Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

फेरि होला त मधेस आन्दोलन ?

\"madhes\"काठमाडौं । नाकाबन्दी र आमहडतालका आन्दोलनका कार्यक्रम फिर्ता लिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुनः आन्दोलनको तयारी गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–२५ माघमा आन्दोलन फिर्ता लिएको मोर्चा र तीन दलबीच वार्ता हुन सकेको छैन । दुई महिना बित्दा पनि आन्दोलन टुंग्याउने गरी वार्ता नभएपछि मोर्चा वैशाखदेखि आन्दोलनको तयारीमा लागेको हो । मोर्चाले २८ फागुनमा प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षणपत्र बुझाएर आफ्ना माग चैत मसान्तभित्र पूरा गर्न अल्टिमेटम दिएको छ । प्रदेशको सीमांकन परिवर्तन, अंगीकृत नागरिकता हुनेलाई पनि समान अधिकार दिनुपर्नेलगायतका ११ बुँदे माग राखेको छ । ९ माघमा तीन दलले संविधान संशोधन गरी मोर्चाका दुईवटा माग पूरा गरेपछि मोर्चाको आन्दोलन शिथिल बनेको थियो । अझै पूर्ण भएन राजनीतिक समिति ६ फागुनमा सरकारले मोर्चाको माग सम्बोधन गर्न भन्दै प्रदेशको सीमांकन विवाद टुंगो लगाउन उच्चस्तरीय राजनीतिक समिति गठन गरेको थियो । तीन महिनाको कार्यकाल तोकिएको सो समिति ११ सदस्यीय हुने भनिए पनि समितिलाई पूर्णता दिनेबारे सरकारले मोर्चासँग एकपटक पनि छलफल गरेको छैन । डेढ महिना बित्दा पनि काम नभएपछि समितिको भविष्यमाथि प्रश्न उठेको छ । शक्ति सुदृढ बनाउदै मोर्चा के छ सरकारी तयारी ? सरकारबाट अहिलेसम्म मोर्चाको मागलाई सम्बोधन गर्नेगरी ठोस प्रयास भएको छैन । तर, मधेस आन्दोलनका क्रममा घाइते भएकालाई राहत उपलब्ध गराउने तथा केही मुद्दा फिर्ता लिने प्रक्रिया भने अगाडि बढेको छ । ‘आन्दोलन नै गर्नुहुन्छ भनेर सबै कुरा एकैचोटि गर्न सकिँदैन, तर उहाँहरूसँग वार्तामा भएका छलफलका आधारमा मागहरू सम्बोधन गर्ने प्रक्रिया अगाडि बढेको छ,’ कानुनमन्त्री अग्नि खरेलले भने । उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिएर काम अगाडि बढाउनेबारे पनि सरकारले खासै सोचेको छैन । चैत मसान्तभित्र सरकार मोर्चाका सबै माग पूरा गर्नसक्ने अवस्थामा छैन । त्यसो त मोर्चा पनि विगतजस्तो नाकाबन्दी र आमहडतालमा उत्रिन सक्ने अवस्था नरहेको नेताहरूले नै स्वीकार गरेका छन् । यस्तो छ मोर्चाको तयारी सरकारलाई मोर्चाले दिएको अल्टिमेटम चैत मसान्तमा सकिँदै छ । २५ माघमा नाकाबन्दी फिर्ता लिएपछि मोर्चा आन्दोलनभन्दा सांगठनिक सुदृढीकरणतिर लागेको छ । अब वैशाख पहिलो साताबाट आन्दोलन सुरु गर्ने मोर्चाले जनाएको छ । आन्दोलनको प्रकृतिबारे  टुंगो लागेको छैन । मोर्चाले ६ वैशाखमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा नागरिक समाजका अगुवासँग अन्तक्र्रिया गर्दै छ । त्यसपछि तराईका जिल्लामा गोष्ठी र सेमिनार गर्ने मोर्चाको तयारी छ । यसपटक आमहडताल र नाकाबन्दीको तहमा नपुग्ने मनसाय मोर्चाका नेताहरूले देखाएका छन् । गोष्ठी र सेमिनारपछि रिले अनशनबारे पनि छलफल भइरहेको मोर्चाले जनाएको छ । ‘जनतालाई कम दु:ख हुने, तर राज्यलाई झुकाउने गरी आन्दोलनका कार्यक्रम तय गर्नेबारे छलफल भइरहेको छ,’ सद्भावना पार्टीका महामन्त्री मनीष सुमनले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE