Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

नौबुँदेमा हस्ताक्षर भएपछि केको जेन्टलमेन एग्रिमेन्ट ? प्रधानमन्त्री ओली

\"KP-oli-talking-750\" काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीलाई सरकारको नेतृत्व दिने कुनै (भद्र) सहमति नभएको बताएका छन् । आजको नागरिक दैनिकमा खबर – नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले एमालेसँगको भद्र सहमति अनुसार आफ्नै नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरिरहेका बेला प्रधानमन्त्री ओलीले यही सरकार निरन्तर रहने र अर्को वर्ष संसदीय निर्वाचन सम्पन्न गराउनेसमेत जिकिर गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा दलको २७ औं स्थापना दिवस अवसरमा राजधानीमा मंगलबार आयोजित चियापानमा प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व सत्तासाझेदार दल माओवादीलाई दिने भनेर कुनै भद्र सहमतिु भएको दाबी गरे । जेन्टलमेन एग्रिमेन्ट (भद्र सहमति) भनेको के हो ? नौबुँदे सहमति भएको देख्नुभएन तपाईंहरुले ? प्रधानमन्त्री ओलीले सञ्चारकर्मीलाई उल्टै प्रश्न गरे, ‘नौबुँदेमा हस्ताक्षर छैन ? हस्ताक्षर भएपछि केको जेन्टलमेन एग्रिमेन्ट ? यसअघि माओवादीका विभिन्न नेताले एमालेसँग नेतृत्व हस्तान्तरणसहित तीनबुँदे भद्र सहमति भएको बताएका छन् । यस्तो सहमतिमा ओली सरकारले बजेट ल्याएपछि दाहाल नेतृत्वमा नयाँ सरकार गठन हुने समझदारी रहेको उनीहरुको दाबी छ । ओलीले तीनबँुदेको विषय आए पनि त्यसलाई पहिल्यै अस्वीकार गरेको प्रस्ट पारे । तीनबुँदे हेरेँ, तीन बुँदे भनेर लेखिएको रहेछ, त्यो स्वीकार गरिएको तीनबुँदे हो वा अस्वीकार गरिएको तीनबुँदे हो रुु उनले आफैं जवाफ दिए, त्यो अस्वीकार गरिएको तीन बुँदा हो । यो सरकार कहिलेसम्म जान्छ भनी सोधिएको प्रश्नमा ओलीले आफ्नै नेतृत्व सरकारले अर्को वर्षको मंसिरमा प्रतिनिधिसभा निर्वाचन गराउने बताए । ुयो सरकारले २०७४ मंसिरमा प्रतिनिधिसभा निर्वाचन गराउनेछ । बहुमत ल्याउनेछ । त्यसपछि तपार्इंहरुको प्रश्नको थप उत्तर दिउँला, ओलीले भने । संविधान जारी भएपछिको संक्रमणकाल प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेपछि बन्ने नयाँ सरकारलाई सत्ता हस्तान्तरणपछि समाप्त हुनेछ । अध्यक्ष दाहालले प्रधानमन्त्री बनाउने विषयमा सोधिएको प्रश्नमा ओलीले जो पनि प्रधानमन्त्री बन्न सक्ने बताए । जो पनि प्रधानमन्त्री बन्न सक्छ, ओलीले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE