Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

क्यालिब्रेसन बिगारेर यसरी हुन्छ तेल चोरी

\"Tel-chori\"काठमाडौं । मापदण्डअनुसारको नापतौल उपकरण प्रयोग गरी पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरको क्यालिब्रेसन नगर्दा प्रत्येक ट्यांकरबाट तेल चोरी हुने गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– चालक, ढुवानी व्यावसायी र कर्मचारीको मिलेमतोमा गलत क्यालिब्रेसन देखाई तेल चोरी भइरहे पनि नियन्त्रण गर्नमा निगम व्यवस्थापन उदासीन देखिएको छ । त्यति मात्रै होइन, विभिन्न सरकारी निकायले पटकपटक ताकेता गरे पनि आयल निगमले सही क्यालिब्रेसन प्रयोग गर्न अस्वीकार गर्दै आएको छ । सरकारले व्यापारिक नाप र तौलका लागि ऐन बनाएर सही मापन दिने औजारसमेत राखेको छ । ती औजारबाट इन्धन बोकेका ट्यांकरको क्यालिब्रसेन जाँच्न ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ तथा नियमावली २०२७ ले तोकेको छ । तर, सही तौल आउने डरका कारण तेल बोक्ने ट्यांकरको गुणस्तर तथा नापतौल विभागमा क्यालिब्रेसन गराउने गरिएको छैन । ट्यांकर चालक र ढुवानी व्यवसायीले भारतीय मापदण्डको क्यालिब्रेसन भन्दै प्रत्येक ट्यांकरमा कम तेल ल्याएर निगमको विभिन्न डिपोमा खन्याइरहेका छन् । निगमले कम तेल बुझ्दै आए पनि सरकारी मापदण्डको क्यालिब्रेसन गर्न नमानेर ‘तेल चोर’लाई साथ दिँदै भारतीय क्यालिब्रेसन नै ठीक भएको तर्क गर्दै आएको छ । यसरी कम आएको तेललाई निगमले तापक्रम, कार्यगत, प्राविधिकलगायतका शीर्षकमा नोक्सानी देखाउने गरेको छ । निगमका कार्यकारी निर्देशक गोपाल खड्काले क्यालिब्रेसन सुधार गर्न खोजिरहेको बताए । ‘हामीले क्यालिब्रेसनमा सुधार गर्न खोजिरहेका छौँ । खासगरी भारतीय आयल कर्पोरेसन ९आइओसी० र गुणस्तर तथा नापतौल विभागको क्यालिब्रेसनलाई पनि तुलना गर्न खोजिरहेका छौँ,’ उनले भने, ‘किनभने दुवै निकायको क्यालिब्रेसनमा कतै–कतै फरक आइरहेको छ, त्यसैले सही कुन हो र कुनचाहिँ राख्ने उद्देश्यले एउटा समिति बनाएर काम सुरु गर्न लागेका छौँ ।’ सही क्यालिब्रेसन गर्न मान्दैन निगम गुणस्तर तथा नापतौल विभागले स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ तथा नियमावली २०२७ अनुसार तेल बोक्ने ट्यांकरको क्यालिब्रेसन गर्न निगमलाई पटक–पटक सुझाब दिँदै आएको छ । तर, निगम व्यवस्थापनले भारतीय औजारबाट भएको क्यालिब्रेसनलाई मान्यता दिइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE