Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

चिनियाँ जहाज ‘सेतो हात्ती’

\"plane\"काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसँग रहेका दुई थान चिनियाँ जहाजले जति आम्दानी गर्छन्, तिनलाई उडाउन आम्दानीको तीनगुणा बढी खर्च हुने गरेको खुलेको छ। आजको नागरिक दैनिकमा खबर छ– निगमसँग रहेको ५६ सिट क्षमतायुक्त ‘मोडर्न आर्क’ ९एमए–६०० ले एक वर्ष र १८ सिटे ुवाई १२–ईु जहाजले नौ महिनामा जति आम्दानीको तीन गुणाभन्दा बढी सञ्चालन र्च गराएको तथ्य नागरिकलाई प्राप्त भएको छ। २०७१ पुसबाट २०७२ पुससम्म एक वर्ष उडान गर्दा एमए–६० ले १४ करोड १० लाख ३० हजार ८ सय ११ रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, वाई १२–ईले २०७१ माघबाट २०७२ कात्तिकसम्म नौ महिना उडान गर्दा १ करोड २२ लाख ८८ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो । यही एक वर्षमा एमए–६० उडाउन ४० करोड ५० लाख ९७ हजार २ सय ९३ रुपैयाँ र वाई १२–ई उडाउन ६ करोड ७५ लाख ६३ हजार ९ सय ४७ रुपैयाँ खर्च भएको छ । \'चिनियाँ जहाज उडाउन लागेको अन्य खर्च हिसाब नगरी हवाई इन्धनको खर्च हेर्दा पनि यी जहाज सेतो हात्ती हुन् भन्ने प्रस्ट हुन्छ\' निगमका एक उच्च अधिकारीले मंगलबार दुःखेसो पोखे, \'त्यही भएर चिनियाँ जहाज उडाउँदा पनि नउडाउँदा पनि हामी डुबिरहेका छौं । अब चीनबाट यस्तै थप चार थान जहाज पनि हाम्रै भागमा आउने तयारीमा छ । ती जहाज आउनु निगम ध्वस्त हुनु हो । सरकारले निगमलाई डुबाउने होइन उतार्नुप¥यो ।ु नागरिकलाई उपलब्ध तथ्यांकअनुसार एमए–६० ले एक वर्षमा १४ करोड १० लाख आम्दानी गरेको छ तर यसलाई उडाउन आवश्यक इन्धनमा १३ करोड ६ लाख खर्च भएको छ । त्यस्तै वाई १२–ईले नौ महिनामा १ करोड २२ लाख रुपैयाँ आम्दानी गरे पनि त्यति अवधिमा इन्धनका लागि मात्र १ करोड ४९ लाख खर्च भएको छ । त्यसैगरी, एमए–६० का लागि बिमाबापत १६ करोड ९३ लाख ६८ हजार ३ सय ८४, ल्यान्डिङ र पार्किङमा ६९ लाख ५७ हजार ५ सय ६८, चालकदलको खाना÷खाजा खर्च १ करोड १४ लाख ७२ हजार ४ सय ४५ र अन्य खर्च ८ करोड ६६ लाख ४१ हजार ३ सय ५१ रुपैयाँ खर्च भएको छ । वाई १२–ईका लागि बिमाबापत ४ करोड १९ लाख ७९ हजार ९ सय १२, ल्यान्डिङ र पार्किङमा १० लाख ६४ हजार ७ सय ७५ र चालकदलको खाना/खाजा खर्च ९५ लाख ९२ हजार २ सय ७० रुपैयाँ खर्च भएको छ । चिनियाँ जहाज आएपछि प्रशस्त आम्दानी गर्ने र बजार हिस्सा वृद्धि गर्ने व्यापारिक योजना बनाएको निगमले एक वर्षसम्म एमए–६० उडाएर नाफाको सट्टा उल्टै २६ करोड ४० लाख ६६ हजार ४ सय ८२ रुपैयाँ नोक्सानी बेहोरेको छ । यो दैनिक ७ लाख २३ हजार ४ सय ६९ रुपैयाँ हो । अर्को सानो जहाज वाई१२–ईको हाल झन् दयनीय रहेको छ । यो जहाज नौ महिनासम्म उडाउँदा निगमले ५ करोड ५२ लाख ७६ हजार रुपैयाँ नोक्सान बेहोरेको छ । यो भनेको दैनिक नोक्सानी २० लाख ४ हजार ७ सय २५ रुपैयाँ हो । \'आम्दानी र खर्चको हिसाब निकालेपछि दुइटै चिनियाँ जहाज व्यावसायिक रूपमा उपयुक्त नभएको निष्कर्ष व्यवस्थापनको थियो,\' सम्बद्ध अधिकारीले भने, \'त्यसपछि २०७२ फागुन १७ मा बसेको निगम सञ्चालक समितिको बैठकले पाँच सर्त पूरा भएमात्र व्यावसायिक सम्झौताअनुसार चिनियाँ जहाज सञ्चालन गर्न सकिने निर्णय गरेको थियो ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE