Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

एमाओवादी अध्यक्ष प्रचण्ड फेरि प्रधानमन्त्री बन्न तयार

\"30TH_PRACHANDA_1443261e-600\"काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति भए आफू प्रधानमन्त्री बन्न तयार रहेको बताएका छन् । आाजको नयाँ पत्रिका दैनिकमा छापिएको खबर अनुसार महोत्तरी पुगेर प्रचण्डल भनेका छन्, संविधान कार्यान्वयन, शान्तिप्रक्रिया टुंगो लगाउन, मधेसी जनताका मागलाई सम्बोधन र विकास निर्माणका काम अघि बढाउने सर्तमा कांग्रेस र एमालेको प्रस्ताव आए प्रधानमन्त्रीका लागि तयार रहेको बताए । ‘हामी राष्ट्रिय सहमतिका लागि प्रयास गरिरहेका छौँ । मेरा लागि प्रधानमन्त्री मुख्य छँदै छैन । तर, यसबीचमा केही भ्रम पर्‍यो कि प्रचण्डले प्रधानमन्त्री खोज्यो । नेपाली कांग्रेससँग कुरा गर्दागर्दै चटक्कै छाडेछ, कतै धोका भयो कि भन्ने कुरा पनि बाहिर आए, राजनीतिमा यस्तो अपन–डाउन र जिकज्याक हुँदो रहेछ,’ सोमबार महोत्तरीको बर्दिवासमा एमाओवादीनिकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलन उद्घाटनमा उनले भने । मधेसी नेतालाई आन्दोलनको नैतिक अधिकार छैन उनले तराई मधेसमा मधेसी नेतालाई आन्दोलन गर्ने नैतिक आधार नभएको बताए । ‘अघिल्लो संविधानसभाका प्रमुख पार्टीहरूबीचमा ११ प्रदेश बनाउने सहमति भएको थियो । त्यहाँ तराईमा दुई प्रदेश थिए । यो सहमतिमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, विजय गच्छदार ९त्यतिखेर मधेसी मोर्चाको संयोजक हुनुहुन्थ्यो० पनि सहमत हुनुभयो । कांग्रेस, एमाले पनि सहमत भएपछि ड्राफ्ट गरियो । सहमतिको अन्तिम बिन्दुमा पुगेर हस्ताक्षर गर्ने वेलामा मधेसी मोर्चाका साथीहरू पछि हटिदिए,’ प्रचण्डले भने, ‘हिजो ११ प्रदेश, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र थुप्रै पहिचान पाएको संविधान बन्न नदिने अनि अहिले यो चाहियो र त्यो चाहियो भनेर आन्दोलन गर्ने नैतिक अधिकार ती साथीहरूलाई छ त ?’ ‘कांग्रेसलाई धोका दिएको छैन’ प्रचण्डले आफूले कांग्रेसलाई धोका नदिएको दाबी गरेका छन् । ‘मलाई शेरबहादुरजीले तपाईं प्रधानमन्त्री बन्ने भए मलाई केही आपत्ति छैन भन्नुभएको थियो । मलाई नेपाली कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गर्दा भो, अहिले म हुन्नँ भन्दा धोका दिएको हुन्छ र ?’ उनले भने, ‘मैले उहाँ (शेरबहादुर देउवा)लाई प्रधानमन्त्री हुनोस् भनेर पछि छाडेको भए पो धोका हुन्छ । बजेट ल्याउने वेला सरकार ढालेर राम्रो हुँदैन । सबैको सहमति हुने देखिएन भन्दा मैले कसरी धोका दिएको भन्न मिल्छ र ?’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE