Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

प्रचण्डलाई भैंसी पुजा गराउँने पुजारीको कथन : प्रचण्डले भैंसी पूजा गरेकै थिएनन् (भिडियोसहित)

\"baba-750\" काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमाओवादी अध्यक्ष प्रचण्डले उनी प्रधानमन्त्री हुँदा भैंसी पुजा नगरेको उनलाई पुजामा सम्लग्न गराउने पुजारीले बताएका छन् । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्षप्रश्न’मा बोल्दै तत्कालीन पुजारी कृष्णदासजी महाराजले सो कुरा बताएका हुन् । २०६५ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा भैंसी पुजा गरेको विषय निकै विवादित बनेकाे थियो । उनी प्रधानमन्त्रीको रुपमा बराहक्षेत्र स्थित चतराघाममा १० दिने आयुर्वेद शिविरको उद्घाटन गर्न त्यहाँ पुगेका थिए । केही दिन अघि ९ दिनसम्म समाधीमा बसी जिवितै बाहिर आएका पुजारी कृष्णदासजी महाराजले नेपालमा आयुर्वेद विश्वविद्यालय हुनुपर्ने माग राख्दै आफू तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई भेट्न गएको बताए । उनले आयुर्वेद विश्वविद्यालयको स्थापनाकालागि प्रचण्डबाट सकरात्मक जवाफ आएपछि बराहक्षेत्रको चतराघाममा १० दिने आयुर्वेद शिविर आयोजना गरेकोे बताए । उनले भने, ‘आर्युवेद शिविरमा भारत र नेपालका ५०÷६० जना एमडी डाक्टरहरु सहभागी भएका थिए । पिएचडी गरेका व्यक्तिहरुकोपनि ठूलो संख्यामा उपस्थिति थियो । मेरो उदेश्य नेपालमा चलिने पारम्पिरिक उपचार पद्धतिलाई पुष्टि गरेर डब्लुएचओलाई बुझाउनु थियो ।’ त्यसका लागि उनले भैंसी, बाख्रा, हात्ती, घोडा, गोरु, गाई पशुहरु राखेकोे बताए । ज्योतिषिय विज्ञानबाट कुन प्रकारको क्षितिजका ग्रहहरुको नकारात्मक तत्वले शरिरमा प्रभाव पारेको छ त्यो पहिला हेर्ने र त्यसलाई हटाउनका लागि रत्नहरुको स्पर्श गरेर मत्रोउच्चारण गर्दा शरिरमा फाइदा पुग्ने उनले बताए । उनले भने, ‘शनी दशा विग्रिएको छ भने, निलमको माला लगाएर भैंसीको छाँयामा दुई घन्टा बसी ध्यान गर्दा शनीको त्यो किरण पोजेटिभमा बदलिन्छ । मैले त्यो प्रयोग गर्न भैंसी, गाई, हात्तीहरु राखेको थिएँ ।’ यस्तो वैज्ञानिक प्रयोग गर्दा पत्रपत्रिकामा सकारात्मक समाचार आउँछ भन्ने आफूले अपेक्षा राखेको र त्यसको नकरात्मक समाचार बाहिर आउँदा आफू निकै दुखित भएको उनले बताए । उनले भने, ‘यस्तो वैज्ञानिक विधिको सकरात्मक समाचार आउँछ भन्ने आशा गरेको थिएँ, तर दुभाग्र्य, कहाँबाट एउटाले उचालिदियो प्रचण्डले भैंसी पुजा ग¥यो भनेर, त्यहाँ त भैंसी पुजाको विषय नै थिएन । त्यो त उपचारको विषय थियो । त्यो कुरा पुरै मिडियामा छायो । मलाई आजपनि त्यसको दुःख लाग्छ , ग्लानी छ ।’ वास्तवमा प्रचण्डले पु्जा गरेकै थिएनन् ।’ हेर्नुहोस् भिडियो https://www.youtube.com/watch?v=Qt6Uh8KhAds&feature=youtu.be
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy