Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

संयुक्त वक्तव्यबाट पन्छियो इयु, इयुका नेपाल प्रतिनिधि नै आश्चर्यमा

\"eu\"काठमाडौं । युरोपेली संघ (ईयू) र भारतले नेपालको संविधानबारे प्रतिकूल टिप्पणी गरेपछि नेपालमा देखापरेको आक्रोशकै बीच ईयूले वक्तव्यमा संविधानबारेको आफ्नो धारणा प्रतिबिम्बित नभएको स्पष्ट पारेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–नेपालस्थित ईयू राजदूत रेन्स्जे तिरिन्कले मंगलबार उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापालाई सिंहदरबारमा भेट गरी ब्रसेल्समा युरोपेली संघ र भारतको संयुक्त वक्तव्यमा नेपालको संविधानबारे जे भनिए पनि युरोपेली संघले नेपालको संविधानलाई स्वागत गरिसकेको र उसको मान्यतामा परिवर्तन नआएको बताइन् । नेपालमा रहेको जर्मन पार्लियामेन्ट बुन्डेसट्यागको टोलीले पनि संविधानजस्तो आन्तरिक मामिलामा टिप्पणी गरेर युरोपेली संघ र भारतले गल्ती गरेको अडान सार्वजनिक गरेको छ । राजदूत तिरिन्कले नेपालमा संविधान जारी भएकोमा ईयूले विगतमा स्वागत गरेको र अहिले पनि ईयूको सोही ‘पोजिसनु कायम रहेको बताएकी हुन् । ‘नेपालको नयाँ संविधानबारे ईयूको धारणामा कुनै बदलाव आएको छैन । ईयू—भारत संयुक्त वक्तव्यमा नेपालको संविधानबारे कसरी त्यसखालको भाषा पर्न गयो, म पनि आश्चर्यमा छुु, राजदूत तिरिन्कले भेटमा भनेकी थिइन् । ईयू—भारत शिखर सम्मेलनपछि ब्रसेल्समा जारी संयुक्त वक्तव्यको १७ औं बुँदामा संविधानमा मिल्न बाँकी मुद्दा समयसीमा तोकेर हल गर्न नेपाललाई सुझाव दिइएको थियो । शिखर सम्मेलनमा नेपालको संविधानबारे समेत छलफल भएको थियो । ईयू–भारतको सुझावप्रति गम्भीर आपत्ति जनाउँदै सरकारले त्यसलाई नेपालको आन्तरिक राजनीतिक मामिला र सार्वभौमिकतामा हस्तक्षेपका रूपमा लिएको थियो । यसबारे प्रस्टीकरण दिन राजदूत तिरिन्क आफैं समय मागेर मन्त्री थापालाई भेट्न मंगलबार परराष्ट्र मन्त्रालय पुगेकी थिइन् । मन्त्री थापाले संविधानमा देखिएका समस्या समाधान गर्ने काम नेपालको आन्तरिक राजनीतिक विषय भएकाले त्यसबारे भारत र ईयूले संयुक्त वक्तव्यमा समेट्नु आपत्तिजनक भएको बताएका थिए । ‘एसिया र युरोपेली मुलुकका संविधानभन्दा हाम्रो नेपालको संविधान कुनै पनि किसिमले कमजोर छैन । संविधानमा देखिएका केही विवादका विषय पहिलो संशोधनमै समेटिइसकेका छन् । यसमा भारत, ईयू वा अन्य कुनै विदेशी मुलुकले वक्तव्य निकालेर हामीलाई सुझाव दिइरहन आवश्यक छैनु, मन्त्री थापाले भने । राजदूत तिरिन्क निकै ‘डिफेन्सिभु मुडमा मन्त्री थापासमक्ष प्रस्तुत भएकी थिइन् । मन्त्री थापाले आफ्नै नेतृत्वमा रहेको उच्चस्तरीय राजनीतिक समितिले आन्दोलनरत मधेसी दलका मुद्दालाई गम्भीरताका साथ हेरिरहेका बखत अन्तर्राष्ट्रिय समुदायका तर्फबाट वस्तुपरक विश्लेषण आउनुपर्ने धारणा राखेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE