Khabar Dabali २३ बैशाख २०८३ बुधबार | 6th May, 2026 Wed

युद्धमा पति गुमाएका दुई छापामारकाे प्रेरणादायी जीवन कथा

काठमाडौं । अलि तलै मोटरबाटो । अगाडि ठूलो पोखरी । मान्छेहरु यसलाई नागदह भन्दारहेछन् । बीचमा नागको मूर्ति पनि । दहको भित्तामा केही टहराहरु छन्– गाउँका गोठजस्ता । मोटरसाइकल भित्तामा टास्यौं र उक्लियौं– तीन–चार कान्ला माथि । देख्यौं, एउटा टिनको टहरो । अघि–अघि चोयाको छत्रे टोपी र पछि–पछि जुठा भाँडा बोकेर टहराबाहिर निस्किए दुई दिदी–बहिनी । [caption id=\"attachment_9514\" align=\"alignleft\" width=\"225\"]\"सडक सडक आन्दोलनमा रेखा र प्रतिमा (तस्विर: खबरडबली)[/caption] बारीको छेउबाट मुखमा मास्क लगाई आफूतिर आउँदैगरेका हामीलाई देखेपछि भाँडा भुइँमा राखेर दुईजोर आखाँले एकतमास हेरे । अलि नजिक पुगेपछि हामीले मास्क खोल्यौं । हाँसे । हामी पनि हाँस्यौं । ‘हैन कस्तो ‘सरप्राइज’ हो आज ! को मान्छे होला भन्या त’ प्रतिमाले भनिन् । रेखाले सोधिन्– ‘कताबाट बाटो बिराएर हो नि आज ?’ सिनित्त आँगनको सानो चौकोसो । सिमेन्टको ब्लकले बनाइएका लहरै ढोकाहरु । नबस्तै गनें– सात वटा । हरियो टिनको छाना । बाँसका खाँबाहरु । सानो पिँढी । पिँढीको भित्तामा झुन्ड्याइएको ऐना र ऐनाभित्र मुस्कुराएको कसैको फोटो ।         [caption id=\"attachment_9507\" align=\"aligncenter\" width=\"750\"]\"rekha7\" रेखा र प्रतिमा तरकारी खेतीमा काम गर्दै । (तस्विर: खबरडबली)[/caption] ढोका छेउमा झुन्डिइरहेको भित्तेपात्रो । अर्को छेउमा जिन्दगी नाप्दैगरेको भित्तेघडी पनि । आँगनको एकाछेउमा माटो लत्पतिएका दुईजोर बुटजुत्ता । भाँडा चटक्क छाडेर आइन् रेखा । रेखाको पछिपछि प्रतिमा । प्रतिमाले बाँसका मुढा ल्याइन् चारवटा । खुला ढोकाभित्र ह्वात्त आँखा पुगे– भित्र स्विटर बुन्दैगरेकी बूढी आमा । दलानको एक छेउमा ओच्छयाइएको म्याट । अर्को छेउमा परालको चकटी । आँगनको डिलमुनि फुलिरहेका तोरीका पहेँला फूल, रेखा र प्रतिमाजस्तै । अलि पहिले उनका अनुहार राताजस्ता लाग्थे । अँ, अहिले ती तोरीजस्तै पहेंला । सिनित्त हेरें दुबै दिदीलाई । होइन, पहेंलिएकै हुन् । रित्ता केही गमलाहरु । बेलाबेला घरमाथिबाटै उडिजाने हवाईजहाजको आवाज । त्यो आवाजलाई पच्छ्याउँदै जाँदा अलि पर काठमाडौको सिरानमा देखिने शिवपुरी जङ्गल । दुई दिदीबहिनीको अस्थायी घरको आँगनमा पुगेर बस्यौं हामी । ‘मिनी कम्युन नै बनाउनुभएछ नि दिदी ?’ कुरा सुरु गरें । ‘त्यस्तै भन्नुपर्यो भाइ’ रेखाले भनिन् । चार परिवारको टहरो । रेखाकी आमा, भाइ–बुहारी, प्रतिमा दिदी अनि उनकी भदैनी । ‘बाहिर बस्दा कोठाभाडा भन्यो, के भन्यो; त्योभन्दा त बरु यतै राम्रोे’ प्रतिमाले थपिन् । [caption id=\"attachment_9506\" align=\"alignright\" width=\"300\"]\"rekha5\" रेखा र प्रतिमाको कृषि क्रान्तिबाट उत्पादित तरकारी (तस्विर : खबरडबली)[/caption] मेरा मित्र विष्णु भण्डारी । उनी आफ्नो आख्यान पूरा गर्न काल्पनिक होइन, वास्तविक पात्र खोज्दैछन् । उनैले सुरु गरे सोधपुछको काम र आउनुको कारण । मेरो भने अर्कै उद्धेश्य । मनमनै टिप्न थालें रिपोर्टका लागि चाहिने सामग्री । रेखैरेखाले बिथोलिएकी ‘रेखाको बक्ररेखा’ सोलुखुम्बुमा जन्मिएका ‘रेखा’ । खास नाम टीका बास्तोला । पार्टीले परिचय दियो रेखालाई । जनयुद्धभर काठमाडौंमा युद्ध लडिन् रेखाले । काठमाडौंमै पढ्न आएकी रेखालाई विद्यार्थी राजनीतिले छोयो । सम्झन्छिन्– ‘बा पहिले नै राजनीति गर्थे गाउँमा । राजनीतिक चेत थियो सानैमा ।’
बचेखुचेकाहरुलाई पार्टीले ‘भ्याली छाड्नू’ भनेपछि रेखा भीमलाई दुस्मनको कब्जामै छाडेर निस्किइन् भ्यालीबाट
भेट भयो उनको भीम गिरीसँग । भीम गिरी विद्यार्थी राजनीतिका एक नेता । बझांगका गिरी पनि पढ्ने मेलोमै काठमाडौं आइपुगेका । राजनीतिमै मन बस्यो दुबैको । समयको अन्तरालमा मन फेरियो विवाहसम्म । जनवादी विवाह गरिन् गिरीसँग । मलिन अनुहारमा भनिन्– ६० मा गिरफ्तार हुनुभयो । रेखाका जीवनमा बक्ररेखा सुरु भए । पहिल्यै समातिएका ‘गद्धार’ हरुबाट खतरा बढ्यो भ्यालीमा । समातिन थाले सहयात्रीहरु । बचेखुचेकाहरुलाई पार्टीले ‘भ्याली छाड्नू’ भनेपछि रेखा भीमलाई दुस्मनको कब्जामै छाडेर निस्किइन् भ्यालीबाट । [caption id=\"attachment_9503\" align=\"alignleft\" width=\"300\"]\"rekha2\" रेखा र प्रतिमाको कृषि क्रान्तिबाट उत्पादित तरकारी (तस्विर : खबरडबली)[/caption] काभ्रेमा पुगी केही समय कलाकार टिम सम्हालिन् । ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ योजना बनेपछि फेरि उनी एसटीएफको जिम्मेवारी सम्हाल्दै भ्याली पसिन् । ‘भ्याली आउँदा सोचेकी थिएँ, दुस्मनको कब्जामा हुनुभएका कमरेड भीमलाई छुटाउन आउँदैछु  । तर ... !  कुरा बीचमै रोकिन् रेखाले, केही बोलिनन् अगाडि । मित्र विष्णु भण्डारीले सोधे फेरि केही प्रश्नहरु । ६२/६३ को जनआन्दोलनमा रेखाको टिम सक्रिय भएर लाग्यो । युद्धबिराम भएपछि भीम सार्वजनिक होलान् भन्ने ठूलो आशा जाग्यो रेखालाई । तर, समय बित्दै गयो । पार्टी देशकै बलवान् पार्टी बन्यो । पार्टीकै नेतृत्वमा दुई–दुई पटक सरकार बने । तर, बेपत्ता कसैको खुटखबर थाहा भएन । बालुवाटार, सिंहदरबारलगायतका अनेकौं सरकारी कार्यालयहरुमा कयौं पटक ‘बेपत्ता सार्वजनिक गराऊ’ भनी आन्दोलन गरेका, धर्ना बसेका थुप्रै सम्झना तातै छन् उनीसँग । ‘सबै प्रयास उपलब्धहीन भए’ उनले सुस्तरी भनिन् । तर, देशलाई यो अवस्थासम्म ल्याउन एक बारको जुनी दाउमा राखिहिँडेका बेपत्ता योद्धाहरुको अवस्था कहिल्यै सार्वजनिक भएन । समाचारमा कहिलेकाहीं भैरवनाथ गण, शिवपुरी जङ्गलजस्ता हल्ला सुन्दा मन अमिलो भएर आउँछ रेखाको । कहिले त ‘त्यहीं–त्यतै जाऊँ र उत्खनन् गरुँ, भेटिन्छ कि कतै’ भनेजस्तो पनि लाग्छ रेखालाई ।
रुपान्तरणबिनाको यस्तै पार्टीको पछिपछि लागिरहनु भनेको हजारौं सहिद–बेपत्ता योद्धाहरुको अपमान गर्नु हो
जीवनका अनेकौं जटिलतासँगै पार्टी र आन्दोलनका पनि विविध जटिलता । यिनका बाबजुद पनि निरन्तर उनी लागिरहिन् आन्दोलनमै । ललितपुर जिल्ला पार्टीको सहसचिव एवम् नेवाः राज्यको सचिवालय सदस्य बनिन् । [caption id=\"attachment_9502\" align=\"alignright\" width=\"300\"]\"rekha_pratima1\" रेखा र प्रतिमाको कृषि क्रान्तिबाट उत्पादित तरकारी (तस्विर : खबरडबली)[/caption] ‘अन्ततः पार्टी फुट्यो । सहिद–बेपत्ता योद्धाहरुको अस्थिपञ्चर बाँचीचुँडी गरेजस्तो लाग्यो’, लामो सास तान्दै भन्छिन् उनी । संविधानसभाको दोस्रो निर्वाचनका क्रममा रेखालाई समानुपातिकमा प्रतिनिधित्व गराउने कुरा चल्यो । उनी पनि एक उपयुक्त पात्र नै ठानेर साथीहरुले उनको नाम पनि प्रस्तावित गरे । तर, पछि उनले थाहा पाइन्, रेखाजस्ता ‘जेन्युन’ पात्र होइन, बेलाबखत पार्टीमा घुसेका बहुरङ्गी मान्छेहरु चाहिँ बनाइए सभासद । पुगेनछ उनको ‘योग्यता’ । मनमनै सोचिन्– ‘रुपान्तरणबिनाको यस्तै पार्टीको पछिपछि लागिरहनु भनेको हजारौं सहिद–बेपत्ता योद्धाहरुको अपमान गर्नु हो ।’ आत्मनिर्णय सुनाइन् रेखाले– ‘बरु साधारण सदस्य मात्रै भएर बस्छु  । पछि निर्णायक परिस्थिति आएछ भने त्यसबेला फेरि लड्न आउँछु अग्रमोर्चामै ।” ‘छोरी ! चिया पाक्यो है’ भित्रबाट बूढीआमाको आवाज आयो । प्रतिमा गइन् चिया लिन । ‘यहाँ अलि गर्मी भयो, भित्रै जाउँ कि ? सोधिन् रेखाले । ‘हैन दिदी ! यहीं ठीक छ, बरु अलिक् सितलतिर सरौं न त’– मैले भनें । विष्णु भण्डारी रेखालाई अरु पनि के–के सोध्दै थिए । चिया आइपुग्यो । चिया पिउँदै सुरु भयो अर्की छापामार चेलीको जीवनकथा । उनले कुर्नु पर्दैन, रुनुपर्छ जनयुद्धको रणनीतिक प्रत्याक्रमणको चरणदेखिबाट कुरा सुरु गरिन् प्रतिमाले । त्यतिबेला उनी ‘बेथान स्मृति बटालियन’ मा कार्यरत थिइँन् । १३औं बटालियनको कमिसार थिए उनका श्रीमान् । पार्टी नाम थियो दिनेश । वास्तविक नामचाहिँ कमलप्रसाद शर्मा । घर सिन्धुपाल्चोक । प्रतिमाको चाहिँ दोलखा । २०६२ बैशाख २६ गते बन्दीपुरमा जनमुक्ति सेनाले हमला गर्यो । त्यहीं सहादत प्राप्त गरे दिनेशले । प्रतिमाको नाम पनि थपियो हजारौं सहिद परिवारको सूचीमा ।
बन्दीपुरमा जनमुक्ति सेनाले हमला गर्यो । त्यहीं सहादत प्राप्त गरे दिनेशले
मन कठोर बनाइन् उनले त्यसबेला । मनमनै सम्झिइन् आफूजस्तै हजारौं कोख रित्तिएका आमाहरु । जीवनसाथी गुमाएका हजारौं सहिद परिवारहरु । शोकमा डुबेर हुँदैन । एक दिन जरुर जितिन्छ । यस्तै सोचेर उनी श्रीमानले छाडेको बन्दुक उठाउँदै युद्धमोर्चामा डटिन् । कमरेड दिनेशजस्तै सहिद भएर देखाउँछु भन्दै लडाइँको मोर्चामा अघिअघि गइन् । उनलाई पनि गोली लाग्यो । सिन्धुपाल्चोकको ठोकर्पा भीडन्तमा । नराम्रोसँग घाइते भइन् । ‘सहिद हुन पाइँन, शायद श्रीमानको अपूरो सपना पूरा गर्ने दायित्व ममा थपिएको थियो’– चियाको अन्तिम घुट्को पिउँदै उनले भनिन् । केही समयको उपचारपछि उनी फेरि निस्किइन् युद्धमोर्चामै, घाइते बघिनीजस्तै भएर । हिमालको काखदेखि सैलुङ, महाभारत, हुँदै चुरेका फाँटसम्म । काँधमा बन्दुक बोकेर जनमुक्ति सेनाको ‘फरमेसन’ मा हिँडिरहिन् । कयौं ठाउँका भीडन्तमा बहादुरीका साथ लडिन् । मरिनखोलाको बगरैबगर हिँड्दा ‘फरमेसन’ मा अघिपछि दिनेशको प्रतिच्छायाँ देखिरहन भने छाडिनन् । युद्धभूमिमा नचाहेरै कयौं घाइते छापामारहरुलाई छाडिहिँड्नु पर्थ्यो । पार्टीले सहिद घोषणा गर्थ्यो । तर, पछि जीवित नै टुप्लुक्क आएका पनि उदाहरण थिए कयौं । उनी भन्छिन्– ‘त्यस्तै भइदिए... !  धेरै कल्पना गर्थें ।’ सहयोद्धा साथीका अगाडि कहिल्यै आँशु देखाइनन् उनले । भनिन्– ‘जब म एक्लै हुन्थें, मन थाम्नै सक्दिनथें; अनायासै बगिरहन्थ्यो एकोहारो आँशु ।’
नेताहरु प्रतिमाले भेट्न नसकिने ‘अलौकिक देवता’ बने
शान्ति प्रक्रिया सुरु भयो । श्रीमानको रगतसँग साटेका बन्दुक ब्यारेकमा थन्क्याएर प्रतिमा आइन् काठमाडौं । अन्तरिम विधायिकाकी सदस्य बन्न । पार्टीले उनलाई सदनमा पठायो । सोचिन्– ‘अब त पक्कै पूरा होलान् सहिदका सपना । तर, समय बित्दै जाँदा पार्टीको आन्तरिक पक्ष कमजोर हुँदै पो जान थाल्यो ।’ [caption id=\"attachment_9505\" align=\"alignleft\" width=\"300\"]\"rekha4\" रेखा र प्रतिमा तरकारी खेतीमा काम गर्दै । (तस्विर: खबरडबली)[/caption] अलि उदास हुँदै भन्छिन्– ‘अन्तिममा पार्टी त दुई चिरा भयो ।’ उनको मनमा निराशा छाउन थाल्यो । नेताहरु प्रतिमाले भेट्न नसकिने ‘अलौकिक देवता’ बने । पार्टी झनझन् बिग्रँदै जान थाल्यो । प्रतिमाहरु नै पो मुन्टो लुकाएर हिँड्नुपर्ने जस्तो अवस्था आयो । त्यसपछि उनी पनि पुगिन् रेखाकै सोचमा । प्रतिमाको अनुहारमा कहिले आक्रोश देखिन्थ्यो त कहिले गम्भीर निराशा । ‘सकियो त तपाईंहरुको कुराकानी ?’ हातमा खाजा बोकेर निस्किइन् रेखा, ‘ नानी ! त्यो अचार पनि लेऊ त ।” ‘मोटामोटी सकियो भनौं’, डायरी बन्द गर्दै अलि सितलतिर सरे  भण्डारी । मुखै रसाउने खाजा आइपुग्यो हाम्रो अगाडि । चिउरा, आलु–तरकारी, टमाटर र धनियाँको अचार, थोरै गेडागुडी, मासुका परिकार, चिसो फ्यान्टा । ‘के हो दिदी ! ललितपुरमा बसेपछि त तपाईंहरु पनि नेवारजस्तै पो हुनुभएछ त । खाजा पूरै नेवारी पो छ त’– चिसो पिउँदै मैले भनें । ‘हो नि भाइ, बूढापाकाले भनेजस्तो ‘देशगुनाको भेष, कपालगुनाको केस’ भन्या यही त हो’– हाँस्दै भनिन् प्रतिमाले । ‘आखिर जनसेना न पर्नुभयो । कुन ठाउँमा के गर्ने, सबै थाहा छ नि उहाँहरुलाई’ हाँस्दै भने कवि विष्णु भण्डारीले । विगतका तिता–मिठा पलहरु खोतलेपछि उनीहरु ‘रिफ्रेस’ हुन खाजा खाँदै केही रमाइला कुरा गर्दै थिए । मचाहिँ छिटछिटो खाइसकेर क्यामेरा बोकी दुई चेलीहरुको ‘खास पौरख’ हेर्न घरपछाडि लागें । ललितपुरको धापाखेलस्थित नागदह छेउमा एक वर्ष अगाडिदेखि सुरु गरेका हुन् दुई दिदीबहिनीले कृषि फार्म । हरिया, कल्कलाइरहेका आलु, काउली, टमाटर, धनियाँका बोटहरु, विभिन्न जातका सागपात । विभिन्नथरी बिरुवाहरु । घरभन्दा अलि माथि गाईको गोठ, आलीको कुनामा पानी तान्न ठिक्क पारेको मोटर । एउटी– घाइते छापामार, सहिद परिवार, सभासद भइसकेकी मान्छे । अर्की– बेपत्ता योद्धाकी परिवार, जिल्लाको नेतृत्व गरिसकेकी महिला नेतृ । दुबै जनाको घर यहाँ होइन । ‘मुक्ति या मृत्यु’ को कसम खाएर बन्दुक बोकी हिँडेका पूर्वछापामार । आज यहाँ आइपुगेका छन् । बेलाबखत कल्पना पनि गर्दाहुन्– ‘अघि हामी आ’को जस्तैगरी ‘सप्र्राइज’ दिँदै कुनै दिन भीम आइदिए ! काँधमा गह्रुँगो झोला बोकेर त्यसरी नै दिनेश आइदिए !’ आँगनमा रित्तै छन् गमलाहरु । करेसामा फुले पनि तोरीका पहेंला फूलहरु, फुलेका छैनन् मनका फूल । पारि, नागदहको डिलैडिल दिनभरिमा कति हिँड्छन् होला चारपाङ्ग्रे मोटर । तर, कहिल्यै हिँड्दैनन् हिजो ‘कासन’ दिने नेताका गाडी । बरु बरोबर देखिइरहन्छन् टेलिभिजनका स्क्रिनहरुमा ‘डिनर’ मा झुमिरहेका नेताका चिल्ला अनुहार ।
१० रोपनी जग्गामा सुरु गरेको । वर्षको एक लाख रुपैयाँ भाडा दिनुपर्ने । उत्पादन भइसकेपछि यहीं आइपुग्दारहेछन् लिने मान्छे । खेती गर्ने बानी छुटे पनि बिस्तारै सिक्दैछु भन्छन् दिदीबहिनी । उत्पादनबाट केवल जीविकोपार्जनको उद्धेश्य रहेको बताउँछन् उनीहरु । ‘घाटा छैन, फाइदा नै हुन्छ’
जीवनको आधा उमेर बित्दा समेत आँगनमा छैन टुकुटुकु हिँड्ने बालबालिकाको कुनै पदचाप । न त छ कुनै स्कुले बालबालिकाको सिँगान टाँसिएको कमिज, खिरिलो बाँसको खाँबामा झुन्डिएको । छ त केवल कहिल्यै नआउने मान्छेको कहिल्यै नटुंगिने प्रतीक्षा ! ‘राजु ! तपाईं त यहाँ पो एकोहोरिएर बसिरा’को ! के भयो ?’ प्रतिमाको स्वरसँगै झस्किएँ । ‘तपाईंहरुको मेहनत हेरेको नि दिदी’– मैले भनें । थप जिज्ञासा राखें, कृषि फार्मका बारेमा । १० रोपनी जग्गामा सुरु गरेको । वर्षको एक लाख रुपैयाँ भाडा दिनुपर्ने । उत्पादन भइसकेपछि यहीं आइपुग्दारहेछन् लिने मान्छे । खेती गर्ने बानी छुटे पनि बिस्तारै सिक्दैछु भन्छन् दिदीबहिनी । उत्पादनबाट केवल जीविकोपार्जनको उद्धेश्य रहेको बताउँछन् उनीहरु । ‘घाटा छैन, फाइदा नै हुन्छ’–सुनाइन् रेखाले । बेलाबेला दुखिरहन्छ प्रतिमाको घाउ । त्यसैले उनी अलिक बढ्ता भौतिक श्रम गर्न सक्दिनन् । भन्दैछन्, आलुका ड्याङ अलि साना भएछन् । ‘अस्ति प्रज्ञाभवनमा पुग्नुभयो त तपाईंहरु ? दोस्रो तहका नेताहरु जुट्दैछन् है, धेरै चिन्ता नगर्नुहोला’ फोटो खिँच्दै भने भण्डारीले । ‘हामी कुनै पनि कार्यक्रम छुटाउँदैनौं, एक जना यहाँ बस्छौं प्रतिनिधित्व गर्न एक जना पुग्छौं; उहाँ जानुभएको थियो’ फोटोका लागि ‘फोज’ दिँदै प्रतिमाले भनिन्– ‘तर, दुस्मनले पेल्दा मात्रै आउने बुद्धिको के भर हुन्छ र ! रुपान्तरणबिना त गाह्रो छ एकता ।’ ‘सब ढोंगीहरु हुन्, हेरिबस्नुहोला’, रेखाले तितो पोखिन्– ‘भोलि साँच्चै निर्णायक बेला आउँदा यी मान्छेहरुमध्येका ५० प्रतिशत भाग्छन् ।’ छापामार जोस देखाउँदै प्रतिमाले भनिन्– ‘बरु त्यसबेला हामी नै पुग्छौं, बलिदान दिन ।’ ६ चैत, २०७१
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending