Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

यस्तो हुँदैछ नेपालमा ल्याइने पाइपलाइन रुट

\"Oil-root1-750\"काठमाडौं, ३० साउन । नेपालमा इन्धन आपूर्ति गर्न पाइपलाइन विस्तारका लागि इन्डियन आयल कर्पोरेसन (आईओसी) ले विस्तृत प्राविधिक परियोजना अध्ययन (डिटेल इन्जिनियरिङ प्रोजेक्ट स्टडी) सुरु गरेको छ । आईओसीको विशिष्ट प्राविधिक टोलीको सहयोगमा अध्ययन सुरु भएको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – आईओसीका इन्जिनियर विभागतर्फका उपमहाप्रबन्धक रमेशकुमारको नेतृत्वमा प्रोजेक्ट इन्जिनियरद्वय राकेश रन्जन र राजेश परिमलसहितको टोलीले बुधबारदेखि पाइपलाइन ओछ्याइने बाटोसम्बन्धी अध्ययन गर्ने काम सुरु गरेको हो । भारतीय टोलीलाई नेपाल आयल निगमको इन्जिनियर विभाग, स्थानीय सशस्त्र र जनपदको प्रहरी टोल, नापी कार्यालयका विज्ञ, वीरगन्ज उपमहानगरपालिका सडक विभागका अधिकारीले समन्वय गरिरहेका छन् । विस्तृत प्राविधिक परियोजना अध्ययनअनुसार पाइपलाइन कसरी र कहाँबाट ओछ्याउनेसम्बन्धी बाटोको प्रारम्भिक खाका पनि तयार भएको छ । भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जको कुल ४१ किलोमिटर लम्बाइ भएको उक्त पाइप लाइनको बाटो तयार पार्न बीचमा पर्ने खोला, पुल, विद्युत्का पोल र ट्रान्सफरमर, जंगललगायतका स्थानबारे विस्तृत अध्ययन गर्ने काम सुरु गरिएको हो । अध्ययनका क्रममा प्रारम्भिक चरणको बाटो पनि तय गरिएको छ । निगमका प्रवक्ता भानु खनालका अनुसार भारतीय टोलीले भारतपट्टिको अहिरबा खोलादेखि अध्ययन सुरु गरेको हो । भारतको अहिरबा खोलाको पूर्वतर्फबाट नेपालको सिर्सिया खोलाको जमिनमुनिबाट वीरगन्जको शंकराचार्य गेट पश्चिततर्फ पाइपलाइन ओछ्याइनेछ । अहिरबा खोलादेखि शंकराचार्य गेटसम्मको दुरी करिब एक किलोमिटर छ । त्यसपछि शंकराचार्य गेटदेखि भन्सारको जमिनमुनिबाट हुँदै रजतजयन्ती चोकसम्म पाइपलाइन ओछ्याइनेछ । शंकराचार्य गेटदेखि रजतजयन्ती चोकसम्मको पाइपलाइनको बाटोको दुरी करिब एक किलोमिटर हुनेछ । रजतजयन्ती चोकदेखि पाइपलाइनको बाटो वीरगन्जको बाइपास सडक खण्ड हुँदै गण्डक सिँचाइ आयोजनासम्म पुग्नेछ । यसको दुरी करिब साढे आठ किलोमिटर हुनेछ । निगमका अनुसार गण्डक सिँचाइ आयोजनाबाट परवानीपुर, सिर्सिया खोलाको मुनि र रेलवे पुलमुनि हुँदै जितपुरसम्म पाइपलाइन ओछ्याउन विस्तृत अध्ययन खाका तयार पारिएको छ । जितपुर हुँदै सिमरादेखि पथलैयामा सुरु हुने जंगलसम्म पाइपलाइनको बाटो पुग्नेछ । गण्डक सिँचाइ आयोजनादेखि पथलैयाको सुरु हुने बाटोसम्मको दुरी करिब १८ किलोमिटरको हुनेछ । त्यसपछि पथलैयाको जंगलैजंगल करिब १२ किलोमिटरको दुरी तय गरी अमलेखगन्जको डिपोसम्म पाइन लाइन ओछ्याउने योजना छ । प्रवक्ता खनालका अनुसार नेपालतर्फ करिब ३९ किलोमिटर पाइपलाइनको बाटो तयार हुनेछ । बाँकी दुई किलोमिटर पाइपलाइनको बाटो भारतीय क्षेत्रमा विस्तार गरिनेछ । बाटोमा पर्ने खोला र पुलमुनिको जमिनको सतहभन्दा करिब ३० मिटर गहिराइबाट पाइपलाइन ओछ्याइनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE