Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

एमाओवादीमा जनसंख्याको आधारमा प्रतिनिधित्व गराउन कार्यविधि

\"prachanda-intकाठमाडौं । एमाओवादीले पार्टी संगठनको माथिल्लो निकायदेखि नै जनसंख्याको अधारमा प्रतिनिधित्व सुनिश्चित गराउन कार्यविधि बनउन थालेको छ । ७ चैतमा सम्पन्न केन्द्रीय समितीको बैठकको निर्णयका आधारमा एमाओवादीले त्यस्तो कार्यविधि बनाउन थालेको हो । अाजको नयाँ पत्रिका दैनिकमा खबर छ –‘ अध्यक्ष पुष्प कमल दाहान प्रचण्डले त्यसको पुष्टि गर्दै कार्यविधि निर्माणको गृहकार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘महिला , जनजाती , दलित , मुस्लिमको जनसंख्याका आधारमा संगठनमा प्रतिनिधित्व गराइने गरि पार्टी केन्द्रीय समितीले निर्णय लिइसकेको छ ,’ प्रचण्डले बुधबार अनेमसंघ क्रान्तिकारीको छैटौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै भने , ‘त्यस्तो कार्यविधि निर्माण गर्न कार्यद बनेको छ , कार्यदलले आफ्नो प्रतिवेदन अन्तिम चरणमा पुर्याईसकेको छ । ’ कार्यविधि निर्माणका लागि पार्टी स्थायी समितिले सचिव वर्षामान पुनको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । एमाओवादी अध्यक्ष प्रचण्डले एक फरक प्रसंगमा अब जनयुद्धको ब्याज खाने अधिकार पार्टीभित्र कसैलाई नभएको बताए । अब माओवादी पाटीभित्र फुट सह्य नहुने भन्दै उनले पाटीभित्र पुर्वसमुहको नाममा ब्याज खाने अधिकार कसैलाई नभएको उल्लेख गरे । ‘ जनयुद्धको ब्याजको कुरा गर्ने हो भने जनयुद्धमा रहेका वैद्य र डाक्टर यो पार्टीमा हुनुहुन्न , डाक्टर साब अरुको उपचार गर्नुपर्नेमा आफ्नै उपचार गराईरहनु भएको छ , उहाँहरु पार्टीलाई फुटाउँदै जानुभयो । बरु जनआन्दोलनबाट आएकाले साथ दिइरहेका छन् । , त्यसकारण अब जनयुद्धको ब्याज खानेगरि कसैले घमण्ड नगरे हुन्छ , त्यस्तो ब्याज खाने छुट अव पार्टीमा कसैलाई छैन, ’प्रचण्डले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE