Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

अर्चनाको ‘जिस्म’पनि छेस्कोमा अड्कियो : अर्चना गुमनाम, निर्देशक तनावमा

\"archanaकाठमाडौँ, ९ साउन । ‘पोर्न स्टार’ बन्ने लक्ष्य लिएकी अर्चना पनेरु अभिनीत दुवै फिल्म फ्लप भएका छन् । आफू पोर्न फिल्ममा अभिनय गर्न लालायित भएको भन्दै अश्लील तस्बिर खिचाएर चर्चा बटुलेकी उनलाई राजु गिरीले हतार–हतार ‘जिस्म’ फिल्मबाट हिरोइन बनाए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – जति पनि अंग प्रदर्शन गर्न तयार अर्चनालाई आफ्नो फिल्ममा हिरोइन लिनका लागि फिल्म उद्योगका मै हुँ भन्ने केही निर्माता, निर्देशक पनि लागिपरेका थिए । तर, अर्चनाले राजु गिरीबाहेक अरूको फिल्म गर्दिनँ भनेर ‘अफर रिजेक्ट’ गरिन् । अर्चनालाई हिरोइन लिएर एडल्ट फिल्म बनाउने र रातारात मालामाल हुने सपना देखेका ती निर्देशक, निर्माताहरू उल्टै बदनाम भए । अर्चनाले आफूलाई फिल्म अफर गरेका ती निर्माता, निर्देशकले यौन प्रस्ताव राखेको दाबी गरिन्, जसकारण ती निर्माता, निर्देशक मर्माहत भए । सुरुमा राजुका फिल्ममा मात्र अभिनय गर्ने अडान देखाएकी अर्चनाले जिस्मको सुटिङ सकिएपछि एकाएक करण क्रेजी र सुरज प्रधानको ‘छेस्को’ फिल्ममा अभिनय गरिन् । छेस्को केही वर्षअघि नै निर्माण पूरा भएर प्रदर्शनका लागि हल कुरिरहेको थियो । अर्चनालाई केही सिनमा अभिनय गराएर रातारात जिस्मभन्दा अगाडि जेठ २१ मा छेस्को प्रदर्शन गरियो । जबकि राजुले जिस्म ३१ असारमा प्रदर्शन गर्ने घोषणा सुटिङकै क्रममा गरेका थिए । अर्चनालाई हाइलाइट गरी प्रदर्शन गरिएको छेस्को नामजस्तै छेस्को भयो । मुढो बन्न सकेन । छेस्को हेर्न हलमा दर्शक नगएपछि राजु पनि चिन्तित भए । अन्ततः ३१ असारमा प्रदर्शन भएको राजुको जिस्म पनि असफल भयो । अर्चना आफू अभिनीत दुवै फिल्म असफलताको तोडमा छिन् । जिस्मका निर्माता तथा निर्देशक राजु पनि मर्माहत छन् । नग्नता, छाडापन तथा अश्लीलतालाई प्रश्रय दिइएका फिल्मलाई दर्शकले सीधै ‘रिजेक्ट’ गर्ने गरेको उदाहरण सन्नी लियोन अभिनीत बलिउडका फिल्मले देखाइसकेका थिए । नेपालमा भने अर्चनाका फिल्मले यो कुरा प्रमाणित गरिदिएको हल्ला बागबजारतिर चल्ने गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: