Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

ओलीको रोचक र नयाँ टुक्का यस्तो छ

\"oli\"काठमाडौं । शनिबार बिहान एघार बज्न पाँच मिनेट बाँकी छँदा पार्टी मुख्यालय पुगेका एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले यसो ढल्किएर कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठको कुर्सीमा चियाए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–श्रेष्ठ कुर्सीमा थिएनन्। उनले कुर्सी हेरे अनि यसो टाउको हल्लाए। उनी पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न त्यहाँ पुगेका थिए। उनको मुहार अरू दिनको भन्दा जोसिलो र हँसिलो थियो। सायद केन्द्रीय समिति बैठकले गरेका निर्णयबाट उनी प्रफुल्ल थिए। एमालेमा समयको ख्याल गर्ने नेतामा अहिलेसम्म वरिष्ठ नेता माधवकुमार नेपाल मानिन्छन्। त्यसैगरी समयमा नआउने नेताका रूपमा ओली परिचित छन्। यो उनीहरूको बजार ब्रान्ड नै हो। तर शनिबार भने ओलीले आफ्नो ब्रान्डको नयाँ रेकर्ड कायम राखे। उनी निर्धारित समयभन्दा पाँच मिनेट पहिल्यै पार्टी कार्यालय पुगेका थिए। त्यतिबेला कार्यक्रमस्थलमा पत्रकार पुगेका थिएनन्। \'पत्रकारहरूलाई अब कति कुर्ने ?\' ओलीले मञ्चमा सँगै रहेका प्रचार विभाग प्रमुख योगेश भट्टराईसँग सोधे। \'सधैको जस्तो ठानेछन् साथीहरूले\', मुसुमुसु हाँस्दै भट्टराईले जबाफ दिए। त्यस बेलासम्म केही पत्रकार र नेता कार्यक्रमस्थलमा प्रवेश गरिसकेका थिए। करिब आधा घन्टाको कुराइपछि ओलीको टिप्पणी थियो, \'मलाई ढिलो गर्यो भन्छन् तर पत्रकारहरूलाई कुर्दा ढिलो भएको हो नि, यता जति ढिलो भयो अरू कार्यक्रम पनि उति नै पर धकेलिन्छ।\' उनको आनीबानी बुझेका सबैले हाँसेर प्रतिक्रिया जनाए। पत्रकार सम्मेलनको आन्तिममा उनले स्वस्थानी र पुराणका कथा सुनाए। त्यो पनि पार्टीभित्र गुटबन्दी भयो, नेताहरूबीच मारमार भयो भनी पत्रिकामा छापिएका समाचारलाई लिएर। अध्यक्ष ओलीले केन्द्रीय समिति बैठकमा कुनै विवाद नभएको भन्दै वरिष्ठ नेता झलनाथ खनाललाई साक्षी बकाए। खनालले ओलीको हातको माइक आफूतिर तानेर रमाइलो पारामा भने, \'त्यस्तो केही भएको छैन, हाम्रो पार्टीभित्रका संवाददाताहरूको एक ग्रेड घटाइदिनुस्।\' ओलीले पार्टीमा कुनै गुटबन्दी नभएको र गर्न जरुरी नभएको टिप्पणी मात्र गरेनन् एमालेमा कसैले गुटबन्दी गर्दैनगरेको दाबी गरे। उनको भनाइ थियो, \'स्थायी समिति, केन्द्रीय समिति र पोलिटब्युरो छलफलका लागि हो, पुराण होइन, बैठकमा अक्षतापाती लिएर सुन्ने काम मात्र हुँदैन, छलफल हुन्छ अनि निर्णय हुन्छ।\' उनले सार्वजनिक गरिएका निर्णय छलफल भएर नै आएको बताए। \'हाम्रो पार्टीमा छलफल हुन्छ। अध्यक्षले भनेको नमान्ने वा निष्ठा नराख्ने सबै स्वस्थानी कथाका चन्द्रवतीजस्ता होइनन्, जसरी खान आँटेको भात पनि बालुवा बनोस्।\' ओलीले पत्रकारहरूलाई पनि व्यंग्य गरे, \'तपाईंहरूको पत्रिकामा प्रकाशक वा सम्पादकले यसो गर भन्दा त्योअनुसार गर्नुपर्छ होला, एमालेमा त्यस्तो हुँदैन।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE