Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

रक्सीले मातेका कटवालले प्रधानमन्त्रीसँग गरेको चर्तिकला यस्तो छ

\"Rukmangad-Katwal-2-400\"काठमाडौं । पूर्व प्रधान सेनापति रुक्मांगद कटवालले पद थमौतिबारे त्यतिखेरको सरकारसँग गरेको अनेत प्रयत्न र दबाबलाई उनीपछि प्रधान सेनापति भएका छत्रमानसिंह गुरुङले आफ्नो प्रकाशोन्मुख पुस्तक ‘जनताको छोरो’ मार्फत खुलासा गरेका छन् । शनिबार कान्तिपुर कोशेलीमा उनै कटवालले छत्रमान प्रधान सेनापति भएपछि डाकिएको  बैठकमा रक्सि पिएपछि प्रधानमन्त्री नेपालसँग गरेको लफडाको एक अंश छापिएको थियो । प्रधानमन्त्री नेपालसँगको भेटबारे पुस्तकमा छत्रमानले उल्लेख गरेका छन : सरकारले महारथी रूक्मांगद कटवाल साउन २४ गतेदेखि अवकाश पहिलाको एक महिनाको घरबिदा बस्ने र मैले त्यही दिनदेखि कायममुकायम प्रधानसेनापतिको कार्यभार बुझ्ने निर्णय गरिसकेको भनेर मिडियामा आइसकेको थियो । तर, मलाई औपचारिक रुपमा केही भनिएको थिएन । त्यसको भोलिपल्ट प्रधानसेनापति कटवालले मलाई भन्नुभयो, ‘जाउँ हिँड, म प्रधानमन्त्रीसँग भेट गराइदिन्छु ।’ हामी सिंहदरबारतिर लाग्यौँ । प्रधानमन्त्री (माधवकुमार नेपाल) सँगको भेटमा कटवालले मलाई औँल्याउँदै भन्नुभयो, ‘म, उस् छत्रमानलाई प्रधानसेनापति बनाउँदैछु ।’ प्रधानमन्त्रीले फिस्स हाँस्दै भन्नुभयो, ‘प्रधानसेनापति सरकारले बनाउने हो, तपाईंले हैन ।’ कटवाल सच्चिनुभयो, ‘हैन हैन, प्रधानसेनापतिको लागि सिफारिस गर्छु भनेको ।’ प्रधानमन्त्रीले भन्नुभयो, ‘हो, त्यसो भन्नुस् न ।’ केही समयपछि हामी जंगी अड्डातर्फै फक्र्यौं । कटवाललाई आखिर सरकार वा अन्य कसैबाट सहयोग भएन । उहाँको केही लागेन । केही दिनपछि साउन २४ गतेदेखि उहाँ घरबिदा बस्ने र मैले त्यही दिनदेखि कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने सरकारी निर्णयको पत्र आयो । तर, उहाँले मलाई कार्यभार साउन २५ गतेको अपराह्न ५ बजेमात्र बुझाउनुभयो । शशि भवनमा भएकाे डिनरमा कटवालले गरेकाे बबन्डरबारे छत्रमानले उल्लेख गरेका छन् : पूर्वप्रधानसेनापतिहरुसँग चिनाजानी, वर्तमान परिस्थितिबारे कुराकानी तथा जानकारी लिन प्रधानमन्त्री माधवकुमार नेपालले इच्छा गर्नुभयो । मैले २०६६ चैत १९ गते साँझ ७ बजेको लागि कार्यक्रम मिलाएँ । प्रधानमन्त्री नेपालले चिसो पेयपदार्थ र अरुले ड्रिङ्क्स लिनुभयो । पूर्वप्रधानसेनापति महारथी रूक्माङ्गद कटवालचाहिँ निकै ढिलो, करीब पौने एक घण्टापछि आउनुभयो । उहाँ प्रधानमन्त्री नेपालनजिकै बस्नुभयो । उहाँहरु दुई जनाबीच निकै बेर कुरा भइरह्यो । कटवालको स्वरचाहिँ चर्को हुँदै गयो । प्रधानमन्त्री नेपाल भने बिस्तारै शिष्ट तरिकाले नै बोलिराख्नुभयो । पछि कटवालको बोली यति चर्को हुँदै गयो, सबै पूर्वप्रधानसेनापतिहरुले चुपचाप त्यतै हेर्न थाल्नुभयो । कटवालले चर्को स्वरमा भन्दै हुनुहुन्थ्यो, ‘गट्स (आँट) चाहिन्छ, गट्स चाहिन्छ ।’ प्रधानमन्त्री नेपालचाहिँ नरम र शिष्ट भाषामा बोल्दै हुनुहुन्थ्यो, ‘संविधान, ऐनले मिल्दै नमिल्ने काम कसरी गर्न सकिन्छ ?’ अनि कटवालले त्यही टोनमा भन्नुभयो, ‘त्यति नभए पनि तीन महीनामात्र भए पनि मेरो म्याद थपिदिएको भए म गरेर देखाइदिन्थेँ ।’ वातावरण असहज हुँदै गइराखेको थियो । सबै वाल्ल पर्‍यौँ । प्रधानमन्त्री नेपालले नमज्जा मान्नुभयो । त्यसैले हिँडी पनि हाल्नुभयो । तल गाडी चढ्ने ठाउँसम्म म र कमला पुर्‍याउन गयौँ । मैले माफ मागेँ । यसभन्दा पहिला कटवालले म्याद थपेर आफैँ प्रधानसेनापति भइरहन खोजेका विभिन्न कुरा मैले अरुका मुखबाट सुन्दै आएको थिएँ । उहाँ आफैँले भनेको चाहिँ यसअघि सुनेको थिइनँ । कटवाल आफैँले भन्नुभयो, प्रधानमन्त्री र पूर्वसेनापतिहरुकै सामुन्ने । सैनिक ऐनले प्रधानसेनापतिको कार्यकाल तीन वर्ष वा ६१ वर्ष उमेरको हद तोकेको छ । त्यही अनुसार उहाँले तीन वर्ष पूरा खानुभयो । तीन वर्षमा नगरेको कुनचाहिँ काम ‘तीन महीनामा गरेरै देखाइदिन्छु’ भन्नुभएको थियो, बुझिएन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE