा कम्पनीलाई उच्च कर छुट दिने अथवा कर नै नलिने देशहरू पनि छन् । ती देशलाई ‘ट्याक्स हेभन’ भनिन्छ । विश्वका चर्चित ट्याक्स हेभनमा ब्रिटिस भर्जिन आइल्यान्ड, बहमास, पानामा, मरिसस, सेसेल्सलगायतका देश छन् । त्यस्ता देशमा लगानीकर्ताको कारोबार तथा आम्दानीसम्बन्धी सूचना गोप्य राखिन्छ । त्यस्ता देशमा विदेशी नागरिकले खासगरी कर छुटका लागि कम्पनी खोल्ने गर्छन्, जसलाई अफसोर कम्पनी भनिन्छ । यस्तो सुविधा लिनु र कम्पनी खोल्नु आफैमा अपराध मानिंदैन । पानामा पेपर्स काण्डमा उल्लेख गरिएअनुसार अधिकांश व्यक्तिले यस्तै अफसोर कम्पनी खोलेका थिए । तर, उनीहरूले आफ्नो देशमा कमाएको ‘ब्ल्याक मनी’लाई ‘ह्वाइट’ बनाउन ट्याक्स हेभनमा लगेको पुष्टि गर्ने कागजातका कारण यो विषय यति ठूलो समाचार बनेको छ । पानामाको ल फर्म मोस्याक फोन्सेकाले कानुनी सेवा दिएका अधिकांश कम्पनी ब्रिटिस भर्जिन आइल्यान्डका हुन् । अमेरिकी डलर चल्ने ब्रिटिस भर्जिन आइल्यान्डको राष्ट्रिय उद्यम नै यस्तै कम्पनी हुन् । यो देशको जनसंख्या २८ हजार छ । एप्पल, माइक्रोसफ्ट र गुगलजस्ता विश्वका ठूला कम्पनीले पनि कर छल्न आम्दानी रकम ट्याक्स हेभनमा पठाउने गरेको आरोप लाग्दै आएको छ । यसरी भयो अनुसन्धान १ करोड १५ लाख कागजपत्र पानामाको ल फर्म मोस्याक फोन्सेकासाग रहेका एक करोड १५ लाख दस्ताबेज अज्ञात व्यक्तिले जर्मन पत्रिकालाई पठायो । सो पत्रिकाले यी कागजपत्र खोजपत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल आइसिआइजेलाई ‘सेयर’ गर्‍यो । ७६ देशका १०९ सञ्चारगृह वासिङ्टनमा प्रधान कार्यालय रहेको आइसिआइजेले बिबिसी र द गार्जियनलगायत विश्वका ७६ देशका १०९ सञ्चारगृहसागको सहकार्यमा अनुसन्धान अगाडि बढायो । यो अनुसन्धानमा छिमेकी भारतको दैनिक इन्डियन एक्सप्रेस पनि आबद्ध थियो । ४० वर्षका कागजात, ३७० पत्रकार १९७७ देखि २०१५ सम्मका यी कागजपत्रमाथि विश्वका ३७० पत्रकारले अनुसन्धान गरे र पहिलो सूचना आइतबार सार्वजनिक भयो । मिडियाको इतिहासमा एउटै विषयमा संगठित रूपमा यति ठूलो अनुसन्धान अहिलेसम्म भएको थिएन । को–को मुछिए ? ट्याक्स हेभनमा कम्पनी दर्ता गर्ने तथा मुद्रा प्रवाह गर्नेमा सबैभन्दा आश्चर्यजनक नाम चिनियाा राष्ट्रपति सी जिनपिङको मानिएको छ । उनले पोलिटब्युरोका शक्तिशाली नेता बो सिलाईलाई भ्रष्टाचारको आरोपमा जेल पठाएर प्रशंसा कमाएका जिनपिङले आफ्नो साला देङ जियागुईको नाममा पैसा लुकाएको आरोप छ । राष्ट्रपति मात्र होइन, चिनियाा कम्युनिस्ट पार्टीका वरिष्ठ पोलिटब्युरो सदस्यले पनि ट्याक्स हेभनमा अफसोर कम्पनी सञ्चालन गरेको कागजपत्र भेटिएका छन् । अर्को आश्चर्य रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति पेट्रो पेरोसेन्को नाममा छ । पुटिनको उन्मादी राष्ट्रवाद र पेरोसेन्को देशभक्तिको लडाइाले सन् २०१५ भरि विश्व तताएको थियो । तर, जनता लडाउने दुवैले पैसा भने एकै ठाउामा राखेका रहेछन् । रसियाली राष्ट्रपति पुटिनले आफ्ना सबैभन्दा नजिकका साथी रोल्डुगिनका नाममा रुसी बैंकबाट पैसा अफसोरमा पठाएको रिपोर्टमा उल्लेख छ । यसैगरी, बार्सिलोनाका अर्जेन्टाइन स्टार फुटबलर लियोनल मेसीले पनि कर छल्न ट्याक्स हेभन प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । ट्याक्स छलीको विषयमा उनीविरुद्ध यसअघि नै स्पेनको अदालतमा मुद्दा चलिरहेको छ । आइसल्यान्डका प्रधानमन्त्री सिग्मुन्दर डेभिड गनलग्सन, पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ, साउदी अरेबियाका राजा सलमानलगायत पनि यो आरोपमा मुछिएका छन् । बलिउड अभिनेता अमिताभ बच्चन र अमिताभकी बुहारी नायिका ऐश्वर्या रायले समेत ट्याक्स हेभनमा लगानी गरेको भेटिएको छ । भारतबाट ५ सयजनाले ट्याक्स हेभनमा पैसा लगेका छन् । भारतीय विदेशमन्त्री अरुण जेट्लीले विदेशमा कालो धन लुकाएका जोकोही पनि कारबाहीमा पर्ने घोषणा गरेका छन् । नेपालबाट कसकसको हुनसक्छ लगानी ? ब्रिटिस भर्जिन आइल्यान्डबाट नेपालको एक सिमेन्ट कम्पनीको नाममा ‘ऋण’ भनेर आएको साढे तीन अर्ब रुपैयाा राष्ट्र बैंकले रोकिरहेको छ । जोधा इन्भेस्टमेन्ट कम्पनीले नेपालको मुक्ति श्री सिमेन्ट उद्योगको नाममा रकम पठाएको थियो । राष्ट्र बैंकले यो विषयमा अन्तिम निर्णय गरेको छैन । त्यस्तै, ब्रिटिस भर्जिन आइल्यान्ड र नेपालमा एउटै नाममा दर्ता भएको नेपाल भेन्चर्स कम्पनीले ल्याटिन अमेरिकी देशहरूमा पूर्वाधार निर्माणको काम गर्दछ । ब्रिटिस भर्जिन आइल्यान्डमा दर्ता भएको नेपाल भेन्चर्स कम्पनीका मालिक मार्टिन बेलाउन्द लोसियो र पेरुका राष्ट्रपति ओलान्ता हुमालाको निकट सम्बन्धबारे पेरुका मिडियाले लगातार लेख्दै आएका छन् । नेपाल भेन्चर्स पेरुमा काम गरिरहेको अन्तर्राष्ट्रिय ठूलो कम्पनी मानिन्छ । यता, नेपालमा दर्ता भएको नेपाल भेन्चर्सका लगानीकर्ता एमाले नेता रघुवीर महासेठ हुन् । जसको युनाइटेड टेलिकम (युटिएल)मा लगानी छ । ट्याक्स हेभनमा कसको पैसा गएको छ भन्ने खुल्न बााकी रहे पनि उताबाट लगानी भने नेपालमा बढिरहेको छ । चीन र भारतपछि सबैभन्दा बढी लगानी प्रतिबद्धता यस्तै देशबाट आएको छ । सात नेपाली लगानीकर्ताले फोन्सेकाबाट कानुनी सहायता लिएको प्रारम्भिक जानकारी आए पनि लगानीकर्ताको नाम भने अझै खुलेको छैन । प्रारम्भिक रूपमा सीमित कागजपत्र मात्र सार्वजनिक गरेको आइसिआइजेले क्रमशस् थप कागजात सार्वजनिक गर्ने जनाएको छ । तर, राष्ट्र बैंंकलाई जानकारी छैन आइसिआइजेले खुलासा गरेको प्रतिवेदनमा सातजना नेपालीले समेत ट्याक्स हेभनमा सम्पत्ति लगेको खुलासा गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE