Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

संसदीय समितिमै जाँदैनन् शीर्ष नेता

\"sambidhansava\"काठमाडौं ।व्यवस्थापिका–संसद्का महत्त्वपूर्ण समितिको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू अनुपस्थित हुने गरेको पाइएको छ । आजको नयाँ पत्रिका दैनिकाम खबर छ– कांग्रेस, एमाले, एमाओवादीदेखि अन्य दलका प्रमुख नेताहरू पनि समिति बैठकमा नजाने गरेको संसद् सचिवालय स्रोतले जनाएको छ । शीर्ष नेताहरू संसदीय समिति बैठकमा लगातार अनुपस्थित भइरहँदा समितिका बैठक प्रभावित बन्न पुगेका छन् । संसद् कानुन निर्माण गर्ने निकाय हो । सुशासन समितिले ध्यानाकर्षण गरायो संसद्का ११ वटा विषयगत समितिमध्ये प्रमुख दलका अधिकांश शीर्ष नेता सुशासन तथा अनुगमन समितिमा छन् । उनीहरू समितिको एउटै बैठकमा समेत उपस्थित नभएपछि सुशासन समितिले ध्यानाकर्षण गराउने भएको छ । सोमबार बसेको समिति बैठकले लगातार अनुपस्थित रहँदै आएका शीर्षसहितका अन्य नेतालाई ध्यानाकर्षण गराउने निर्णय नै गरेको समिति सभापति मोहनसिंह राठौरले जानकारी दिए । ‘प्रमुख दलका शीर्ष नेताहरू समितिका सदस्य छन्, तर बैठकमै आउँदैनन्,’ राठौरले नयाँ पत्रिकासँग भने, ‘बैठकमा नआउने समितिका सदस्यलाई सचेत गराउने निर्णय भएको छ ।’ सातपटकमा एकचोटि पनि आएनन् सुशासन समितिमा राठौर सभापति चुनिएपछि सातपटक बैठक बसिसकेको छ । तर, ती बैठकमा समितिमा रहेका शीर्ष नेता सहभागी भएनन् । तीनपटकसम्म विनासूचना समितिका सदस्य अनुपस्थित भएमा संसद्को कार्यसञ्चालन नियमावली नै प्रभावित हुने नियमावलीमा उल्लेख छ । तर, शीर्ष नेताहरूले बैठकमा आफ्नो अनुपस्थितिको कुनै जानकारीसमेत समितिलाई गराएका छैनन् । समितिले उपस्थितिका लागि ध्यानाकर्षण गराए पनि त्यसलाई नेताहरूले अटेर गर्दै आएका छन् । सुशासन समितिले सोमबार गरेको निर्णयजस्तै ध्यानाकर्षणको निर्णय यसअगाडि पनि गरेको थियो । तर, नेताहरूले त्यसको पनि कुनै ‘रेस्पोन्स’ गरेका छैनन् । ५१ सदस्यीय सुशासन समितिको सोमबारको बैठकमा जम्माजम्मी १४ जना सांसद मात्रै उपस्थित थिए । तीमध्ये पनि केही सांसद आफ्नो पालोमा बोलेर हाजिर ठोकेर हिँडेका थिए । अन्य समितिमा पनि त्यस्तै रोग सुशासन समितिमा मात्रै होइन, अन्य समितिमा पनि शीर्ष नेताहरू सहभागी भएका छैनन् । ‘सुशासन समितिमा धेरै नेता रहेका कारण त्यहाँ प्रस्टै देखिएको मात्र हो, अन्य समितिमा पनि अलिक ठूला भनिएका नेताहरूको उपस्थिति एकदमै पातलो नै देखिन्छ,’ संसद् सचिवालय स्रोतले भन्यो । एमालेले सचेत गराए पनि काम लागेन समिति बैठकमा शीर्ष नेता लगातार अनुपस्थित रहेको विषयमा एमाले संसदीय दलको केही समयअघि बसेको बैठकमा उपनेता सुवासचन्द्र नेम्वाङले आफ्ना सांसदको ध्यानाकर्षण गराएका थिए । उनले समिति बैठकका उपस्थितिको रेकर्ड नै उतारेर हेर्न सकिने भन्दै समिति बैठकलाई बेवास्ता नगर्न आफ्ना सांसदलाई सचेत गराएका थिए । तर, पनि एमाले सांसद बैठकमा अनुपस्थित रहँदै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE