Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

यस्ता छन्, पौडेलको प्रस्तावको अर्थ

\"ramchandra काठमाडौं, ७ साउन । संसद अनिर्णयको बन्दी बनिरहेका बेला कांग्रेस नेता रामचन्द्र पौडेलले नयाँ प्रस्ताव ल्याएपछि त्यसले तरंग पैदा गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – उनको नयाँ प्रस्तावपछि आगामी सरकार गठनबारे आ–आफ्नै अनुमान सुरु भएको छ । यस्ता छन् उनको प्रस्तावको अर्थ १. दलीय सहमति : संसद्सम्म कि सरकार गठनसम्म ? तीन दलको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले राखेको सहमतिको प्रस्तावले नयाँ तरंग ल्याएको छ । संसद्मा अहिले अड्किएको गाँठो फुकाउन मात्रै उनले प्रस्ताव राखेका हुन् वा सहमतिसँगै नयाँ सरकार गठनको पहल पनि नयाँ सिराबाट गर्ने हो भन्नेमा आ–आफ्नै अनुमान छन् । कांग्रेस नेताहरूका अनुसार पौडेलको प्रस्ताव संसद् सुचारु गर्ने प्रयोजनका लागि मात्र हो । बजेटको आश्रित विधेयक पहिले कि अविश्वास प्रस्ताव पहिले भन्ने विवाद टुंग्याउन दुवै विषयलाई एकैदिन एकैपटक टुंग्याउन मात्र उनले यो बीचको बाटो अपनाएका हुन् भन्ने उनीहरूको भनाइ छ । तर, पौडेलको प्रस्ताव बजेटको आश्रित विधेयक पारित गर्ने, अविश्वास प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्री ओलीले राजीनामा दिने मात्र होइन, नयाँ सरकारको निर्वाचन प्रक्रिया पनि एकसाथ अगाडि बढाउनेसम्मको छ । प्याकेज सहमतिअनुसार सरकार गठन र संविधान कार्यान्वयनमा एमालेले पनि सहयोग गर्नुपर्ने भनेर पौडेलले एमालेलाई पनि मन्त्रिपरिषद्मा ल्याउने बाटो बनाउन खोजेका छन् । २. कांग्रेस–माओवादी सहमति रहन्छ कि नयाँ बन्छ ? कांग्रेसमा माओवादीलाई सरकारको नेतृत्व गर्न दिने विषयमा पार्टीमा छलफल नगरिएको भन्दै नेता रामचन्द्र पौडेल असन्तुष्ट थिए । प्रधानमन्त्री बन्नका लागि आफूलाई ओलीले प्रस्ताव गरेको भनेर एक साताअघि नै सार्वजनिक गरेका पौडेलले नै विकल्प प्रस्तुत गरेकाले अनेक अनुमान गरिएको छ । तर, पौडेलनिकटका नेता मधु आचार्यले भने यसअघि कांग्रेस र माओवादीबीच भएको सहमतिलाई फेर्ने मनसायले पौडेलले प्रस्ताव नल्याए पनि राष्ट्रिय सहमति भए नयाा विकल्पमा जान सकिने बताए । ‘पार्टीले जे निर्णय गरेको छ त्योभन्दा अन्यथाको विकल्पमा तत्काल पौडेलजी पुगिसक्नुभएको छैन । कांग्रेसको हितमा पनि हुने र सहमतिको सरकार बन्ने र अरू दल पनि तयार भए भने कांग्रेसले अहिले बनाइरहेको धारणामा पुनर्विचार गर्न सक्ला,’ आचार्यले नयाा पत्रिकासँग भने । पार्टी निर्णय पनि पूरा हुने र दलबीच सहमतिको वातावरण पनि नबिथोलिने र तिक्तता नबढ्नेगरी पौडेलको प्रस्ताव आएको उनी बताउाछन् । ३. पौडेलको प्रस्तावमा देउवाको मत के छ ? कांग्रेस नेताहरूका अनुसार पौडेलले देउवासागको सहमतिमा नयाा प्रस्ताव ल्याएका हुन् । त्यसैले एमालेले समर्थन गरेको अवस्थामा रामचन्द्र पौडेल अथवा शेरबहादुर देउवा आफौ नै प्रधानमन्त्री हुनसक्छन् र नयाा समीकरण बन्न सक्छ भन्ने अनुमान पनि छ । तर, कांग्रेस नेता कृष्ण सिटौलाले भने यो सम्भावनालाई तत्काल खारेज गरे । उनले भने, ‘बजेटआश्रित विधेयक, अविश्वास प्रस्ताव फिर्ता, प्रधानमन्त्रीको राजीनामा र नयाँ प्रधानमन्त्रीको निर्वाचनमा जान मात्र विकल्प ल्याइएको हो । माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिबाट दायााबायाा हुादैन ।’ त्यस्तै, देउवाका सहयोगी डा। प्रकाशशरण महतले पनि माओवादीसागको सहमतिबाट कांग्रेस फिर्ता नहुने बताए । उनले नयाा पत्रिकासाग भने, ‘अहिलेको चार विकल्प प्रक्रियाका लागि मात्रै हो । सरकार गठन गर्न भइसकेको सहमति भत्काउन भने होइन । हामीले प्रचण्डजीलाई प्रधानमन्त्री बनाउने भनेर बोलिसकेका छौा, त्योभन्दा दायााबायाा हुादैन । समझदारी भइसकेपछि छिनछिनमा कुरा बदल्ने गरी कांग्रेस अघि बढ्दैन । कांग्रेसको तर्फबाट माओवादी अध्यक्ष प्रचण्डजी नै प्रधानमन्त्रीको उम्मेदवार हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE