Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

प्रचण्ड ‘ब्याक’ हुनुका ५ कारण

\"prachanda\"१. राष्ट्रिय सरकार बन्ने नदेखिएपछि वर्तमान सरकार भएदेखि नै प्रचण्डले संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताउादै आएका थिए । कांग्रेसले समर्थन गरे आफ्नो नेतृत्वको सरकारमा एमालेले पनि सघाउने उनको विश्वास थियो । तर, एमालेले प्रचण्डको त्यस्तो प्रस्तावमा सहमति जनाउने संकेत नदिएपछि उनी ‘ब्याक’ भए । २. सरकारको नेतृत्व दिनेबारे एमालेले आश्वस्त पार्‍यो सत्ता गठबन्धनमा देखिएको खटपटबारे एमालेका नेताहरू प्रचण्डलाई विश्वासमा लिन सफल भए । शान्तिप्रक्रियाका बााकी मुद्दा सम्बोधनका लागि कानुनी जटिलता सम्बोधन गर्नेदेखि संविधान निर्माण, बजेटदेखि अन्य विषयमा कार्यतालिका बनाएर अघि बढ्न एमाओवादीलाई आश्वस्त बनाए । बजेटपछि प्रचण्डकै नेतृत्वमा सरकार बनाउन तयार रहेको प्रस्ताव पनि एमालेले गर्‍यो । ३. कांग्रेसले पूर्ण विश्वास दिलाउन सकेन कांग्रेसले एमाओवादी नेतृत्वको सरकारलाई समर्थन गर्ने मौखिक आश्वासन दिए पनि पूर्ण विश्वास दिलाउन सकेन । कांग्रेसकै दोस्रो पुस्ताका नेताहरूले सहमति भए प्रचण्डको सट्टा देउवा प्रधानमन्त्री बन्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिन थाले । यसले पनि प्रचण्डलाई झस्कायो । ४. एमाओवादीभित्रै पनि पूर्ण सहमति बन्न सकेन एमाओवादीभित्रै पनि वामपन्थी गठबन्धन तोडेर कांग्रेस र मधेसीसँगको सहकार्यमा सरकार निर्माण गर्ने विषयमा सहमति बन्न सकेन । स्थायी समिति बैठकमा टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, अग्नि सापकोटालगायतका नेताहरूले बरु मन्त्री फेर्न तर गठबन्धन नटुटाउन दबाब दिए । कार्यकर्ताको एउटा पंक्तिले पनि पार्टीको निर्णयमा बाह्य प्रभाव रहेको भन्दै असन्तुष्टि पोख्यो । ५. पार्टी एकतामा पर्न सक्ने असर प्रचण्डले वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी तथा मणि थापा र मातृका यादव नेतृत्वलगायतका माओवादी धारका पार्टीहरूसँग एकताका लागि पहलकदमी लिइरहेका छन् । वैद्य नै एकताको पक्षमा नभए पनि बादललगायतका नेताहरू एकताका पक्षधर शक्तिहरूले वामपन्थी गठबन्धन तोडेर बन्ने सरकारप्रति रुचि देखाएनन् । यसले पार्टी एकतामा समेत प्रभाव पार्न सक्ने आँकलन प्रचण्डले गरे । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE