Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

बाँदर धपाउनेको मासिक तलब २५ हजार

\"Monkey\"काठमाडौं । बाँदरले दुस्ख दिन थालेपछि केरौँजाका किसानले मकै नभित्र्याउने वेलासम्मका लागि तलब दिएर बाादर धपाउन मान्छे राखेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–केरौँजा–५ र ६ का किसानले मासिक २५ हजारका दरले तलब दिने गरी चारजना हेरालो राखेका हुन्। मकै जोगाउन मान्छे राखिएको केरौँजा–६ रुन्चेतका गोपाल घलेले बताए । ‘भूकम्प गएकाले पोहोर खेती लगाएनौँ । राहतका भरमा एक वर्ष कट्यो । सधैँ त राहत पाइँदैन होला । यसपटक पनि मकै लगाइएन भने के खाने ?’ घलेले भने, ‘यसपालि बारीमा मकै लगाएका छौँ । बाँदरले सखाप बनाउने भएकाले बाली जोगाउन हेरालो राखेका हौँ ।’ जेठदेखि भदौसम्म हेरालो जेठबाट भदौसम्मका लागि हेरालो राखिएको घलेले बताए । बारी टाढा भएको र यो समयमा गाउँमा मान्छे पनि कम हुन भएकाले हेरालो राखिएको उनको भनाइ छ । ‘घरबाट दुई–तीन घन्टा हिँडेर बारीमा जानुपर्छ,’ उनले भने, ‘फेरि यो सिजनमा हामी यार्सा संकलन गर्न जान्छौँ । मकै कुरेर बस्ने मान्छे पनि हुँदैन ।’ यस क्षेत्रका अधिकांश बासिन्दा यार्सा संकलनका लागि मनाङ, मुस्ताङ तथा गोर्खाकै हिमाली क्षेत्रमा जाने गर्छन् । ‘यर्सा संकलन गरेर एकजनाले दुई लाखसम्म कमाउँछ, मकै कुर्नेलाई १५ सय दिँदा हामी आफैँलाई फाइदा हुन्छ,’ घलेले भने । हेरालो राख्ने गाउँ भेलाको निर्णय मकै बाली जोगाउन हेरालो राखिएको यसपालि मात्रै होइन । ‘बाजेको पालादेखि नै हो रातो बाँदरले दुस्ख दिन थालेको,’ घलेले भने, ‘अघिका वर्षमा दुईदेखि चारजनासम्म कुरुवा राख्थ्यौँ ।’ अघिल्ला वर्षमा हेरालोलाई प्रत्येक घरधुरीले एक डोको मकै दिने चलन थियो । तर, यसपालि नगद नै दिएर हेरालो राख्ने गाउँ भेलाको निर्णय छ । दुवै वडाको गाउँ भेलाले बाँदर हेरालोलाई तलब दिन प्रत्येक घरधुरीबाट एक हजार पाँच सय संकलन गर्ने निर्णय गरेको छ । दुई वडामा दुई सय ५० घर धुरी छन् । सबैबाट गरी करिब तीन लाख रुपैयाँ संकलन गर्ने तयारी छ । हेरालुलाई एक डोको मकै दिनु र रकम दिनु उस्तै हुने स्थानीय वसन्त गुरुङले बताए । ‘एक पाथी मकैलाई पनि दुई सय भन्छन्, एक डोकोमा आठ पाथी मकै भइहाल्छ,’ गुरुङले भने, ‘पैसा दिए बाँदर हेर्ने मान्छे पनि खुसी हुन्छन्, त्यसैले पैसा नै दिने निर्णय गरियो ।’ मकै उम्रिएपछि बाँदरले फाँड्छ मकै उम्रिएदेखि नै बाँदरले फाँड्ने गरेकाले हेरालो राख्नुपरेको गुरुङले बताए । ‘जेठमा मकै एक हातजति भएपछि बाँदरले भाँचेर छाडिदिन्छ,’ उनले भने, ‘उम्रिएको मकैसमेत बाँदरले उखलेर फालिदिन्छ । त्यही भएर मकै पनि बाक्लो लगाउने गरेका छौँ र हेरालो पनि राखेका हौँ ।’ सयदेखि डेढ सयजति बाँदर हुल बनेर मकैबारीमा पसेर विध्वंस गर्ने गरेकाले हेरालो राख्नु बाध्यता भएको उनको भनाइ छ । बाँदरकै कारण फुजेल र बुङकोटमा खेती बन्द बाँदरले अन्नबाली नष्ट गर्ने भएकाले केही ठाउँका बासिन्दाले खेती गर्नसमेत छोडेका छन् । बाँदरले आतंक सिर्जना गरेपछि गोरखाको फुजेल र बुङकोटका किसानले खेती लगाउनै छाडेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE