Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

दशैंतिहार र छठमा दैनिक उपभोग्यवस्तुमा सहुलियत, खसी–बोका पनि सहुलियतमा पाइने

\"khadya-samagri\" काठमाडौं । सरकारले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसरमा दैनिक उपभोग्यवस्तुमा सहुलियत दिने निर्णय गरेको छ । दैनिक उपभोग्यवस्तुको भाउ आकाशिएका बेला सरकारले सहुलियत दिने निर्णय गरेको हो । चाडबाडका बेला ब्यापारीहरुले अत्यावश्यकीय दैनिक उपभोग्यवस्तुमा भाउ बढाउने र नागरिकलाई झनै समस्या हुने गरेको छ । सरकारले आम नागरिकलाई राहत दिने गरी अत्याश्यकीय दैनिक उपभोग्य वस्तुमा सहुलीयत दिने निर्णय गरेको आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले बताए । दैनिक उपभोग्यवस्तुहरु नून, तेल, चिनी, चामल, दाल लगायतका १५ थरीका उपभोग्यवस्तुमा सहुलितय दिने निर्णय भएको छ । साथै खाना पकाउने एलपी ग्यासमा समेत सहुलियत दिने निर्णय गरेको प्रवक्ता रेग्मीले बताएका छन् । सहुलियत रुवरुप खाना पकाउने एलपी ग्यासमा उपभोक्ताले प्रतिसिलिण्डर ५० रुपैयाँ सहुलियत पाउनेछन् । खाना पकाउने ग्यासको भाउ अहिले १३ सय ७५ रुपैयाँ रहेको छ । यहि असोज १ गतेदेखि सहुलियतमा उपभोग्य वस्तुको विक्री गरिने भएको छ । सुपथ मूल्य पसल सञ्चालन गरेर सरकारले सहुलियतमा दैनिक उपभोग्य वस्तुको विक्री गर्न लागेको हो ।
दैनिक उपभोग्यवस्तुहरु नून, तेल, चिनी, चामल, दाल लगायतका १५ थरीका उपभोग्यवस्तुमा सहुलितय दिने निर्णय भएको छ । साथै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ५० रूपैयाँ सहुलियत हुनेछ ।
दशैंतिहारमा बढी खपत हुने चामल, घ्यू, तेल, नून, चिनी, पनिर तथा खसी–बोका र च्याङ्ग्रामा पनि सहुलियत दिने सरकारले निर्णय गरेको छ । आपूर्ति मन्त्रालयकाअनुसार उपभोक्ताले चामल र चिनीमा प्रतिकिलो पाँच रुपैयाँ, नूनमा २, घ्यू प्रतिकिलो १० रुपैयाँ छुट पाउनेछन् । यस्तै, खाद्य संस्थानले १५ थरीका चामल, फापर र सिमीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिनेछ । असोज १ गतेदेखि शुरु गरिने सहुलियत पसल कात्तिक २१ गतेसम्म सञ्चालित हुनेछ । आपूर्ति मन्त्रालयले खाद्य संस्थान, साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, दूग्ध विकास संस्थान र आयल निगमलाई सहुलियतमा सामान उपलब्ध गराउन निर्देशन दिएको छ । खाद्य संस्थानले थापाथलीको विक्री कक्ष, बल्खु, नेशनल ट्रेडिङको कार्यालयसहित ललितपुर र भक्तपुरमा गरी ११ ठाउँमा सुपथ मूल्यका पसल सञ्चालन हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दैनिक उपभाेग्यवस्तुमा सहुलियत दिने बताएका थिए । प्रधानमन्त्रीकाे निर्देशनअनुसार अापूर्ति मन्त्रालयले सहुलियत दिने निर्णय गरेकाे हाे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies