Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

इन्धन चाहिएजति आउँछ तर किन सहजै पाइँदैन ?

\"oil-Tanker\"काठमाडौं । भारतको नाकाबन्दी खुलेको दुई महिना बितिसकेको छ । अहिले खपतअनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन आयात पनि भएको छ । तर, बजारमा हवाई इन्धनबाहेक अन्य पेट्रोलियम पदार्थको सहज आपूर्ति छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–तुलनात्मक रूपमा पेट्रोल र मट्टीतेल आपूर्ति सहज भए पनि डिजेल र ग्यासको हाहाकार छ । निगम प्रवक्ता मुकुन्द घिमिरेले मुलुकभर मागअनुसार दैनिक पेट्रोल १२ लाख लिटर, डिजेल ३१ देखि ३२ लाख लिटर र हवाई इन्धन ६ लाख लिटर वितरण भइरहेको जानकारी दिए । ‘अहिले इन्धन आयातमा कुनै समस्या छैन,’ घिमिरेले भने, ‘तर, डिजेल अभाव छ । पेट्रोल र हवाई इन्धनमा समस्या छैन ।’ इन्धन आपूर्ति सहज बनाउन गृह मन्त्रालयमा आइतबार भएको बैठकले उद्योग, होटेल, रेस्टुरेन्टलगायतले बढी मौज्दात राख्दा डिजेल अभाव भएको निष्कर्ष निकालेको छ । ‘व्यावसायिक उपभोक्ताले फेरि पनि अभाव हुने आशंकामा चाहिनेभन्दा धेरै डिजेल मौज्दात राखेकाले अभाव भएको हाम्रो निष्कर्ष छ,’ घिमिरेले भने । उपत्यकामा सामान्य अवस्थामा डिजेल चार लाख ५० हजार लिटर खपत हुन्छ । तर, अहिले दैनिक ६ लाख लिटर वितरण भइरहेको घिमिरेको दाबी छ । आपूर्ति व्यवस्थापनमा कमजोरी स् पूर्वसचिव नाकाबन्दी खुलेपछि पनि पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनमा मन्त्रालयको कमजोरी भएको पूर्ववाणिज्य तथा आपूर्तिसचिव पुरुषोत्तम सुवेदी बताउँछन् । नाकाबन्दी खुलेपछि इन्धन लोडिङ बढाउन आपूर्तिमन्त्री गणेशमान पुनले भारतीय समकक्षीसँग संवाद गरेर पहल गर्न नसकेको उनको भनाइ छ । ‘नाका खुलेपछि इन्धन लोडिङ बढाउन आपूर्तिमन्त्रीले भारतीय समकक्षीसँग संवादका माध्यमबाट पहल गरेको देखिनुपर्ने हो,’ उनले भने, ‘तर, त्यसो हुन सकेन । आपूर्ति व्यवस्थापन गर्ने सवालमा मन्त्रालयको कमजोरी देखिन्छ ।’ तस्करको हातमा १६ अर्ब, उपभोक्तालाई नोक्सान असोजदेखि माघसम्म नाकाबन्दी हुँदा इन्धन तस्करी गर्नेले करिब १६ अर्ब रुपैयाँ कमाएको अनौपचारिक आँकडा छ । निगमले सामान्य अवस्थामा मासिक नौ अर्ब रुपैयाँको इन्धन कारोबार गर्दै आएकोमा नाकाबन्दीभर प्रतिमहिना औसत पाँच अर्ब रुपैयाँको मात्रै कारोबार गरेको थियो । बाँकी रहेको चार अर्बमध्ये ८० प्रतिशत कालोबजारीबाट भित्रिएको आँकडा छ । चार अर्बको ८० प्रतिशत तीन अर्ब २० करोड हुन आउँछ । यो हिसाबले पाँच महिनामा तस्करले करिब १६ अर्ब रुपैयाँको इन्धन कारोबार गरेका छन् । निगम र सरकारलाई नोक्सान आयल निगमले सामान्य अवस्थामा मासिक दुई अर्ब रुपैयाँ सरकारलाई राजस्व बुझाउने गरेको छ । तर, नाकाबन्दीमा कम आपूर्ति भएकाले मुस्किलले करिब ५०–६० करोड रुपैयाँ मात्रै राजस्व बुझाएको निगम प्रवक्ता मुकुन्द घिमिरेले बताए । मासिक डेढ अर्ब रुपैयाँ नाफा कमाइरहेको निगमले नाकाबन्दीमा करिब ५० करोड रुपैयाँ मात्रै नाफा कमाएको उनको भनाइ छ । चीनबाट इन्धन ल्याउने हल्ला मात्रै भारतीय नाकाबन्दीपछि चीनबाट ३३ प्रतिशत इन्धन ल्याउने गरी आयल निगम र चिनियाँ नेसनल पेट्रोलियम कर्पोरेसनबीच ११ कात्तिकमा समझदारीपत्रमा हस्ताक्षर भयो । त्यसयता तीनवटा नेपाली टोली इन्धन ल्याउने विषयमा छलफल गर्ने भन्दै चीन गए । ७ चैतमा प्रधानमन्त्री केपी ओली चीन भ्रमण जाँदा इन्धन खरिद सम्झौता हुने हल्ला गरियो । तर, सम्झौता गरिएन । सर्वसाधारणले चीनबाट इन्धन आउने सपना मारिसकेका छन्, तर आपूर्तिमन्त्री पुन अझै पनि चीनबाट इन्धन ल्याउने सपना बाँडिरहेका छन् । भूकम्पदेखि ग्यास कम आयात गत १२ वैशाखको भूकम्पदेखि खपतअनुसार ग्यास आएको छैन । भूकम्प आउनासाथ ग्यासका बुलेट चालक नेपालमा खतरा रहेको भन्दै आउन मानेका थिएनन् । ‘भूकम्पपछि नियमित रूपमा ग्यास बोकेका ट्यांकर आएनन्, सबै ट्यांकर र चालक भारतीय हुन्,’ ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने । नाकाबन्दी खुलेपछि फागुनमा मासिक खपतको हाराहारीमा ग्यास आएको छ । मासिक २९ हजार टन ग्यास खपत हुने गरेकोमा फागुनमा २१ हजार ६ सय ८५ टन आएको निगमले जनाएको छ । यो आयातले सबै उपभोक्तालाई एकसरो वितरण गर्न पुग्नुपर्ने हो, तर अझै चरम अभाव छ । उद्योगीले सर्वसाधारणलाई कम र उद्योग, होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसलाई महँगो मूल्यमा बढी ग्यास दिएकाले अभाव नहटेको विक्रेताको दाबी छ । निगमले चैत अन्तिमसम्म २८ हजार टन आयात गर्ने लक्ष्य लिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE