Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

भारतीय नेताकै सनसनीपूर्ण बयान, मोदीले नेपालमाथि थिचोमिचो गरे

\"mani-shanker\"काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेसका वरिष्ठ नेता मणिशंकर ऐयरले नेपालका विषयमा भारत र इयूको वक्तव्यबाजी गर्नु गलत भएको बताएका छन् । नयाँ पत्रिका दैनिकलाई अन्तर्वार्ता दिंदै ऐयरले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमाथि थिचोमिचोको व्यवहार देखाएको आरोप समेत लगाएका छन् । उनले मोदी सरकारको गलत रवैयाले नेपाललाई चीनतिर धकेलेको टिप्पणी गरेका थिए । नेपालमाथि सरकारले लगाएको नाकाबन्दीको चर्को विरोध गर्दै राज्यसभामा विरोध गरेका थिए । राज्यसभा सांसदको पदावधि हालसालै सकिएपछि ऐयर नयाँदिल्लीको सफ्दरजंग १२ स्थित सरकारी आवास छाडेर निजी निवास जंगपुरा जाने तर्खर गरिरहेका थिए । अन्तर्वार्तामा उनी भन्छन्, ‘अहिलेको मूल कारण नरेन्द्र मोदीजीको विदेश–नीति हो । उनी देखाउन चाहन्छन् कि हामी नेपालमाथि डोमिनेन्ट छौँ । म ठान्दछु कि अर्को सानो मुलुकप्रति यस्तो मनशाय राख्नु गलत हो । नेपाल हामीभन्दा सानो देश हो । उसको समस्यालाई राम्रोसँग बुझेर मित्रता थप सुदृढ बनाउनु आवश्यक छ । हामी हाबी हुने चाहनाले भारतलाई कदापि फाइदा हुँदैन । यो आश्चर्यजनक छ । पहिलो, प्रधानमन्त्री मोदीजी र ओलीजीको बीचमा के–के कुरा भयो, हामीले जान्ने सवाल भएन । जानकारीका लागि सधैँ संयुक्त वक्तव्य आउँथ्यो वा आउनुपथ्र्यो, यसपटक आएन । मतलव कुनै विषयमा सहमति हुने वा नहुने अस्वाभाविक होइन, तर केही न केही त भयो होला नि ? सहमति भएका विषयलाई समेटेर भए पनि एउटा वक्तव्य त आउनु जरुरी थियो । तर, संयुक्त वक्तव्य आएन र एकप्रकारको आशंका फैलियो । दोस्रो, भारत र इयूबीच वक्तव्यबाजी नाजायज र गलत थियो । नेपाल र भारतको आपसी सम्बन्धमा तेस्रो पक्षलाई सामेल गर्नु सर्वथा गलत भयो । आपसी द्विपक्षीय सम्बन्धमा तेस्रो पक्षलाई सामेल गराउनु हाम्रो विदेश–नीतिको सिद्धान्तविपरीत छ । हामी भारतीयहरू यसप्रति खुसी छैनौँ । मोदीजी नेहरुजीको परम्पराका होइनन् । मोदीजीले आफ्नो थिचोमिचो देखाउन यो सब कर्म गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE