Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

धरानको बीपीमा विद्यार्थी भर्ना चलखेल

\"bp-koirala-hospital-750\"काठमाडौं, ९ असोज । निजी मेडिकल कलेजहरुले विद्यार्थी भर्ना प्रक्रियामा अनियमितताको आरोप खेपिरहेका बेला मुलुककै एक प्रतिष्ठित मेडिकल कलेजले पनि व्यापक भर्ना अनियमितता गरेको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको अनुसन्धानबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्ट ग्य्राजुएट (पीजी) तर्फ सरकार मातहतका संस्थाले ‘स्पोन्सर’ गर्ने कोटको भर्ना प्रक्रियामा अनियमितता भएकोे पुष्टि भएको आजको अन्नपूर्ण पोष्टमा खबर छ । ऐनअनुसार उक्त कोटामा अध्ययन गर्न सरकारी संस्थामा कम्तीमा दुई वर्ष काम गरेको हुनुपर्छ । मन्त्रालय स्रोतका अनुसार स्पोन्सर गरिएका तीन विद्यार्थी हाल कुनै पनि सरकारी संस्थामा आबद्ध छैनन् । प्रतिष्ठानका पदाधिकारीको मिलेमतोमा उनीहरुलाई भर्ना गर्दा सम्बन्धित कार्यविधि नअपनाइएको, प्रक्रिया पूरा नगरेको, उत्कृष्ट प्राप्तांकका आधारमा भर्ना नगरेको भेटिएको हो । प्रतिष्ठानले पूर्वाधारबिना सिट निर्धारण गरी विद्यार्थी भर्ना गरेको पनि अनुसन्धानबाट पुष्टि भएको छ । भर्नामा अनियमितता भएको सूचना बाहिर आएपछि स्वास्थ्य मन्त्री गगन थापाले छानबिनका लागि स्वास्थ्य मत्रालयको चिकित्सा सेवा महाशाखाका निर्देशक डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति गठन गरी त्यहाँ खटाएका थिए । अनुसन्धानपछि प्रतिष्ठानमा अनियमितता भएको पुष्टिसहितको प्रतिवेदन समितिले मन्त्री थापालाई बुझाएको छ । प्रतिवेदनबारे जाकारी लिएपछि मन्त्री थापाले शुक्रबार प्रतिष्ठानका रजिष्ट्रार र मेडिकल काउन्सिलका अध्यक्षलाई मन्त्रालयमा बोलाएर केकति कारणले अनियमितता भयो भनि स्पष्टिकरण लिएका छन् । उनले थप कारबाही अघि बढाउने चेतावनीसहित प्रतिष्ठानका अन्य पदाधिकारीलाई स्पष्टीकरण सोध्ने र भर्ना प्रक्रिया स्थगन गर्न निर्देशन समेत दिएका छन् । उनले प्रतिष्ठानको आउँदो सिनेट बैठकमा विद्यार्थी भनाएका लािग प्रवेश परिक्षामा काउन्सिल ऐनअनुसार ५० प्रतिशत नम्बर ल्याउनुपर्ने व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE