Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

हुलदंगा हुने भयले नेपाल र नामिबियाको खेलमा ६ सय सुरक्षाकर्मी

\"TU-Cricket\"काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग (डब्लुसिएल) अन्तर्गत नेपाल र नामिबियाविरुद्ध ४ र ६ वैशाखमा हुने खेलका लागि ६ सयभन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपालमा खेल आयोजनाका लागि सुरक्षा सर्त राखेको थियो । त्यसैले सरकारले खेलका लागि विशेष सुरक्षा टोली खटाउने भएको हो । टियू मैदानमा खटिने प्रहरीलाई तालिम टियू मैदानमा खटिने सुरक्षाकर्मीलाई विशेष तालिमसमेत दिइने भएको छ । ‘हामी प्रतियोगिताका लागि खटिने सुरक्षाकर्मीलाई तालिम दिनेछौँ,’ सिजापतिले भने, ‘उनीहरूलाई मैदानभित्र ‘के गर्नुहुन्छ र के गर्नहुँदैन भन्ने विषयमा सचेत गराउनेछौँ ।’ प्रहरीले दर्शक बस्ने स्थानमा पनि सादा पोसाकका सुरक्षाकर्मी खटाउनेछ । प्रहरीले मैदानपट्टि फर्किएर खेल हेर्न पाउनेछैनन् । यसअघिका खेलमा सुरक्षाकर्मीले मैदानपट्टि फर्किएर बस्दा दर्शकले अभद्र व्यवहार गर्ने गरेका थिए । ११ वटा सिसिटिभी नेपालमा पहिलोपटक सिसिटिभीको निगरानीमा क्रिकेट खेल सञ्चालन हुँदै छ । खेलको सुरक्षा संवेदनशीलतालाई हेरेर टियू मैदानमा ११ वटा सिसिटिभीसमेत जाडान गरिएको छ । ‘टियू मैदानको हरेक स्थानको गतिविधि सिसिटिभीमा निगरानी गरिनेछ,’ एसपी सिजापतिले भने, ‘हामी हरेक पल गतिविधिको विश्लेषण गर्दै सुरक्षा दिनेछौँ ।’ आइसिसीले सिसिटिभीविना खेल सञ्चालन गर्न अस्वीकार गरेपछि टियू मैदानमा पहिलोपटक सिसिटिभी जडान गरिएको हो । आइसिसी सन्तुष्ट आइसिसीका एसिया डेभलपमेन्ट म्यानेजर बन्दुला वार्नापुराले टियू मैदानको सुरक्षा कडा हुनेमा विश्वास गरेका छन् । उनले अहिलेसम्मको तयारी सन्तोषजनक पाइएको बताए । ‘हामीले सुरक्षाको जिम्मेवारी नेपाल सरकारलाई दिएका थियौँ, अहिलेसम्मको तयारी हेर्दा सन्तुष्ट छौँ ।’ उनले मैदानमा सन्तुष्ट भएको जनाए । ‘मैदानको तयारीप्रति पनि सन्तुष्ट छौँ,’ बन्दुलाले भने, ‘तर, यो अन्तर्राष्ट्रिय स्तरको मैदान भने पक्कै होइन ।’ घाटा नेपाललाई बन्दुलाले खेलको सुरक्षा संवेदशनशीलतालाई दर्शकले आफै बुझ्नुपर्ने बताए । ‘यसअघि सन् २०१० मा नेपाल र अमेरिकाविरुद्धको खेलमा ढुंगा हान्दा म पनि यहीँ नै थिएँ, त्यसको सन्देश नराम्रो गएको थियो,’ बन्दुलाले भने, ‘त्यसैले दर्शकले पनि नेपाललाई घाटा हुनुपर्ने बुझ्नुपर्छ ।’ अन्तर्राष्ट्रिय खेलको सम्भावना न्यून बन्दुलाले नेपाली क्रिकेटमा विवाद बढ्दै जाँदा भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने सम्भावना न्यून भएको बताए । ‘क्रिकेटको कारण नै आफू नेतृत्वमा भएको सबैले बुझ्नुपर्छ, ‘आफ्नै कारणले नेपाली क्रिकेट टिकेको भ्रम कसैले पाल्नु हुन्न ।’ बन्दुलाले नेपाली क्रिकेट विवाद अन्त्य गरी घरेलु क्रिकेट प्रतियोगिताको संख्या बढेपछि मात्र आइसिसीले भविष्यमा पनि नेपालमा खेल आयोजना गर्ने संकेत दिए । ६ घेराको सुरक्षा नेपाली क्रिकेट नेतृत्वमा विवाद बढेपछि नेपाल र नामिबियाबीचको खेल आइसिसीको आयोजनामा हुँदै छ । त्यसका लागि आइसिसीले टियू मैदानमा कडा सुरक्षा हुनुपर्ने सर्तलाई पहिलो प्राथमिकतामै राखेको छ । टियु मैदानको सुरक्षा नेपाल प्रहरीले एसपीको कमान्डमै रहनेछ । त्यसक्रममा टियू मैदानलाई ६ घेरामा सुरक्षाकर्मीले सुरक्षा दिनेछन् । त्यसक्रमा मैदानका बाहिरी भागदेखि पेभेलियनसम्म गरी ६ घेरामा नेपाल प्रहरी रहनेछन् । ‘आइसिसीको प्रतियोगिता भएकाले हामीले कडा सुरक्षा व्यवस्थाको तयारी गरेका छौं,’ टियू मैदानमा सोमबार खटिएका एसपी सुदनकुमार सिजापतिले भने, ‘खेलका लागि अन्तर्राष्ट्रिय स्तरको सुरक्षा दिनेछौँ ।’ ३४ जना ग्रुप फोरका सुरक्षाकर्मी नेपाल र नामिबियाको खेलका लागि ३४ जना ग्रुप फोरका सुरक्षाकर्मी पनि परिचालन गरिनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE