Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

माओवादी आन्दोलन दबाउन ६२ हजार फौज

काठमाडौं, एमाओवादी नेतृत्वमा ३० दलीय मोर्चाद्धारा घोषित आन्दोलनलाई दबाउन सरकारले ६२ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–मोर्चाको आन्दोलन कुनै पनि हालतमा असफल पार्न ६२ हजार सुरक्षाकर्मी परिचालन गर्न गृह मन्त्रालयले तयारी पूरा गरेको हो । उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको निर्देशन र सक्रियतामा भएको यो तयारीबारे उनले प्रधानमन्त्री सुशील कोइरालालाई जानकारी दिएका छन् । गृह सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुखहरु, नेपाली सेनाका जर्नेल, प्रहरीका अपरेसन विभागका प्रमुख र उपत्यका प्रमुख तथा पाँचै विकास क्षेत्रका क्षेत्रीय प्रशासकको दलबलसहित बिफ्रिङका लागि सोमबार बिहान ९ बजे बालुवाटार पुगेका उपप्रधानमन्त्री गौतमले उक्त संख्याको फौजलाई दैनिक दुई सय ५० रुपैयाँका दरले खाजा भत्ता अर्थ मन्त्रालयबाट अलग्गै निकासा हुनुपर्ने माग पनि गरे । सुरक्षा तयारी बारे जानकारी दिन प्रधानमन्त्रीले अर्थमन्त्री डा. रामशरण महत, कानुनमन्त्री नरहरि आचार्य, संचारमन्त्री मिनेन्द्र रिजाल र वनमन्त्री महेश आचार्यलाई पनि बालुवाटार बोलाएका थिए । गृह मन्त्रालयको हिसाब अनुसार सरकारले फौजको खाजाको लागि मात्र दैनिक एक करोड ५० लाख रुपैयाँसम्म निकासा दिनुपर्नेछ । आन्दोलनकारी नियन्त्रण गर्न फौजले बिहानैदेखि खट्नुपर्ने भएकाले उनीहरुको मनोबल उठाउन भत्ता व्यवस्था गर्न लागिएको हो । उपत्यका र तराईमा फौज परिचालन गरिने योजना ३ घण्टाको बिफ्रिङमा सुनाइएको थियो । मोर्चाले चैत १५ देखि २६ सम्म सरकारविरोधी कडा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: