Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

यस्तो थियो, रणबहादुर शाहले बहादुर शाहमाथि लगाएका १२ आरोपहरु

[caption id=\"attachment_72471\" align=\"alignleft\" width=\"400\"]\"रणबहादुर रणबहादुर शाह[/caption] नेपालमा शाहवंशको कुरा गर्दा बहादुर शाहको नाम हमेसा अगाडि आउने गर्छ । बहादुर शाह त्यस्ता व्यक्ति थिए जसले पृथ्वीनारायण शाहले गर्न नभ्याएका बाँकी कामहरु फत्ते गरे । तर उनको जीवन भने सुखत रहन सकेन । उनलाई आफ्नै भतिज रणबहादुर शाहले बन्दी बनाएका थिए । बहादुर शाह भतिज रणबहादुर शाहबाट आजित भएका थिए । उनी रणबहादुर शाहको राजकाज देखि निकै असन्तोष दिए । त्यसै सन्दर्भमा वि.सं. १८५२ मा चीनबाट केही भावनात्मक सहयोग मिल्ने आशा अपेक्षासहित बहादुर शाहले गोप्य रुपमा एउटा पत्र पठाए । आफ्ना भतिजले सम्पूर्ण राजकाज चलाएको र आफू भने धर्मशालामा बसी पूजा पाठ गर्नु पर्ने व्यहोराको चिठी पठाएका थिए । तर उताबाट भने राजा रणबहादुर शाहको नाममा ‘मिलेर काम गर्नु’ भन्ने सल्लाहका साथ पत्रको उत्तर आयो । यति हुँदासम्म रणबहादुर शाह रिस थामेरै बसेका थिए । पछि फेरि सन् १७९६ मा चीनको बादशाह काओत्सुङको मृत्यु भएपछि उनको छोरा छिया–छिङले राज्यारोहण गरे । नयाँ बादशाहको चीनमा राज्यारोहण भएपनि बहादुर शाहले नयाँ राजालाई भेट्न चीन जान पाउँ, भनी राजा रणबहादुर शाहलाई भने । त्यसपछि रणबहादुर शाह निकै क्रृद्ध भएर वि.सं. १८५३ को फागुन महिनाको ११ गते राती सैनिकहरु पठाएर आफ्नो काका बहादुर शाहलाई कैद गरिदिए । त्यसपछि चीनलाई पत्र लेख्नुको बारेमा स्पष्टीकरण सोध्न थालियो । बहादुर शाह प्रति निकै अनुदार र कृद्ध भएका रणबहादुर शाहले उनलाई बन्दी बनाईदिए । चीनको पत्रको प्रतिउत्तर पठाउनु पर्ने नै थियो । त्यसका लागि राजा रणबहादुर शाहले काजी सर्वजित पाँडे र चामु भण्डारीलाई तिब्बतको राजधानी ल्हासा पठाए । उनीहरुलाई पठाउँदा रणबहादुर शाहले काका बहादुर शाहमाथि निम्नानुसारको आरोप लगाएका थिएः १. कान्छा–चौतारा दलमर्दन शाहसँग मिली बुबाज्यू महाराज प्रतापसिंह शाहको हत्या गरी टाउको लुकाउने ढाड झ्यालबाट खसाउने योजना गरेको । २. मुमा–महारानी राजेन्द्रलक्ष्मीलाई भए–नभएको बात लगाई नेल हाली सर्वजित रानालाई कटाएको र मलाई पनि मारी दाख–चोकको इनारमा पुर्ने योजना गरेको । ३. मथुरा नामकी एउटी केटीलाई लगाई मेरी मुमालाई विष खुवाई मार्ने उद्योग गरेको । ४. विवाह गर्न भनी बहादुर शाह गोरखामा जाँदा बार्लाङ–घाटमा बास परेको दिन मलाई मारी गण्डकी नदीमा बगाउने योजना गरेको । ५. राजालाई (मलाई) घरबाहिर निस्कन किन दिइस्’ भनी बन्धु रानालाई लागी गरेको । ६. मलाई मार्नको निमित्त मसानको प्रयोग गरेकोले दक्षिणकालीको दर्शन गरी फर्कंदा बाटामा तीन पटकसम्म मलाई झाडा–पखाला तथा बमन भएको । ७. कुकर्मी बहादुर शाहले रातको बीचमा मलाई खोज्दै आएको, यसैबीचमा कुकुरले झम्टन जाँदा अकारण नै कुकुरलाई काटिदिएको । ८. मेरो अनुस्थितिमा आफ्नो मनखुसीसँग आफ्नै हातले लालमोहरका छापहरु लगाउने गरेको । ९. मलाई मार्न भनी आधारातमा आएको, ‘पुनी’ नामक धाईले थाहा पाई ढोकामा चुकुल हालेको र यसै रिसले तरबारले ढोकामा हानी फर्किएको । १०. मलाई तीन–सलाम गर्ने नगरेको । ११. राजा राम शाहको पालादेखि चलिआएको मैत्रीसम्बन्धको उपेक्षा गरी तिब्बतसँग अनावश्यकरुपमा युद्ध गरेर झन्डै देशलाई नै डुबाईदिएको १२. चीनसँग युद्ध गर्न भनी अंग्रेजसँग मित्रता बढाएको ।   स्रोतः आचार्य बाबुराम , अब यस्तो कहिले नहोस् , २०७२, पृष्ठः २२, २३, २४ 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy