Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

मेडिकल कलेजहरूमाथि यस्तो छ अख्तियारको नयाँ रणनीति

\"akhtiyar-600\" काठमाडौं, ४ साउन । चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक विमलकुमार सिन्हा संयोजकत्वको टोलीले २०६९ फागुनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा एउटा प्रतिवेदन बुझायो। मेडिकल कलेजका पूर्वाधार अवस्था, उनीहरूको सम्बन्धन, सिट निर्धारण र त्यसक्रममा नेपाल मेडिकल काउन्सिलले खेलेको भूमिकाबारे टोलीले छानबिन गरेको थियो। तर कार्यान्वयन भएन । आजको कान्तिपुर दैनिकमा खबर छ – अख्तियारमा २०७० वैशाखमा पदाधिकारी नियुक्तपछि नेपाल मेडिकल काउन्सिलमाथि निगरानी बढायो। त्यस क्रममा मेडिकल काउन्सिलले गर्ने निरीक्षणमा अख्तियारको टोली पनि सामेल भयो। मेडिकल कलेजमा नक्कली चिकित्सक उभ्याउने, पूर्वाधारबिनाको कलेजले पनि सम्बन्धन पाउने र चलखेल हुने क्रम रोकिएन। पूर्वाधारबिना सम्बन्धन, चलखेल गरेको र काउन्सिलका पदाधिकारीसँगको मिलेमतोमा अत्यधिक कोटा पाएको आरोपमा अख्तियारले केही मेडिकल कलेजका सञ्चालकहरूसँग बयान लियो। केहीका सञ्चालकहरूको खाताको कारोबार पनि अनुसन्धान गरेको थियो। तर सिट निर्धारणमा भएको ठूला घोटाला र चलखेलका एउटा पनि घटनामा अनुसन्धान भएन। ‘करिब तीन वर्षको अवधिमा मेडिकल कलेजका घोटाला र विवाद जोडिएका दर्जनौं फाइलमाथि अनुसन्धान भयो, तर कुनैमा पनि मुद्दा चलेन,’ अख्तियार स्रोतले भन्यो, ‘कुनै पनि फाइलमाथि मुद्दा चल्ने निर्णय भएनन्, सबैजसो अनुसन्धान अहिले सामसुम भयो।’ नेपाल मेडिकल काउन्सिलका पदाधिकारीमाथि गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा चलेका छानबिनमध्ये दुई फाइल तामेलीमा पुगेका छन् भने बाँकीमाथि कुनै निर्णय हुन सकेको छैन। अख्तियारले यो अवधिमा दुईवटा मुद्दा मात्रै विशेष अदालतमा दर्ता गराएको थियो। देवदह मेडिकल कलेजलाई सम्बन्धन दिएको मुद्दामा विशेष अदालतले आरोपितहरूलाई सफाइ दिइसकेको छ भने गण्डकी मेडिकल कलेजको सिट निर्धारणको क्रममा अनियमितता भएको दाबी सहितको मुद्दा विशेष अदालतमा विचाराधीन छ। दुवैमा अख्तियारले ‘शून्य’ बिगो मागदाबी गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE