Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

प्रचण्ड र देउवा समक्ष ओलीका चार सवाल

\"18072016083610pm-1000x0-750\"काठमाडौं ४ साउन । प्रधानमन्त्री केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सोमबार छलफल गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ –अविश्वास प्रस्ताव, नयाँ सरकार गठनका संवैधानिक जटिलतालगायत विषयमा शीर्ष नेताबीच छलफल भएको छ । बालुवाटारमा करिब एक घन्टा चलेको छलफलमा कुनै सहमति बनेन । तर, सदनमा अविश्वास प्रस्तावमाथि छलफल गर्ने समय बाँकी रहेकाले यसबीचमा सहमति प्रयास गर्ने भन्दै नेताहरू उठेका थिए । छलफलमा ओलीले चार विषय उठाएका थिए : राजीनामा कि अविश्वास प्रस्ताव ? प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग राजीनामा र अविश्वास प्रस्तावबारे जिज्ञासा राखेका थिए । ‘तपाईंहरूले मेरो राजीनामा मागेको हो कि अविश्वासको प्रस्ताव दर्ता गराएको हो ? मैले बुझेको छैन, यी दुवै एकैपटक जान सक्दैनन्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘राजीनामा समझदारीमा हुने कुरा हो, जबर्जस्तीमा हुँदैन । अविश्वास भनेको कुरा बिग्रेको वेला गर्ने कुरा हो । दुईमध्ये तपार्इंहरूको बाटो कुन हो ?’ संविधान संशोधन गर्न तयार छौँ प्रधानमन्त्री ओलीले पहिले संविधान संशोधनमार्फत नयाँ सरकारको बाटो खोल्नुपर्ने प्रस्ताव गरेका छन् । सरकार संशोधनमा जान तयार रहेको, तर त्यसअघि मुख्य दलबीच समझदारी बन्नुपर्ने उनले बताएका थिए । बैठकमा उनले भने, ‘संविधानमा खाल्टाखुल्टी छन् भने त्यसलाई पुर्न पनि सरकार तयार छ । तर, त्यसमा समझदारीमा जानुपर्ने हुन्छ ।’ खेलमा लाग्ने चिन्ता नलिए हुन्छ आफू सहमतिका लागि बाधक नबन्ने र संसद् विघटनको बाटोमा पनि नजाने ओलीले प्रस्ट पारेका छन् । उनको भनाइ थियो, ‘बाधक बनेर राजनीतिक खेल म खेल्दिनँ, यसमा कसैले चिन्ता नलिए हुन्छ । तपार्इंहरूले अप्ठ्यारोमा देशलाई पठाउन लाग्नुभएको हो भने त्यस्तो स्थितिमा हामीले के भन्न सक्छौँ र ?’ सभामुखप्रति असन्तुष्टि सभामुखले अर्थ विधेयक पारित गराउनेतिर भन्दा अविश्वास प्रस्तावलाई अगाडि बढाउने गरी कार्यसूची तोकेर समझदारी भत्काउन खोजेको प्रधानमन्त्री ओलीले आरोप लगाए । ६ साउनमा संसद् बैठकमा अविश्वास प्रस्तावमाथि छलफल गराउने कार्यसूची छ । एमालेले यसलाई सभामुखको पूर्वाग्रही निर्णय भएको आरोप लगाउँदै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE