बचेखुचेकाहरुलाई पार्टीले ‘भ्याली छाड्नू’ भनेपछि रेखा भीमलाई दुस्मनको कब्जामै छाडेर निस्किइन् भ्यालीबाटभेट भयो उनको भीम गिरीसँग । भीम गिरी विद्यार्थी राजनीतिका एक नेता । बझांगका गिरी पनि पढ्ने मेलोमै काठमाडौं आइपुगेका । राजनीतिमै मन बस्यो दुबैको । समयको अन्तरालमा मन फेरियो विवाहसम्म । जनवादी विवाह गरिन् गिरीसँग । मलिन अनुहारमा भनिन्– ६० मा गिरफ्तार हुनुभयो । रेखाका जीवनमा बक्ररेखा सुरु भए । पहिल्यै समातिएका ‘गद्धार’ हरुबाट खतरा बढ्यो भ्यालीमा । समातिन थाले सहयात्रीहरु । बचेखुचेकाहरुलाई पार्टीले ‘भ्याली छाड्नू’ भनेपछि रेखा भीमलाई दुस्मनको कब्जामै छाडेर निस्किइन् भ्यालीबाट । [caption id=\"attachment_9503\" align=\"alignleft\" width=\"300\"] रेखा र प्रतिमाको कृषि क्रान्तिबाट उत्पादित तरकारी (तस्विर : खबरडबली)[/caption] काभ्रेमा पुगी केही समय कलाकार टिम सम्हालिन् । ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ योजना बनेपछि फेरि उनी एसटीएफको जिम्मेवारी सम्हाल्दै भ्याली पसिन् । ‘भ्याली आउँदा सोचेकी थिएँ, दुस्मनको कब्जामा हुनुभएका कमरेड भीमलाई छुटाउन आउँदैछु । तर ... ! कुरा बीचमै रोकिन् रेखाले, केही बोलिनन् अगाडि । मित्र विष्णु भण्डारीले सोधे फेरि केही प्रश्नहरु । ६२/६३ को जनआन्दोलनमा रेखाको टिम सक्रिय भएर लाग्यो । युद्धबिराम भएपछि भीम सार्वजनिक होलान् भन्ने ठूलो आशा जाग्यो रेखालाई । तर, समय बित्दै गयो । पार्टी देशकै बलवान् पार्टी बन्यो । पार्टीकै नेतृत्वमा दुई–दुई पटक सरकार बने । तर, बेपत्ता कसैको खुटखबर थाहा भएन । बालुवाटार, सिंहदरबारलगायतका अनेकौं सरकारी कार्यालयहरुमा कयौं पटक ‘बेपत्ता सार्वजनिक गराऊ’ भनी आन्दोलन गरेका, धर्ना बसेका थुप्रै सम्झना तातै छन् उनीसँग । ‘सबै प्रयास उपलब्धहीन भए’ उनले सुस्तरी भनिन् । तर, देशलाई यो अवस्थासम्म ल्याउन एक बारको जुनी दाउमा राखिहिँडेका बेपत्ता योद्धाहरुको अवस्था कहिल्यै सार्वजनिक भएन । समाचारमा कहिलेकाहीं भैरवनाथ गण, शिवपुरी जङ्गलजस्ता हल्ला सुन्दा मन अमिलो भएर आउँछ रेखाको । कहिले त ‘त्यहीं–त्यतै जाऊँ र उत्खनन् गरुँ, भेटिन्छ कि कतै’ भनेजस्तो पनि लाग्छ रेखालाई ।
रुपान्तरणबिनाको यस्तै पार्टीको पछिपछि लागिरहनु भनेको हजारौं सहिद–बेपत्ता योद्धाहरुको अपमान गर्नु होजीवनका अनेकौं जटिलतासँगै पार्टी र आन्दोलनका पनि विविध जटिलता । यिनका बाबजुद पनि निरन्तर उनी लागिरहिन् आन्दोलनमै । ललितपुर जिल्ला पार्टीको सहसचिव एवम् नेवाः राज्यको सचिवालय सदस्य बनिन् । [caption id=\"attachment_9502\" align=\"alignright\" width=\"300\"] रेखा र प्रतिमाको कृषि क्रान्तिबाट उत्पादित तरकारी (तस्विर : खबरडबली)[/caption] ‘अन्ततः पार्टी फुट्यो । सहिद–बेपत्ता योद्धाहरुको अस्थिपञ्चर बाँचीचुँडी गरेजस्तो लाग्यो’, लामो सास तान्दै भन्छिन् उनी । संविधानसभाको दोस्रो निर्वाचनका क्रममा रेखालाई समानुपातिकमा प्रतिनिधित्व गराउने कुरा चल्यो । उनी पनि एक उपयुक्त पात्र नै ठानेर साथीहरुले उनको नाम पनि प्रस्तावित गरे । तर, पछि उनले थाहा पाइन्, रेखाजस्ता ‘जेन्युन’ पात्र होइन, बेलाबखत पार्टीमा घुसेका बहुरङ्गी मान्छेहरु चाहिँ बनाइए सभासद । पुगेनछ उनको ‘योग्यता’ । मनमनै सोचिन्– ‘रुपान्तरणबिनाको यस्तै पार्टीको पछिपछि लागिरहनु भनेको हजारौं सहिद–बेपत्ता योद्धाहरुको अपमान गर्नु हो ।’ आत्मनिर्णय सुनाइन् रेखाले– ‘बरु साधारण सदस्य मात्रै भएर बस्छु । पछि निर्णायक परिस्थिति आएछ भने त्यसबेला फेरि लड्न आउँछु अग्रमोर्चामै ।” ‘छोरी ! चिया पाक्यो है’ भित्रबाट बूढीआमाको आवाज आयो । प्रतिमा गइन् चिया लिन । ‘यहाँ अलि गर्मी भयो, भित्रै जाउँ कि ? सोधिन् रेखाले । ‘हैन दिदी ! यहीं ठीक छ, बरु अलिक् सितलतिर सरौं न त’– मैले भनें । विष्णु भण्डारी रेखालाई अरु पनि के–के सोध्दै थिए । चिया आइपुग्यो । चिया पिउँदै सुरु भयो अर्की छापामार चेलीको जीवनकथा । उनले कुर्नु पर्दैन, रुनुपर्छ जनयुद्धको रणनीतिक प्रत्याक्रमणको चरणदेखिबाट कुरा सुरु गरिन् प्रतिमाले । त्यतिबेला उनी ‘बेथान स्मृति बटालियन’ मा कार्यरत थिइँन् । १३औं बटालियनको कमिसार थिए उनका श्रीमान् । पार्टी नाम थियो दिनेश । वास्तविक नामचाहिँ कमलप्रसाद शर्मा । घर सिन्धुपाल्चोक । प्रतिमाको चाहिँ दोलखा । २०६२ बैशाख २६ गते बन्दीपुरमा जनमुक्ति सेनाले हमला गर्यो । त्यहीं सहादत प्राप्त गरे दिनेशले । प्रतिमाको नाम पनि थपियो हजारौं सहिद परिवारको सूचीमा ।
बन्दीपुरमा जनमुक्ति सेनाले हमला गर्यो । त्यहीं सहादत प्राप्त गरे दिनेशलेमन कठोर बनाइन् उनले त्यसबेला । मनमनै सम्झिइन् आफूजस्तै हजारौं कोख रित्तिएका आमाहरु । जीवनसाथी गुमाएका हजारौं सहिद परिवारहरु । शोकमा डुबेर हुँदैन । एक दिन जरुर जितिन्छ । यस्तै सोचेर उनी श्रीमानले छाडेको बन्दुक उठाउँदै युद्धमोर्चामा डटिन् । कमरेड दिनेशजस्तै सहिद भएर देखाउँछु भन्दै लडाइँको मोर्चामा अघिअघि गइन् । उनलाई पनि गोली लाग्यो । सिन्धुपाल्चोकको ठोकर्पा भीडन्तमा । नराम्रोसँग घाइते भइन् । ‘सहिद हुन पाइँन, शायद श्रीमानको अपूरो सपना पूरा गर्ने दायित्व ममा थपिएको थियो’– चियाको अन्तिम घुट्को पिउँदै उनले भनिन् । केही समयको उपचारपछि उनी फेरि निस्किइन् युद्धमोर्चामै, घाइते बघिनीजस्तै भएर । हिमालको काखदेखि सैलुङ, महाभारत, हुँदै चुरेका फाँटसम्म । काँधमा बन्दुक बोकेर जनमुक्ति सेनाको ‘फरमेसन’ मा हिँडिरहिन् । कयौं ठाउँका भीडन्तमा बहादुरीका साथ लडिन् । मरिनखोलाको बगरैबगर हिँड्दा ‘फरमेसन’ मा अघिपछि दिनेशको प्रतिच्छायाँ देखिरहन भने छाडिनन् । युद्धभूमिमा नचाहेरै कयौं घाइते छापामारहरुलाई छाडिहिँड्नु पर्थ्यो । पार्टीले सहिद घोषणा गर्थ्यो । तर, पछि जीवित नै टुप्लुक्क आएका पनि उदाहरण थिए कयौं । उनी भन्छिन्– ‘त्यस्तै भइदिए... ! धेरै कल्पना गर्थें ।’ सहयोद्धा साथीका अगाडि कहिल्यै आँशु देखाइनन् उनले । भनिन्– ‘जब म एक्लै हुन्थें, मन थाम्नै सक्दिनथें; अनायासै बगिरहन्थ्यो एकोहारो आँशु ।’
नेताहरु प्रतिमाले भेट्न नसकिने ‘अलौकिक देवता’ बनेशान्ति प्रक्रिया सुरु भयो । श्रीमानको रगतसँग साटेका बन्दुक ब्यारेकमा थन्क्याएर प्रतिमा आइन् काठमाडौं । अन्तरिम विधायिकाकी सदस्य बन्न । पार्टीले उनलाई सदनमा पठायो । सोचिन्– ‘अब त पक्कै पूरा होलान् सहिदका सपना । तर, समय बित्दै जाँदा पार्टीको आन्तरिक पक्ष कमजोर हुँदै पो जान थाल्यो ।’ [caption id=\"attachment_9505\" align=\"alignleft\" width=\"300\"] रेखा र प्रतिमा तरकारी खेतीमा काम गर्दै । (तस्विर: खबरडबली)[/caption] अलि उदास हुँदै भन्छिन्– ‘अन्तिममा पार्टी त दुई चिरा भयो ।’ उनको मनमा निराशा छाउन थाल्यो । नेताहरु प्रतिमाले भेट्न नसकिने ‘अलौकिक देवता’ बने । पार्टी झनझन् बिग्रँदै जान थाल्यो । प्रतिमाहरु नै पो मुन्टो लुकाएर हिँड्नुपर्ने जस्तो अवस्था आयो । त्यसपछि उनी पनि पुगिन् रेखाकै सोचमा । प्रतिमाको अनुहारमा कहिले आक्रोश देखिन्थ्यो त कहिले गम्भीर निराशा । ‘सकियो त तपाईंहरुको कुराकानी ?’ हातमा खाजा बोकेर निस्किइन् रेखा, ‘ नानी ! त्यो अचार पनि लेऊ त ।” ‘मोटामोटी सकियो भनौं’, डायरी बन्द गर्दै अलि सितलतिर सरे भण्डारी । मुखै रसाउने खाजा आइपुग्यो हाम्रो अगाडि । चिउरा, आलु–तरकारी, टमाटर र धनियाँको अचार, थोरै गेडागुडी, मासुका परिकार, चिसो फ्यान्टा । ‘के हो दिदी ! ललितपुरमा बसेपछि त तपाईंहरु पनि नेवारजस्तै पो हुनुभएछ त । खाजा पूरै नेवारी पो छ त’– चिसो पिउँदै मैले भनें । ‘हो नि भाइ, बूढापाकाले भनेजस्तो ‘देशगुनाको भेष, कपालगुनाको केस’ भन्या यही त हो’– हाँस्दै भनिन् प्रतिमाले । ‘आखिर जनसेना न पर्नुभयो । कुन ठाउँमा के गर्ने, सबै थाहा छ नि उहाँहरुलाई’ हाँस्दै भने कवि विष्णु भण्डारीले । विगतका तिता–मिठा पलहरु खोतलेपछि उनीहरु ‘रिफ्रेस’ हुन खाजा खाँदै केही रमाइला कुरा गर्दै थिए । मचाहिँ छिटछिटो खाइसकेर क्यामेरा बोकी दुई चेलीहरुको ‘खास पौरख’ हेर्न घरपछाडि लागें । ललितपुरको धापाखेलस्थित नागदह छेउमा एक वर्ष अगाडिदेखि सुरु गरेका हुन् दुई दिदीबहिनीले कृषि फार्म । हरिया, कल्कलाइरहेका आलु, काउली, टमाटर, धनियाँका बोटहरु, विभिन्न जातका सागपात । विभिन्नथरी बिरुवाहरु । घरभन्दा अलि माथि गाईको गोठ, आलीको कुनामा पानी तान्न ठिक्क पारेको मोटर । एउटी– घाइते छापामार, सहिद परिवार, सभासद भइसकेकी मान्छे । अर्की– बेपत्ता योद्धाकी परिवार, जिल्लाको नेतृत्व गरिसकेकी महिला नेतृ । दुबै जनाको घर यहाँ होइन । ‘मुक्ति या मृत्यु’ को कसम खाएर बन्दुक बोकी हिँडेका पूर्वछापामार । आज यहाँ आइपुगेका छन् । बेलाबखत कल्पना पनि गर्दाहुन्– ‘अघि हामी आ’को जस्तैगरी ‘सप्र्राइज’ दिँदै कुनै दिन भीम आइदिए ! काँधमा गह्रुँगो झोला बोकेर त्यसरी नै दिनेश आइदिए !’ आँगनमा रित्तै छन् गमलाहरु । करेसामा फुले पनि तोरीका पहेंला फूलहरु, फुलेका छैनन् मनका फूल । पारि, नागदहको डिलैडिल दिनभरिमा कति हिँड्छन् होला चारपाङ्ग्रे मोटर । तर, कहिल्यै हिँड्दैनन् हिजो ‘कासन’ दिने नेताका गाडी । बरु बरोबर देखिइरहन्छन् टेलिभिजनका स्क्रिनहरुमा ‘डिनर’ मा झुमिरहेका नेताका चिल्ला अनुहार ।
१० रोपनी जग्गामा सुरु गरेको । वर्षको एक लाख रुपैयाँ भाडा दिनुपर्ने । उत्पादन भइसकेपछि यहीं आइपुग्दारहेछन् लिने मान्छे । खेती गर्ने बानी छुटे पनि बिस्तारै सिक्दैछु भन्छन् दिदीबहिनी । उत्पादनबाट केवल जीविकोपार्जनको उद्धेश्य रहेको बताउँछन् उनीहरु । ‘घाटा छैन, फाइदा नै हुन्छ’जीवनको आधा उमेर बित्दा समेत आँगनमा छैन टुकुटुकु हिँड्ने बालबालिकाको कुनै पदचाप । न त छ कुनै स्कुले बालबालिकाको सिँगान टाँसिएको कमिज, खिरिलो बाँसको खाँबामा झुन्डिएको । छ त केवल कहिल्यै नआउने मान्छेको कहिल्यै नटुंगिने प्रतीक्षा ! ‘राजु ! तपाईं त यहाँ पो एकोहोरिएर बसिरा’को ! के भयो ?’ प्रतिमाको स्वरसँगै झस्किएँ । ‘तपाईंहरुको मेहनत हेरेको नि दिदी’– मैले भनें । थप जिज्ञासा राखें, कृषि फार्मका बारेमा । १० रोपनी जग्गामा सुरु गरेको । वर्षको एक लाख रुपैयाँ भाडा दिनुपर्ने । उत्पादन भइसकेपछि यहीं आइपुग्दारहेछन् लिने मान्छे । खेती गर्ने बानी छुटे पनि बिस्तारै सिक्दैछु भन्छन् दिदीबहिनी । उत्पादनबाट केवल जीविकोपार्जनको उद्धेश्य रहेको बताउँछन् उनीहरु । ‘घाटा छैन, फाइदा नै हुन्छ’–सुनाइन् रेखाले । बेलाबेला दुखिरहन्छ प्रतिमाको घाउ । त्यसैले उनी अलिक बढ्ता भौतिक श्रम गर्न सक्दिनन् । भन्दैछन्, आलुका ड्याङ अलि साना भएछन् । ‘अस्ति प्रज्ञाभवनमा पुग्नुभयो त तपाईंहरु ? दोस्रो तहका नेताहरु जुट्दैछन् है, धेरै चिन्ता नगर्नुहोला’ फोटो खिँच्दै भने भण्डारीले । ‘हामी कुनै पनि कार्यक्रम छुटाउँदैनौं, एक जना यहाँ बस्छौं प्रतिनिधित्व गर्न एक जना पुग्छौं; उहाँ जानुभएको थियो’ फोटोका लागि ‘फोज’ दिँदै प्रतिमाले भनिन्– ‘तर, दुस्मनले पेल्दा मात्रै आउने बुद्धिको के भर हुन्छ र ! रुपान्तरणबिना त गाह्रो छ एकता ।’ ‘सब ढोंगीहरु हुन्, हेरिबस्नुहोला’, रेखाले तितो पोखिन्– ‘भोलि साँच्चै निर्णायक बेला आउँदा यी मान्छेहरुमध्येका ५० प्रतिशत भाग्छन् ।’ छापामार जोस देखाउँदै प्रतिमाले भनिन्– ‘बरु त्यसबेला हामी नै पुग्छौं, बलिदान दिन ।’ ६ चैत, २०७१
प्रतिकृया लेख्नुहोस्: