Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

यसरी भएको थियो पृथ्वीनारायण शाहको मृत्यु

\"prithibiनेपाली समाजको इतिहासमा पृथ्वीनारायण शाह एक विशिष्ट पात्र हुन् । उनको बारेमा विभिन्न टिका टिप्पणी पाइन्छ । उनलाई राष्ट्रनिमार्ता मान्ने की नमान्ने भन्ने विषयमा राष्ट्रिय लेभलमै बहस हुने गरेको पाइन्छ । उनको बारेमा विभिन्न कोणबाट बहस भए जस्तै उनको मृत्युको बारेमा पनि आजसम्म किटानका साथ इतिहासबिद्हरुले भन्न सकेका छैनन् । उनको बारेमा कतिपय तथ्यका बारेमा आम नेपालीका सामु गुमनाम नै रहेका छन् । वि.सं. १८३१ माघ १ गते उनको मुत्यु भएको भनिएपनि आजसम्म इतिहासकारहरू उनको बारेमा एकमत हुन सकेका छैनन् । उपत्यका विजयपछि उनी पश्चिम विजय अभियान थाल्नुअघि विश्रामका लागि काठमाडौंबाट नुवाकोट पुगेका थिए भनिन्छ । नुवाकोटमै रहँदा उनको सामान्य ज्वरोका कारण मृत्यु भएको भनी इतिहासकार बाबुराम आचार्यले आफ्नो पुस्तक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीमा उल्लेख गरेका छन् । ज्वरोले सिकिस्त भएपछि पृथ्वीनारायण शाहलाई राजवैद्यहरूबाट उपचार सम्भव नभएपछि तादी र त्रिशूली नदीको दोभानस्थित देवीघाटमा लागिएको थियो । त्यहीँ ९ दिनपछि बिहान ७ बजे उनको मृत्यु भएको उक्त पुस्तकमा उल्लेख छ । उनको बारेमा यता भारतीय लेखक विराजद्वारा लिखित तथा आत्माराम एन्ड सन्सद्वारा सन् २०१० मा प्रकाशित गरेको ‘नेपालेश्वर’ शीर्षकको उपन्यासमा पृथ्वीनारायण शाहको मृत्यु बाघको आक्रमणबाट भएको उल्लेख गरिएको छ । पुस्तकका अनुसार पृथ्वीनारायण शाह सिकार खेल्न पोख्त थिए । उनी बाघका लागि अन्य जनावर मारेर पासो थाप्थे भने बाघ सिकार खान आएको मौका पारी तरबारले सोझैं आक्रमण गर्थे । उक्त पुस्तकका अनुसार आफ्नो मृत्युअघि पनि उनी आफ्नो सिकारी दलबलसहित त्रिशूली किनारतिर गएका थिए । सम्पूर्ण तयारीपछि उनको दलबलले बाघलाई पासोमा पारेको थियो । बाघलाई वरिपरिबाट अन्य सिकारीहरूले घेरा हालिसकेपछि पृथ्वीनारायण शाहले बाघमाथि तरबारले आक्रमण गरे, तर आफूतिर अघि बढिरहेका पृथ्वीनारायण शाहमाथि उक्त बाघले अचानक झम्टेर उनको गर्धन नै समात्यो । त्यसपछि पृथ्वीनारायण शाहलाई बचाउन उनका सहयोगीहरूले उक्त बाघमाथि आक्रमण गरेका थिए । बाघ भागेपछि पृथ्वीनारायण शाहलाई घाइते अवस्थामै शिविरमा ल्याइएको थियो, जहाँ राजवैद्यले उनको उपचार गरेका थिए । बाघले पृथ्वीनारायण शाहलाई दिएको चोट यति गहिरो थियो कि उनको उपचार सम्भव हुन सकेन । आफ्नो अन्तिम अवस्था बुझिसकेका पृथ्वीनारायण शाहले आफूलाई देवीघाट पुर्‍याउने आग्रह गरे । जहाँ पुग्दा नपुग्दै उनको मृत्यु भयो । अब प्रश्न उठ्छ, नेपालेश्वरमा उल्लेख भएको घटना कति सत्य हो ? यो विषयमा अहिलेसम्म कुनै पनि नेपाली इतिहासकारले कुनै टिप्पणी सार्वजनिक गरेका छैनन् । यो विषयलाई अनुसन्धानको विषयका रूपमा पनि स्वीकार नगरिनु नेपाली इतिहासको एउटा उदेकलाग्दो पाटो मान्न सकिन्छ । तर पृथ्वीनाराय शाहको मृत्यु भएको क्षेत्रमा भने उनको स्वभावविक मृत्यु नभई हत्या गरिएको भन्ने अपुष्ट भनाई त्यहाँका मानिसहरुको रहेको छ । आजसम्म उनको मृत्यु कसरी भएको थियो भन्ने इतिहास खुल्न सकेको भने छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy