Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

पनामा पेपर्समा ७ नेपाली

\"Panama-papers\"काठमाडौं । अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आईसीआईजे) सार्वजनिक गरेको पनामा पेपर्स भनिने अनुसन्धानको दोस्रो विवरण सार्वजनिकमा सात नेपालीको नाम परेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ–सोमबार राति गरिएको सार्वजनिकमा अफसोर कारोबार गर्ने नेपाली व्यक्तिकम्पनीहरुको सूचिमा सातजना नेपाली परेका हुन् । पनामा लिक्समा उपेन्द्र महतो, अरुणकुमार चौधरी, सुभांस कुमार चौधरी, करन कुमार चौधरी, शिला चौधरी, उमादेवी सिंहानिया, नवयुग डोल्माको नाम छन् । यो लिक्समा सन २०१३ को स्वीस लिक्सका व्यक्तिहरुको नाम पनि समवेश छ । १२ जनाको पुरानो नामलाई पनि यसपटकको सूचिमा अफसोर लिक्स भनेर समावेश गरिएको हो । यसबाहेक सतिशलाल आचार्यको नाम थपिएको छ । पुरानो लिक्सका रेणुका प्रधान, रेखा काब्रा, डाक्टर श्यामसुन्दर कर्माचार्य, शशिकान्त अग्रवाल, हरिश कुमार तोदि, बिजेश कुमार अग्रवाल, शैलेन्द्र कुमार गुप्ता, बिमलकाजी ताम्राकार, बिजेन्द्र जोशी, बिनु श्रेष्ठ, विश्वास बरसिंह थापा, राजेन्द्र कुमार काव्राको नाम पनि सार्वजनिक गरेको छ । उनीहरुको नाम स्वीस लिक्स भनेर पुन सार्वजनिक गरेको हो । नेपाली समय अनुसार सोमबार राति पौने १२ बजे उसले नया सूचि सहितको प्रतिवेदन सार्वजनिक गरेको हो । आइसिआईजेले विश्वका धेरै संचार माध्यम समेतको संलग्नतामा यो प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ । उक्त संस्थाले यसको प्रारम्भिक प्रतिवेदनकरिब एक महिना अघि सार्वजनिक गरेको थियो । अफसोर कम्पनीमा गरिने लगानी भनेको कर छुट र आयको स्रोत खुलाउनु नपर्ने वा कम झन्झटिलो भएको देशमा विदेशीले खोलेका कम्पनी हुन । यी देशमा कम्पनी खोलेर आफूले चाहेको देशमा रकम लान सजिलो हुने हुँदा यस्ता मुलुकमा कम्पनी खोल्ने गरिन्छ । तर यहाँ खुलेका कम्पनी सबै गैर कानुनी र कर छल्न खोज्ने नियतका हुन्छन भन्ने हुदैन । ट्याक्स हेवन (करको स्वर्ग) मा ख्याती कमाएका हंगकंग र ब्रिटिस भर्जिन आईल्यान्ड लगायत देशबाट नेपालमा पछिल्लो समय लगानी बढ्दो क्रममा छ । हंगकंग र ब्रिटिस भर्जिन आइल्यान्ड क्रमश दोस्रो र पाँचौ बढी लगानी गर्ने मुलुकमा पर्छन । बढी लगानी गर्ने मुलुक पहिलो, तेस्रो र चौथो भने क्रमश भारत, चीन र साउथ कोरिया हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE