Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

गायीका पविताको दोस्रो एल्वम ‘मौकैले हो की’ सार्वजनिक

\"14364813_1075498655880206_8985414057280061502_n-2\"काठमाडौं, २ असोज । गायिका, मोडल तथा नाट्यर्मी पविता पूमा राईको दोस्रो गीति एल्वम् ‘मौकैले हो की’ सार्वजनिक भएको छ । चिन्डो म्युजिकद्वारा आयोजित बिमोचन समारोहमा शनिबार प्रमुख अथिति प्राज्ञ श्रवण मुकारुङ, संगीतकार पारस मुकारुङ, गीतकार रमेश पौडेल तथा गायिका पविता पूमा राईले संयुक्त रुपमा एल्वम् बिमोचन गरेका थिए । कार्यक्रममा प्रमुख अथिति श्रवण मुकारुङले एल्वममा रहेको पूर्वेली जुहारी गीतको चर्चा गर्दै भने– ‘जुहारी गीत संगीतभन्दा बढी साहित्य हो । गाउँमा मेला–पातमा एउटै लय र धुनमा सात दिन सात रातसम्म पनि हाम्रा पूर्खाहरु जुहारी गाउँथे । धुन त एउटै भइहाल्यो, त्यसमा कति कथ्नुपथ्र्यो होला त शब्द । त्यस हिसाबले जुहारी गीत चाँही साहित्य बढी संगीत कम हो ।’ एल्वममा विविधता रहेको मुकारुङले बताएका थिए । उनले भने– ‘एल्वममा डाइमेन्सन छ । हत्तपत्त एउटै एल्वममा जुहारी, रोमान्टीक र अहिले हामीले भनिरहेको सुगम संगीत सुन्न पाइन्न । तर, त्यो डाइमेन्शन यस एल्वममा छ ।’ मुकारुङले थपे– ‘हामीले गर्ने संगीत दुई प्रकारका छन्, क्रिएटीभ र सोध÷अनुसन्धान÷संकलन । हामीले अहिले गरिरहेको संगीत भनेको क्रिएटीभ हो । लोकधुनलाई हामीले इलिमेन्टस् (तत्व)को रुपमा लिने हो । लोक गीतहरुमा धुनको लिमिटेशन (सीमा) हुन्छ । आजको संसारमा संगीत यसले मात्रै पूर्ण हुन सक्दैन ।’ त्यसैगरी चर्चित संगीतकार पारस मुकारुङले एल्वममा रहेको संगीतमाथि समिक्षात्मक टिप्पणी राख्दै भने– ‘एल्वममा रहेको संगीतले आफूलाई गाउँमै रहेको अनुभव गरायो । र, अहिलेको पुस्ता इस्टेज वरेन्टेड भएर गीत गाइरहेका छन् ।’ वर्तमान नेपाली संगीतको बारेमा चर्चा गर्दै पारसले भने– ‘हामी कसरी गीत निर्माण गर्दैछौं ? गीतको बिचार कहाँनीर छ ? मेलवादेवीदेखि यहाँसम्म आउँदा वीचमा नेपाली संगीत नै छैन । भाषा मात्रै नेपाली गायौं कि संगीत पनि नेपाली गायौं ? हामी गम्भीर हुन जरुरी छ ।’ उनले थपे– ‘नेपाली संगीतलाई विश्वव्यापीकरण गर्ने नाममा हामीले अरु नै संगीतको सेवा ग¥यौं । राज्यले थोपरेको सुगम संगीतले हाम्रो मौलिक संगीतलाई ओझेल पा¥यो । हामी संगीतमा समय र पुँजी दुवै खर्च गरिरहेका छौं । हामीले खर्च गरेको समय र पुँजीले हाम्रै सौन्दर्यको संगीत निर्माण गर्न हामी लागीपर्नुपर्छ ।’ कार्यक्रममा बोल्दै गीतकार रमेश पौडलले भने अहिले प्रविधिले संगीतलाई खाइदिएको बताए । उनले भने– ‘गीत अनुसारको संगीत हुँदा मात्रै सृजना अमर हुन्छ ।’ उनले एल्मका गीतहरु माझकिरातको परिवेशमा केन्द्रीत रहेको बताएका थिए । गायिका पविता पूमा राईले भने आफूले संगीत सिक्ने क्रममा प्राप्त गरेका शब्दहरु गाएको र आगामी दिनमा पूर्वेली जुहारी गीत गाएर नेपाली संगीतको क्षेत्रमा निरन्तर यात्रा गरिरहेका बताएकी थिइन् । कार्यक्रममा राजेश राई पूमाद्वारा निर्देशित ‘मौकैले हो की ’म्युजिक भिडियो समेत प्रदर्शन गरिएको थियो । म्युजिक भिडियोमा योगेन्द्र राई र इसीका लिम्बुले अभिनय गरेका छन् । एल्वममा गायिकालाई  राजेश पायल राईले गायनमा साथ दिएका छन् भने रुबेन पुन मगर ‘रन’, लालमान राई, व्याकुल माईला, लक्ष्मिप्रसाद घिमिरे, बडाजित राई र सुरज राईको शब्द रहेका छन् । सुमन राई, डि.आर. अटु, बडाजित राई, सुरज राई र रुबेन पुन मगर ‘रन’को संगीत रहेको छ । मौकैले हो की, उकाली ओराली, एकोहोरो भयौ, तिम्लाई, पहिलो भेटमै, टाढा टाढा र मेरो मनको गरी सात गीत संग्रीहित छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending