Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

कांग्रेससँग पनि करोडौं सम्पत्ति तर, पार्टीसँग विवरण नै छैन

\"Nepali-Congress-Office-NC\"काठमाडौं । कांग्रेससँग सात करोड रुपैयाँ बैंक ब्यालेन्स रहेको केन्द्रीय कार्यालय सचिव प्रेम केसीले बताए । क्रियाशील सदस्यताको शुल्क र सांसदबाट यो रकम उठेको उनी बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–कांग्रेसले प्रतिसंसाद पाँच हजार लेबी लिन्छ । कांग्रेसका दुई सय ६ सांसद छन् । पाँच लाख क्रियाशील सदस्यताबाट लिने शुल्क पनि कांग्रेसको आम्दानीको स्रोत हो । नयाँ सदस्यबाट दुई सय र पुरानो नवीकरणबाट सय रुपैयाँ शुल्क कांग्रेसले लिँदै आएको छ । १२औँ महाधिवेशनसम्म तीन लाख १७ हजार सदस्य रहेकोमा यसपटक करिब पाँच लाख क्रियाशील सदस्य पुगेका छन् । कांग्रेस केन्द्रीय कार्यालय ०६३ देखि ललितपुरको सानेपामा रहेको आफ्नै भवनबाट सञ्चालित छ । ६ रोपनी जग्गामध्ये दुई रोपनीमा ४२ कोठाको चारतले भवन छ । ०६१ मा थालिएको भवन निर्माणको काम अझै नसिकएको कार्यालय सचिव प्रेम केसीले जानकारी दिए । काठमाडौंंको रविभवनमा कांग्रेसको नाममा २४ आना जग्गा र दुईतले भवन छ । त्यो जग्गा १५ वर्षअघि चितवनकी पूर्वसांसद मैयादेवी श्रेष्ठले कांग्रेसलाई दान दिएकी थिइन् । सम्पत्तिको तथ्यांक संकलित छैन कांग्रेस केन्द्रीय कार्यालयसँग पार्टीको सम्पत्तिको सबै विवरण छैन । ‘६५ जिल्लामा आफ्नै भवन र आफ्नै जग्गा रहेको हाम्रो अनुमान छ । कुन जिल्लामा कस्तो भवन र कति जग्गा छ भन्ने पूर्ण विवरण संकलन गर्दै छौँ,’ कार्यालय सचिव प्रेम केसीले भने, ‘हामीले पटक–पटक जिल्लालाई घर, कार्यालय, जग्गा कति छ भनेर विवरण पठाउन ताकेता गरे पनि पठाएका छैनन् । अब कडाइसाथ विवरण पठाउन भन्छौँ ।’ कुन जिल्लामा कति सम्पत्ति ? ताप्लेजुङ  सदरमुकाममा तीन रोपनी जग्गा र एकतले निर्माणाधीन भवन पाँचथर : जग्गा छ, भवन छैन इलाम : जग्गा छैन, भाडामा कार्यालय झापा : तीन सय र एक सय मान्छे अटाउनसक्ने हलसहितको तीनतले भवन र जग्गा संखुवासभा  : दुई वर्षअघि ५० लाखमा किनेको भवन तेह्रथुम : पक्की भवन भोजपुर : जग्गा छ, भवन छैन धनकुटा : डेढ सय कार्यकर्ता अट्न सक्नेसहितको तीनतले भवन मोरङ :  विराटनगरमा तीन कट्ठा जग्गामा अढाइतले भवन, २० वर्षअघि नै बनेको कार्यालय भवनमा दुई सयजनासम्म अट्ने हल सुनसरी : इनरुवाको पाँच कट्ठा जग्गामा एकतले भवन सोलुखुम्बु : ०५१ मै निर्माण गरिएको तीनतले भवन खोटाङ : एकतले भवन ओखलढुंगा : नौ आना जग्गा, भवन छैन उदयपुर : सवा कट्ठामा बनेको एकतले घर सप्तरी : एकतले भवन सिरहा :  दुईतले भवन छ, एकतले भवन ०६३ मा सात लाखमा किनेर कांग्रेसले अर्को तला थपेको हो दोलखा : जग्गा छ, भवन छैन रामेछाप : ०५३ मा किनेको साढे दुई रोपनी जग्गा मात्र सिन्धुली :  एकतले पक्की भवन बन्दै छ धनुषा : एकतले भवन महोत्तरी : दुईतले भवन सर्लाही :  दुई कट्ठा जग्गामा बनेको आठकोठे भवन, ०६८ मा ५० लाखमा किनिएको कांग्रेसले जनाएको छ रसुवा :  केही छैन धादिङ : १३ आना जग्गा छ, भवन छैन नुवाकोट : विदुरमा चार रोपनी जग्गामा बनेको दुईतले भवन काठमाडौं : ज्ञानेश्वरमा चारतले भवन भक्तपुर :  अनन्तलिंगेश्वर नगरपालिकामा तीन आना जग्गा, भवन छैन ललितपुर : नख्खिपोटमा आधा रोपनी जग्गामा अढाइतले भवन रहे पनि विवाद छ काभ्रे :  बनेपामा सात आना तीन पैसा जग्गा सिन्धुपाल्चोक : चौतारामा साता आना जग्गा, भवन छैन मकवानपुर : डेढ कट्ठा जग्गामा तीनतले भवन रौतहट : केही छैन बारा : भवन छ । पर्सा :  केही छैन चितवन : पाँचतले भवन, भाडामा दिइएको एक तलाबाट मासिक ३१ हजार आम्दानी गोरखा : चारतले भवन मनाङ : केही छैन लमजुङ : तीन आनामा बनेको भवन कास्की : चिप्लेढुंगामा तीन रोपनी जग्गा, साढे दुई तलाको भवनसँगै १५ वटा सटरबाट मासिक करिब दुई लाख रुपैयाँ भाडा उठ्छ तनहुँ : दमौलीमा १० आना जग्गामा निर्मित भवन, तनहुँ कांग्रेसले साढे १३ लाखमा ०५० मा किनिएको जग्गामा तीन करोड लागतमा भवन बनाएको हो, हाल मासिक ५० हजार रुपैयाँ भाडा आउँछ, थप कोठा भाडामा दिएपछि आगामी दिनमा मासिक एक लाख प्रतिमहिना आम्दानी हुने कांग्रेसले जनाएको छ स्याङ्जा : पुतलीबजार नगरपालिकामा डेढ रोपनी जग्गामा बनेको साढे तीनतले भवन गुल्मी :  सदरमुकाममा दुई रोपनी जग्गा र दुईतले पक्की भवन पाल्पा : तानसेनमा पाँच आना जग्गा र दुईतले भवन अर्घाखाँची : १४ आना जग्गा र दुईतले भवन, भवनमा राखिएको एनसेलको टावरको भाडाबाट मासिक सात हजार रुपैयाँ आम्दानी नवलपरासी : दुईतले पक्की भवन बन्दै छ रूपन्देही : तीनतले भवन कपिलवस्तु : जिल्ला समितिको आफ्नै भवन बन्दै छ, दुई निर्वाचन क्षेत्रमा पनि भवन मुस्ताङ : केही छैन म्याग्दी : बेनीमा पाँच आना जग्गामा दुईतले पक्की भवन निर्माण हुँदै छ बाग्लुङ : प्लटिङ गर्नेले दलहरूलाई दिएको जग्गा छ पर्वत : १४ आना जग्गा र भवन निर्माणाधीन रुकुम : मुसिकोटमा पुरानो भवन, पक्की भवन बनाउने तयारी रोल्पा : जग्गा छ, भवन छैन प्युठान : केही छैन सल्यान : शारदा नगरपालिका–२ मा आठ आना जग्गा र दुईतले पक्की भवन दाङ : एक कट्ठा जग्गामा १० कोठा रहेको दुईतले भवन डोल्पा : केही छैन मुगु : गमगढीमा आठ आनाको घडेरी हुम्ला : दुईतले भवन बन्दै छ कालिकोट : मान्मामा चार आना जग्गा जुम्ला : पक्की भवन जाजरकोट : केही छैन सुर्खेत : एक कट्ठा जग्गामा तीनतले भवन दैलेख : दुईतले भवन बाँके : दुईतले भवन बर्दिया : दुई कट्ठा जग्गामा एकतले भवन बाजुरा : डेढ रोपनी जग्गा अछाम : जग्गा छ, भवन छैन बझाङ : केही छैन डोटी : सदरमुकाममा दुईतले भवन कैलाली : पक्की भवन दार्चुला :  आठ आना जग्गामा तीनतले भवन बैतडी : सात वर्षअघि आठ लाखमा किनिएको भवन डडेल्धुरा : अढाइतले भवन र एक रोपनी जग्गा कञ्चनपुर : तीन रोपनी जमिन र एकतले भवन
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE