Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

सभामुख पढेकै विद्यालयमा यस्तो अनौठो तथ्य

\"omsari-gharti-750\" रोल्पा, १५ भदौ । सभामुख ओनसरी घर्तिमगरले एसएलसी उत्तीर्ण गरेको रोल्पा जिल्लाको सदरमुकाम लिबाङस्थित बालकल्याण उच्चमाध्यमिक विद्यालयमा छात्रभन्दा छात्राको सङ्ख्या बढी रहेको छ । हाल विद्यालयको १ देखि कक्षा १० सम्मको कुल विद्यार्थी सङ्ख्या एक हजार ४१३ रहेकामा छात्र ६३२ र छात्रा ७८१ जना अध्ययनरत छन् । सभामुख ओनसरी घर्तिमगरले २०४९ सालमा भर्ना भई २०५१ सालमा एसएलसी उत्तीर्ण गर्दा भने बालकल्याण उच्चमाध्यमिक विद्यालय, लिबाङमा छात्राभन्दा छात्रको सङ्ख्या बढी भएको विद्यालयले जनाएको छ । सो समयमा घर्तिमगरसँग एसएलसी परीक्षामा १६ छात्रा र ६२ जना छात्र सहभागी थिए । सदरमुकामकै बोर्डिङ स्कुलको तथ्याङ्कमा भने छात्राभन्दा छात्रको सङ्ख्या बढी देखिएको छ जसअन्तर्गत होलिभिजन आवासीय मावि लिबाङ, रोल्पामा कुल ६०६ जना विद्यार्थी रहेकामा २९१ छात्रा र ३१५ जना छात्र अध्ययनरत छन् । यस्तै, ब्राइट फ्युचर आवासीय मावि लिबाङ, रोल्पामा कुल २७५ विद्यार्थी रहेकामा १४५ छात्र र १३० जना छात्रा अध्ययनरत छन् । ‘‘सदरमुकामकै निजी विद्यालयमा सरकारी विद्यालयको तुलनामा छात्राभन्दा छात्रको सङ्ख्या बढी हुनुले पनि अझै छोरा र छोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको पुष्टि गर्छ”, अवकाश प्राप्त एक विद्यालयका प्रधानाध्यापक खोविलाल सुवेदीले भने । यस्तै, होलिभिजन आवासीय माविका प्रिन्सिपल ओम केसीका अनुसार, ‘अझैपनि समाजमा छोरा र छोरीका बीचको विभेदको अन्त्य भइसकेको छैन । छोरीलाई लगानी खेर गएको मान्ने केही परिवारले अझै पनि छोरालाई निजी विद्यालय र छोरीलाई सरकारी विद्यालयमा पठाइरहेको हुँदा यसो भएको हो ।’ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० रोल्पाका अध्यक्ष नौलसिंह पुनका अनुसार गतवर्षको निजी विद्यालयको तथ्याङ्कमा छात्राभन्दा छात्रको सङ्ख्या नै बढी छ । उनले भने, ‘यसबाट पनि के प्रस्ट हुन्छ भने अझैपनि हाम्रो समाजले छोरीलाई भन्दा छोरालाई प्राथमिकतामा राख्दै आएको छ ।’ छोरीलाई अनिवार्यरुपमा शिक्षा दिनुपर्छ भन्ने चेतनाको विकास नभएका कारण पनि लैङ्गिक विभेदको अन्त हुन नसकेको पुनले बताए । यस्तै, जिल्ला शिक्षा कार्यालय, रोल्पाको शैक्षिक सत्र २०७२÷७३ को तथ्याङ्क हेर्दा जिल्लामा ८९ हजार ७९७ जना कुल विद्यार्थी सङ्ख्या रहेकोमा ४४ हजार ३८५ छात्र र ५५ हजार ४१३ जना छात्राको सङ्ख्या रहेको छ । अझैपनि छोरालाई सहरका महँगा र ठूला विद्यालयमा पठाउने अनि छोरीलाई गाउँकै साधारण सरकारी विद्यालयमा पढाउने परम्परा यथावत् रहेको हुँदा सरकारी विद्यालयमा छात्राको सङ्ख्या बढी भएको हुनसक्ने समाजसेवी सरस्वती आचार्यले बताउछिन् । ‘दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था’ भन्ने नारा सरकारले अघि सारेको छ, तर पनि सोचेअनुरुप लक्ष्य हासिल गर्न सकिरहेको अवस्था छैन, उनले भनिन् । जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलका अनुसार निजी विद्यालयप्रति अभिभावकको आकर्षण तानिएको हुँदापनि निजी विद्यालयमा भन्दा सरकारी विद्यालयमा छात्राको सङ्ख्या बढी भएको हुनसक्ने उनको बुझाइ छ । पौडेलले भने, ‘अझैपनि केही परिवारले छोराभन्दा छोरीलाई कम महत्व दिँदै आएका छन् । छोरा र छोरीका बीचको लैङ्गिक विभेद अन्त नभइसकेको हुँदा पनि यसो भएको हुन सक्छ ।” यस्तै, बालकल्याण उच्च मावि, लिबाङका प्राचार्य मधुसूदन पोख्रेलका अनुसार छात्र वैकल्पिक उपायको खोजीमा जाने भएको हुँदा सरकारी विद्यालयमा छात्राको सङ्ख्या बढी भएको हुनसक्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies