Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

नेपाली झन्डासहितका जहाज चीनमा अलपत्र

\"plane\"काठमाडौं । नेपालले ल्याउन लागेका चारवटा जहाज ६ महिनाअघि नै तयार भए पनि चीनका दुई ठूला फ्याक्ट्रीका मैदानमै अलपत्र छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–एभिक एयरक्राफ्ट कम्पनी लिमिटेड, सियानस्थित मैदानमा एमए ६० जहाज र रुसको सीमानजिकको सहर हार्बिनको एभिक एयरक्राफ्ट इन्डस्ट्री ग्रुप कम्पनीको मैदानमा तीनवटा वाई १२ जहाज राखिएका छन् । चारवटै जहाजमा नेपाली झन्डा राखिएको छ। चिनियाँ अधिकारीका अनुसार यी चार जहाजका लागि नेपालले ६० प्रतिशत रकम अर्थात् २१।०६ मिलियन डलर तिरिसकेको छ।ुसरकारका प्रतिनिधिसहितको पाइलट र प्राविधिक टोलीले गत डिसेम्बरमा नै चीनका दुवै सहरमा पुगेर परीक्षण उडान र प्राविधिक जाँच गरिसकेका छन्ु, कम्पनीका प्रमुख इन्जिनियर सोंग चाँगले भने, ुनेपालले जहाज लैजाने दिन पर्खिरहेका छौं।ु उत्पादक कम्पनीको मैदानमा राखिएका यी चारवटै जहाजमा नेपाल वायुसेवा निगमको रङसमेत लगाएर ठिक्क पारिएको छ। सबै जहाजमा नेपाली कलसाइनसमेत उल्लेख गरेर तयार पारिएको छ । नेपालमा उडानका लागि दर्ता गरेपछिमात्र कलसाइन प्रयोग गर्न पाइन्छ। ९ एन एकेभी, ९ एन एकेयू, ९ एन एकेटी कल साइनका यी जहाज सन् २०१४ मा तत्कालीन सरकारले न्यूनतम ब्याजको चीनकै ऋणमा खरिद गर्ने सम्झौता गरेको थियो।दुई सरकारबीच भएको सम्झौतामा दुईवटा एमए ६० र ४ वटा वाई १२ जहाजमध्ये एउटा एमए ६० र एउटा वाई १२ जहाज उपहारका रूपमा चीन सरकारले दिने र बाँकी ४ जहाज चीनको एक्जिम बैंकले न्यूनतम ब्याज (१.५ प्रतिशत) मा सात वर्षको ग्रेस समय (सावाँ तिर्नु नपर्ने, ब्याजमात्र तिर्ने) दिने उल्लेख छ। जम्मा ६ वटा जहाजमध्ये उपहारका रूपमा पाएका दुईवटा जहाजमात्र नेपालले लिएर उडानमा प्रयोग गरेको छ । यो प्याकेज सम्झौतामा उपहारबाहेकको जहाजका लागि ३५.१ मिलियन अमेरिकी डलर रकम नेपालले तिर्ने सर्त राखिएको छ। ‘हामीले हाम्रातर्फबाट सबै काम सकेर नेपाललाई केही महिनाअघि नै लिन आउने निम्तो दिएका छौं’ एभिक कम्पनी सियानका उपनिर्देशक चांग युलोंगले भने, ‘उडान परीक्षण सफल गरेर टोली नेपाल गएको पनि धेरै भइसक्यो।’ उनले निर्माण भइसकेको जहाज उडानमा प्रयोग गरेर नेपालले धेरैभन्दा धेरै फाइदा लिनुपर्नेमा थन्किएर बस्नु राम्रो नभएको बताए। एभिक हार्बिनका उपाध्यक्ष तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेता गु हाई छेंगले नेपाललाई भविष्यमा पनि सहयोग गर्न तयार रहेको बताए। उनले नेपाललाई दिएका मोडलका चिनियाँ जहाजहरू गुणस्तर मापन गर्ने अमेरिकी संस्था फेडेरल एभिएसन अथोरिटी (एफएए) बाट समेत गुणस्तरयुक्त प्रमाणित भएको बताए। पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले ६० प्रतिशत रकम तिरिसकिएका यी जहाज छिट्टै नेपाल ल्याउनेबारे आफूले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको बताए। चिनियाँ अधिकारीका अनुसार यी जहाजका लागि दुईजना नेपाली चालकलाई प्रशिक्षक पाइलटको तालिमसमेत चीनले दिइसकेको छ भने ८ जनालाई पाइलट तालिम, १६ जनालाई ग्राउन्ड क्रियु तालिम र आठजनालाई फ्लाइट एटेन्डेन्स तालिम दिइएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE