Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

कैदीलाई जेलको सट्टा समाजसेवामा

\"Kaidi\"काठमाडौं । सामान्य किसिमको अपराधमा परेका व्यक्तिले जेल नै बस्न नपर्ने भएको छ । कारागार व्यवस्था विभागको प्रस्तावअनुसार सामाजिक तथा विकास निर्माणका काम गरेर उनीहरूले कैद भुक्तान गर्न सक्नेछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–असल चालचलन भएका कैदीलाई परिवारको रोहवरमा सामुदायिक सेवामा लगाउन खोजिएको हो । तीन वर्षभन्दा कम सजाय हुने अपराधमा पक्राउ परेकाहरूलाई सामाजिक तथा विकास निर्माणको काममा लगाउने प्रस्ताव कारागार व्यवस्था विभागले गरेको छ । कारागार ऐन र नियमावलीमै भएको प्रावधान कार्यान्वयन गर्न छलफल अघि बढाएको विभागका प्रवक्ता वेदप्रसाद खरेलले बताए । कारागार नियमावली २०२० को परिच्छेद २ aको १६९क०मा कैदी–बन्दीलाई सामुदायिक कार्यमा लगाउन सकिने प्रावधान छ । सोही प्रावधान लागू गर्न विभागले अग्रसरता लिएको खरेलको भनाइ छ । उनका अनुसार गृह मन्त्रालय तथा केन्द्रीय न्याय क्षेत्र समन्वय समितिमा यसबारे छलफल भइसकेको छ । खुला कारागार निर्माणमा ढिलाइ असल चालचलन भएका कैदीहरूलाई रोजगारीमा लगाउने र परिवारसँगै बस्न दिने अवधारणासहितको खुला कारागार निर्माणको काम सुस्त भएको छ । तीन वर्ष अवधिमा सरकारले तारबार लगाएर सुरक्षाकर्मी बस्ने पोस्टबाहेक अरू केही बनाउन सकेको छैन । बाँकेको गहनापुरमा तीन वर्षअघि नै जग्गा तय गरी खुला कारागार निर्माण प्रक्रिया अघि बढाइएको थियो । तर, अहिलेसम्म एउटा पनि भवन निर्माण हुन सकेको छैन । बाहिर उद्योगहरूमा दिउँसो काम गर्ने र बेलुका आएर सोही खुला कारागारभित्र परिवारसँग बस्ने अवधारणासहित सरकारले खुला कारागार निर्माण प्रक्रिया अघि बढाएको थियो । तीन वर्षभन्दा धेरै कैद सजाय सुनाइएका, एकतिहाइ कैद भुक्तान गरिसकेका र असल चालचलन भएका कैदी खुला कारागारमा बस्न पाउँछन् । जेलबाट निस्किएपछि कैदीलाई स्वरोजगारमा लगाएर सुधार्ने तथा उनीहरूको पारिवारिक जीवन राम्रो बनाउने उद्देश्यले खुला कारागारको अवधारणा लागू गर्न लागिएको हो । जेलबाट छुटेपछि धेरैजना फेरि अपराधमै फर्कने गरेका छन् । उनीहरूलाई जेलमै हुँदा रोजगारमा लगाउन सकेमा पछि सुध्रने र शान्तिसुरक्षामा पनि सहयोग पुग्ने प्रहरी अधिकारीहरू बताउँछन् । तर, गृह मन्त्रालय तथा कारागार व्यवस्था विभागले प्राथमिकतामा नराख्दा खुला कारागार निर्माणमा ढिलाइ भएको हो । कैदी सुध्रने विश्वास संयन्त्र बनाएर कार्यान्वायन गरे समाजले फाइदा लिन सक्ने र कैदी–बन्दी पनि सुध्रने कारागार व्यवस्था विभागका अधिकारीहरूको विश्वास छ । ‘जसरी अहिले १६ वर्षभन्दा कम उमेरका व्यक्तिलाई अदालतबाट सुधार केन्द्रमा पठाउने आदेश हुन्छ, त्यसैगरी तीन वर्षभन्दा कम सजाय हुने मुद्दामा अभियुक्तलाई न्यायाधीश वा सिडिओले सामुदायिक सेवामा लगाउने भनेर कैदीपुर्जी दिन सक्नेछन्,’ खरेलले भने, ‘उनीहरूलाई कस्ता काममा लगाउने र कसरी निगरानी गर्ने भन्नेबारे कार्यविधि र संयन्त्र बनाउनु आवश्यक हुन्छ ।’ सर्तअनुसार काम नगरे जेल फिर्ता सर्तअनुसार काम नगरेमा सामुदायिक काममा लगाइएका कैदी–बन्दीलाई फेरि जेलमा नै राख्ने गरी नयाँ व्यवस्था लागू गर्ने पक्षमा आफूहरू रहेको प्रवक्ता खरेलले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE