Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

धुर्मुस सुन्तलीलाई सिटी एक्सप्रेसको १५ लाख भन्दा बढी सहयोग

\"Dhurmusकाठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई १५ लाख ५५ हजार ५ सय ५५ रुपैँया सहयोग गरेको छ । राजधानीको एक होटलमा पत्रकार सम्मेलन गर्दै सिटी एक्सप्रेसले फाउण्डेशनलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो । वैदेशीक रोजगारमा रहेका नेपालीको कमाई सुरक्षित रुपमा परिवार र आफन्तसम्म ल्याउने काम गरिरहेको सिटी एक्सप्रेसले सामाजिक सहयोग स्वरुप सो रकम फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई प्रदान गरेको छ । एक जोडी कलाकारले उदाहरणीय काम गरीरहेकाले उनीहरुलाई थप आँट र हौसला स्वरुप संस्थागत रुपमा सिटी एक्सप्रेसले आर्थिक सहयोग गरेको संस्थाका प्रवन्ध निर्देशक चन्द्र टण्डनले बताएका छन् । धुर्मुस सुन्तलीले वातावरणमैत्री, बालमैत्री एवं अपाङ्गमैत्री सिटी बनाउने योजनाका साथ अघि बढेकाले सिटी एक्सप्रेसले पनि सहयोग गरेको उनको भनाई छ । विदेशमा रहेका नेपालीहरुले गरेको विश्वासका कारण सिटी एक्सप्रेस प्रतिष्ठित बन्दै गएकाले उनीहरुको भावना बुझेर नै धुर्मुस सुन्तलीलाई सहयोग गरेको उनले स्पष्ट गरेका छन् । सहयोग रकम बुझ्दै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले सिटी एक्सप्रेसले हालसम्मकै उच्च आर्थिक सहयोग गरेकोमा धन्यवाद दिँदै गिरान्चौरलाई नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । संस्थागत रुपमा सहयोग निकै कम मात्रै आएपनि व्यक्तिगत रुपमा सहयोग गर्नेहरुको संख्या उल्लेख्य रहेको उनले बताएका छन् । सिटी एक्सप्रेसले गरेको सहयोगले आफुहरुलाई ठूलो हौशला मिलेको भन्दै उनले अन्य संस्थाहरु समक्ष पनि सहयोग अपिल गरेका छन् । यस्तै, पत्रकार सम्मेलनमा बोल्दै फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले चार करोड भन्दा बढी अनुमानीत लागत रहेको बस्ती निर्माण गर्न हालसम्म ६० लाखको हाराहारीमा सहयोग जुटेको जानकारी दिएकी छिन् । सिटी एक्सप्रेसले गरेको जस्तै सहयोग अन्य संस्थाबाट पनि प्राप्त भएमा गिरान्चौरलाई सुन्दर बस्ती बनाउने सपना छिट्टै पुरा हुने उनले आशा व्यक्त गरेकी छिन् । सबै जुटेर सहयोग गरेमा भूकम्प प्रभावित सबै जिल्लामा एउटा एउटा नमुना बस्ती बसाउने उनको चाहना छ । लोकदोहोरी गायक भगवान भण्डारीले दिए ५१ हजार \"Dhurmusअमेरिका बस्दै आएका लोकदोहोरी गायक भगवान भण्डारीले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ५१ हजार रुपैँया आर्थिक सहयोग गरेका छन् । धुर्मुस सुन्तलीलाई भेटेर उनले आफ्नो स्वर्गीय बुवा आमा छविलाल भण्डारी र टिकादेवी भण्डारीको सम्झनामा धुर्मुस सुन्तली फाउण्डेशनलाई उक्त सहयोग गरेका हुन् । बुवाको १३ औँ दिनको पुण्य तिथिमा नेपाल आएको अवसरमा गायक भण्डारीले उक्त सहयोग धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरेका छन् । उनले कलाकारले सुरु गरेको अभियानमा सहयोग गर्नका लागि सम्पूर्ण लोकदोहोरी गायक गायिकासँग अपिल समेत गरेका छन् । कलाकारले सुरु गरेको अभियानलाई कलाकारले नै साथ दिने हो भने थुप्रै सहयोगी हात सजीलै जुट्नेमा उनको विश्वास छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending