आषाढ़ १ गते, २०७३ बुधवार 15th June, 2016 Wed११:२४:२७ मा प्रकाशित
छिमेकी देश चीन जनसंख्या र भुगोलको दृष्टिबाट अत्यन्तै विशाल देश हो । एक अरब ३५ करोड जनसंख्या भएको विशाल चीन सन् १९४९ बाट माओत्सेतुङको नेतृत्वमा जनवादी गणतन्त्र मुलुक बनेको थियो ।
माओको निधनपछि चीनमा देङ सियोपिङ सत्तामा उदाए । माओले भनेजस्तै समाजवादी दिशामा चीनलाई नलगेपनि उनले पुँजीवादको मार्गबाट देशलाई अघि बढाए । भनिन्छ, ‘चीनको सत्तामा देङ आएपनि उनले गाडीको ‘साइट लाइट’ त माओले भनेको बाटो तर्फ बाले, तर हिँडे आफ्नै बाटो ।’
चीन आज आर्थिक सम्पन्नताको दृष्टिले अमेरिकासँग टक्कर लिँदैछ । चीनको बारेमा धेरै तथ्यहरु सार्वजनिक भएको पाइदैन । कति तथ्यहरु चीनबाट बाहिर आउँदैनन् । हामीले अहिलेसम्म चीनबारे नसुनेका केही तथ्यहरु अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको सहयोगमा यहाँ प्रकाशित गरिएका छौं ।
१. खाली छन् बंगलाहरुः
चीनको करिव ६ करोड ५० लाख ठूला ठूला अपार्टमेन्टहरु खाली छन् । उक्त घरमा बस्ने मान्छे कोही छैन । चीनमा बढ्न सक्ने सम्भावित जनसंख्याको आँकलन गरेर बनाइएका घरहरु खाली भएका हुन् ।
२. सपिङ मलहरुपनि खाली :
चीनले दावी गरेको विभिन्न तथ्यहरु मध्ये एक हो सबैभन्दा ठूलो सपिङ मल । ‘न्यू साउथ चाइना मल’ नाम दिइएको उक्त मलमा २३५० वटा स्टलहरु छन् । तर दुखत् पक्ष ७० लाख वर्ग फुटमा निर्मित उक्त विशाल मल सात वर्ष बित्दानबित्दै खाली हुँदै गइरहेका छन् । हालसम्म ९९ वटा स्टलहरु खाली भइसकेको जनाइएको छ ।
३. होचा मानिसहरु मनोरञ्जनको साधनः
चीनमा एक यस्तो स्थान छ जसलाई ‘किङडम अव द लिटल पीपुल’ भनिन्छ । तर दुःखत कुरा शारीरिक अवस्थाका कारण होचा मानिसहरुलाई पर्यटकको मनोरञ्जनका लागि प्रयोग गरिन्छ ।
४. गुफामा बासः
आजपनि ३ करोड चिनियाँहरु गुफामा बस्छन् भन्ने सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर यो सत्य हो । चीनको शानशी प्रान्तका मानिसहरु माटोको गुफा बनाएर बस्छन् ।
५. शारीरिक दुर्वलतासहितको बच्चा :
चीनमा हरेक ३० सेकेन्डमा एउटा शिशुले जन्मलिने गर्छ । हरेक वर्ष करिव १ करोड २० लाख शिशुले जन्म लिन्छन् । त्यसमध्ये ४० प्रतिशत शिशुहरु कुनै न कुनै खोट लिएर जन्मिने गरेका छन् ।
सन् २००१ देखि यता मात्रै चीनमा जन्म दिने बच्चाहरु कुनै न कुनै शारीरिक दुर्वलतासहित जन्मने गरेका छन् ।
६. दुषित पानी पिउन बाध्यः
चीनमा हरेक दिन ७० करोड मानिसहरु अझै खराव पानी पिउन विवस छन् ।
७. पुर्नजन्ममाथि सरकारी रोकः
धेरै मात्रामा बौद्धमार्गीहरु रहेको चीनमा सरकारले बौद्ध भिक्षुहरुलाई पुर्नजन्ममाथि रोक लगाएको छ । दलाई लामाको अनुसरण गर्दै चीनमा पुर्नजन्मप्रति विश्वास गरेर आत्मदाह गर्ने भएका कारण यस्तो रोक लगाएको बुझ्न सकिन्छ ।
८. लाखौं क्षेत्रफल जमिन मरुभूमिमा परिणतः
चीनमा करिव पाँच लाख वर्गकिलोमिटर जमिन सुख्खा मरुभूमिमा परिणत भएका छन् । हरेक वर्ष त्यो क्रम बढिरहेको छ । पानीको कमीका कारण त्यस्तो क्षेत्र बढ्दै गएको हो ।
९. तिव्रगतिमा फैलिदै ईसाई :
चीनमा करिव ५ करोड ४० लाख इसाइ धर्मावलम्बीहरु छन् । ती इसाईहरु इटालीबाट आएका छन् । चीनमा इसाई धर्मावलम्बीहरु बढ्ने क्रम जारी रहेको छ ।
१०. लाखौं मानिस भिख माग्छन् :
चीनमा करिव १० करोड मानिसहरु यस्ता छन् जसले प्रतिदिन एक डलर मात्र कमाउँछन् । ४ करोड मानिसहरु दुई डलर मात्र कमाउँछन् । जसको कारण जिविका नचलेपछि मानिसहरु भिख माग्न विवस हुन्छन् ।
११. बिहान १० बजेमात्र उदाउँछ घाम :
चीनमा बिहान १० बजे मात्रै घाम उदाउने गर्छ । बिशाल भूगोल भएका कारण समयलाई एकरुपतामा ल्याउन त्यसो गरिएको हो । त्यहाँको समय बेइजिङको समय अनुसार राख्दा कतिपय स्थानमा भने १० बजे मात्रै सूर्योदय हुने गर्दछ ।
१२. फेसबुक, ट्विटर चलाउन प्रतिवन्ध :
चीनमा २००९ देखि फेसबुक र ट्विटर चलाउन रोक लगाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: