Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

पूर्व राष्ट्रपतिबाट संविधान आउन नदिन सैनिक कूको तयारी भएको प्रधानमन्त्री ओलीको खुलासा

\"Rambaranकाठमाडौं । प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति रामवरण यादवको नाम उच्चारण नगरि संविधान आउन नदिन उनले सैनिक ‘कू’ को षडयन्त्र गरेको’ आरोप लगाएका छन् । अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ–कम्युनिष्ट पार्टीको ६७ औं स्थापना दिवसका अवसरमा एमालेद्धारा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति यादवले संविधान आउन नदिन भूमिका खेलेको आरोप लगाए । ‘संविधान बन्न नदिन कतिसम्मको प्रयास भएको थियो भन्ने कुरा हिजो एकजनाको अभिव्यक्तिबाट थाहा पाइयो,’ ओलीले भने, ‘सकेको भए ‘कू’ गर्नेसम्मका कुराहरु भएका रहेछन् ।’ पूर्वराष्ट्रपति यादवले बिहीबार आयोजित एक कार्यक्रममा आफ्नो ठाउँमा अरु कोही भएको भए राजा महेन्द्रले २०१७ सालमा गरेको जस्तो घटना दोहोरिन सक्ने अवस्था रहेकहो अभिव्यक्ति दिएका थिए । संविधान निर्माण प्रक्रियामा आफूलाई धेरै कुरामा चित्त नबुझेको बताउँदै यादवले पदीय जिम्मेवारीअनुसार मात्र आफूले संविधान जारी गरेको बताएका थिए । पूर्व राष्ट्रपति यादवप्रति असन्तुष्टि जनाउंदै ओलीले एमालेलाई राष्ट्रपति,प्रधानमन्त्री पद नदिन भूमिका खेलेको आरोप लगाए । संविधान बन्नु कति महत्वपूर्ण थियो भन्ने कुरा बुझ्न कार्यकर्तालाई निर्देश गर्दै ओलीले यसको कार्यान्वयनमा सबै पक्ष एक हुनुपर्ने बताए । मधेस केन्द्रित दलहरुसँग वार्ता र सम्वादबाट समस्याको निकास निकाल्न सरकार तयार रहेको प्रधानमन्त्रीले ओलीले बताए । कांग्रेस नेतृत्वको अघिल्लो सरकारमा राजदुत गरौ भन्दो नमानेको ओलीले आरोप लगाए । ‘एमालेलाई केही नदिन त्यतिखेर सहमति तोडियो,’ ओलीले भने, ‘अहिले उनीहरुलाई पिर परेजस्तो छ ।’ एमाले पार्टी बम्पर उपहार नभएको दावी गर्दै ओलीले संविधान कार्यान्वयनका लागि सबै बाम दल एक ठाउँ उभिनुपर्ने पनि बताए । ‘एमाले कुनै बम्पर वा गाई कि त्रिशुल भनेर जन्मिएको पार्टी होइन,’ ओलीले भने । कार्यक्रममा वरिष्ठ नेता माधव नेपालले संविधान कार्यान्वयनका थुप्रै चुनौती देखिएको भन्दै त्यसका लागि पार्टी एक ढिक्का भएर लाग्नुपर्ने बताए । राजनीतिक रुपमा प्राप्त उपलब्धीलाई जोगाउंदै मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाउनेतिर लाग्नुपर्नेमा नेता नेपालले जोड दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE